डोटीको पूर्विचौकी गाउँपालिका वडा नं.३ माझगाउँ टोलमा विद्युत् सर्ट हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लाखाैंकाे धन मालमा क्षति भएको छ ।
बिहीबार राति करिब ११ बजे रतन बहादुर बोहराको घरमा विद्युत् सर्टभएर आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेका नगद ५० हजार रुपैयाँ, २ तोला सुनका गरगहना, ६ तोला चाँदीका बाला, लुगा कपडा, फर्निचर, काठका सामान, भाँडाकुँडा, खाद्यान्न पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय रमेश बोहराले जानकारी दिए ।
हिजो राति भएको आगलागी शुक्रवार बिहान स्थानीयले नियन्त्रणमा लिइएको बताएको छ ।
आज प्रहरी टोलीसहित गाउँपालिकाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरी प्रहरीले मुचुल्का र सर्जमिन तयार पारेको छ ।















