२०८३ जेष्ठ १८ सोमबार
Social Media Icons
२०८३ जेष्ठ १८ सोमबार

अछाममा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए । उनकाअनुुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नविन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये चालकसहितको अवस्था पनि गम्भीर छ । चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।

घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

डाेटीकाे पुर्वीचाैकी गाउपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे पालिका अधिबेशन सम्पन्न भएकाे छ ।

बिहीबार पूर्वीचाैकी गाउपालिका वडा नं. ४, सानागाउमा ,जिल्ला सभापति केशव बलायरकाे सभापतित्वमा भएकाे कार्यक्रम बाट याेगेन्द्र बाेगटीकाे संयाेजकत्वमा एघार सदस्यीय समिति चयन भएकाे हाे ।

गाउँपालिकाकाे प्रथम पालिका अधिवेशन बाट सभापतिमा याेगेन्द्र बाेगटी उपसभापति ,राेहित लुहार,सचिव रतन काेलि,सह सचिव मिना रावत,सदस्य ,मन्जु खड्का ,सरस्वती भुल,खिना देवि ठकुल्ला,अनिल कुवर ,तर्क खड्का ,प्रेम धानुक,जय ब.साउद सर्वसहमत चयन भएका हुन ।

डोटीका पूर्वीचौकी गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
शनिबार कार्यक्रम आयोजना गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो।

पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ जिल्ला समन्वय समिति उपप्रमुख स्मृति चुनारा बि.क.ले पूर्ण खोप सुनिश्चितता घोषणा गरिन् ।  

कार्यक्रममा बोल्दै उपप्रमुख चुनारा बि.क.ले घोषणा गरेर मात्र नहुने यसलाई दिगोपन बनाउन जटिल रहेकोले स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि अभियानकै रूपमा लैजानुपर्ने बताए । उमेर समूहका बालबालिकाले पूर्ण खोप पाएको प्रमाणबमोजिम घोषणा गरिएकाले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने बताए ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय उपप्रमुख चुनारा बि.क.ले पालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे। सोही अवसरमा अध्यक्ष उपाध्यायले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने भन्दै पालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएकोले पालिकावासीले खोप लगाउन हिचकिचाउन नहुने बताए ।
पालिकामा रहेका ७ वटा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा पूर्ण बहादुर धानुकले बताए । 

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणमा योगदान गरेको भन्दै खोप कार्यकर्ता र स्वास्थ्य संस्थालाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । 

डोटीको पुर्वीचाैकी गाउँपालिका वडा नं.६ गाजरीमा एक हप्ता देखि विद्युत् नभए पछि स्थानीलाई सास्ती भएको छ ।

करिब ९ वर्ष अगाडि स्थानीय गड्डिगाड गाड बाट गड्डिगाड लघु जलविद्युत आयोजना अन्तर्गत बिद्युत् उत्पादन गरी स्थानीयलाई सेवा दिँदै आएको लघु जलविद्युत समयमै मर्मत नहुँदा स्थानीय अन्धकारमा बस्नु परेको स्थानीय याेगेन्र्द थापाले  बताए ।

गत वैशाख २८ गतेको हावाहुरी र चट्याङबाट मेसिनमा क्षति भए पछि  मर्मतका लागि दक्ष प्राविधिक र आवश्यक सामाग्री बाहिर बाट मगाउनु  परेका कारण समयमै मर्मत गर्न नसकिएको र  प्राविधिक र आवश्यक सामाग्रीको व्यवस्था भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउने गड्डिगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष गणेश बहादुर कुँवरले जानकारी दिए ।

धनगढी ।  कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।
मंगलबार गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेकी १५ वर्षीय किशोरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनीहरूले किन यस्तो निर्णय गरे भन्ने विषयमा सोधपुछ गर्दा दुवै किशाेरी एसईईको नतिजाप्रति सन्तुष्ट नरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

डोटीको दिपायल सिलगढी नगर पालिकामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाको सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार एकता नेपालको आयोजना, सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत टेवाको साझेदारी तथा दिपायल सिलगढी नगरपालिका समन्वयमा सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।

दिपायल सिलगढी नगर पालिकाको सेती सभा हलमा कार्यक्रम भएको थियो ।

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजनाको विस्तृत जानकारी एकता नेपालका कार्यकारी निर्देशक राजु चौधरिले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दिपायल सिलगढी नगर पालिका  उपप्रमुख लावती महर साउद ,दिपायल सिलगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल ब महरा,  वडा नं. ६ का दलित महिला वडा सदस्य चन्द्रा नेपाली, महिला वडा सदस्य  दिपा श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सानुमाया लिम्बू सेफ हाउस डोटीका वन्दना बम,एक द्वार सङ्कट व्यवस्थापन केन्द्र डोटीका तारा कुमारी बोहरा , सामुदायिक सुरक्षा जालो, महिला कृषक समूह, युवा सञ्जाल, किशोरी सञ्जाल, बाल क्लब तथा विभिन्न सङ्घसंस्थाका गरी ५३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उठेका सवालमा बोल्दै  नगर उप प्रमुख साउदले महिला सशक्तीकरण तथा महिलाको आर्थिक स्थिति मजबुत बनाउन नगर कार्य पालिकाले सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा  लक्षित वर्गका लागि बजेट विनियोजन हुँदै आएको भए पनि आगामी आर्थिक वर्षमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, किशोरी तथा महिलाहरूलाई उद्यमशीलता र रोजगारीमा जोड्न विशेष बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा विगत एक वर्ष देखि सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमले स्थानीय स्तरमा महिला सशक्तीकरण, समावेशी विकास र सामुदायिक सुरक्षा जालो सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।

डाेटीकाे पूर्वीचाैकी गाउपालिका वडा नं. ७को टेटाडा निवासी देउसिं लोहारको परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

शनिबार सुजंग अस्पताल राजपूर डोटीका प्रसाशन प्रमुख अर्जुन बलायर र सुजंग बाेर्डिङ्ग स्कुल राजपुर डोटीका प्रबन्धक नरेश बलायरले राहत सामग्री वितरण गरेका हुन् ।

साहुको खलो थापेर छ जनाको परिवार चलाइरहेका देउसिं लोहारको पारिवारिक स्थिति सामुदायिक रेडियो स्मार्ट एफ.एम.ले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रसारण, प्रकाश गरे पछि देउसिंकाे घरमा पुगेर राहत सामाग्री वितरण गरिएको हो ।

दयनीय जीवन गुजारी रहेका परिवारलाई अलिकति राहत होस भन्ने हेतुले ५ बोरा चामल १०किलो दाल १ पेटी खाने तेल ५ किलो नुन, एक जोर सिरक बिस्तरा, बालबालिकाका को लागि  शैक्षिक सामाग्री, झोला, सबै परिवारलाई  लुगा कपडा ,र चप्पल वितरण गरिएको छ ।

राहत सामाग्री वितरण गर्दै सुजंग अस्पताल राजपुर डोटीका प्रशासन प्रमुख अर्जुन बलायरले यो सानो सहयोगले थोरै राहत भए पनि आगामी दिनमा यस्ता परिवारलाई  सम्पूर्ण सहयोगी मनहरूले सहयाेग गर्न आग्रह गर्दै अस्पतालले प्रदान गर्ने सेवा हरू यो परिवारलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाण्डौ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ भाउ बढेको छ । यस्तै निगमले हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले भाउ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाण्डौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।

यस्तै पहिलो वर्गमा पेट्रोलको भाउ २१६ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ २०४ रुपैयाँ ५० पैसा पुगेको छ भने दोस्रो वर्गमा पेट्रोलको भाउ २१८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको २०६ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको छ ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि भाउ बढाउनुपरेको निगमको दाबी छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा बजार अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय डोटीले बजार क्षेत्रहरूमा खाद्य वस्तुको गुणस्तर तथा मापदण्डको अवस्थाबारे गाउँपालिका भित्र रहेका साजघाट ,सानागाउँ र चौखुट्टे बजार क्षेत्रमा बिहीबार अनुगमन गरिएको हो । ‎

‎कार्यालयका अनुसार उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायमा बिक्री भइरहेको खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। ‎ ‎अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीत रहेका सोह्र हजार बराबरको केही खाद्य वस्तुहरू फेला परेका थिए। ती सामग्रीहरू तत्काल नियन्त्रणमा लिइ जलाएर नष्ट गरिएको र सम्बन्धित व्यवसायीलाई आवश्यक सचेतना तथा निर्देशन दिइएको कार्यालय प्रमुख ललित कठायतले बताए । ‎

‎खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई सरसफाइ, भण्डारण विधि तथा लेबलिङ्ग सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिए । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जिल्ला प्रशासन प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।

‎कार्यालयले आगामी दिनहरूमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिँदै मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने जनाएको छ। ‎ ‎

अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि ,घरेलु तथा साना उद्योगका प्रतिनिधि ,गाउँपालिकाका प्रतिनिधि , पत्रकार र सानागाउँ प्रहरीका सुरक्षाकर्मी समेत अनुगमनमा उपस्थिति रहेको थियो । ‎

डोटी :  “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने सन्देशसहित सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‎

 ‎पूर्वीचौकी गाउँपालिकाको आयोजनामा सानागाउँ स्थित गाउँपालिकाको  सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै  रोजगार संयोजक हरिभक्त साउँदले  वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना, सीप र कानुनी प्रक्रियाबारे जानकार हुनुपर्ने  बताए । 
उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता रहेको समेत उल्लेख गरे । ‎ 

‎कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताइन ।  साथै, सहभागीहरूलाई वैदेशिक रोजगारसम्बन्धी जोखिम न्यूनीकरणका उपाय र सचेतनाबारे जानकारी दिए  । ‎

 ‎कार्यक्रममा स्थानीय जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवाला,पत्रकार र सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो। ‎

 ‎कार्यक्रम स्वीस सरकार विकास एसडीसी (SDC)को सहयोगमा सञ्चालन गरिएको हो  ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।