२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

डोटीको पुर्वीचौकी गाँउपालिका वडा १ तल्लो फुलोटमा मंगलबार झुन्डीयको अवस्थामा फेला परेकी जानकी खड्काको हत्या भएको भन्दै आफन्तले अपराधिलाइ कार्बाहिको माग गरेका छन ।
मृतक जानकी खड्काले सुसाइड नोटमा उल्लेख गरे अनुसार डोटीको शिखर नगर पालिका वडा नं.११ घर भइ जिल्ला शिक्षा समन्वय इकाइ डोटीमा कार्यरत गणेश रावलले फसायको भन्दै दोशिलाइ कानुन अनुसारको कावार्ही हुनु पर्ने मृतकका काका मकर खड्काले बताए ।
उनले भने जानकीले सुसाइड नोटमा लेखेकी छन मलाइ फसाउने गणेश रावलहो त्यसकारण यो सब भएको हो । बेला बेलामा फोनगरेर आफुसंग बिबाह नगरे परिवारका सबैलाइ मार्ने धम्की दिने गरेको र जानकीलाइ मर्न बाध्य बानाउने सोहि ब्यक्ती भएको भन्दै आबश्यक कानुनि कार्वाहि हुनु पर्ने बताए ।

मृतकका आफन्तको जाहेरी आधारमा र सुसाइट नोटका आधारका सोहि ब्यक्तीलाइ नियन्त्रमा लिइ सकेको र आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक रामचन्द्र जोशि बताए ।

मृतक खड्का सोमबार बिहान १० बजे तिर घरमा कसैलाई केही जानकारी नदिई घरबाट हिँडेकी उनी राति अबेर सम्म घर नआए पछि परिवारले खोजी गर्दा मङ्गलवार बिहान घर देखी करिब ७०० मिटर उत्तर तर्फ उतिसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।
मृतक जानकी बाजुराको बुडीगङगा नगरपालिका वडा नं.५ मा रहेको भानोदय नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षिका पनि हुन उनी दसै र तिहार बिदामा घर आएकी थिइन् ।

डोटीको पुर्वीचौकी गाउँपालिकामा एक युवति झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

गाउँपालिकाको वडा नं.१ तल्लो फुलोट घर भएकी २७ बर्षिया जानकी खड्का घर नजिकै रुखमा झुन्डिएको अवस्थामा परेकी हुन् ।

मृतक खड्का सोमबार बिहान १० बजे तिर घरमा कसैलाई केही जानकारी नदिई घरबाट हिँडेकी उनी राति अबेर सम्म घर नआए पछि परिवारले खोजी गर्दा मङ्गलवार बिहान घर देखी करिब ७०० मिटर उत्तर तर्फ उतिसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।

शव पोष्टमाटमको लागी जिल्ला अस्पताल डोटीमा लगी सकिएको प्रहरीले जनाएको छ ।

मृतकको मोबाइलको कभरमा सुसाइड नोट पनि भेटिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृतक जानकी बाजुराको बुडीगङगा नगरपालिका वडा नं.५ मा रहेको भानोदय नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षिका पनि हुन उनी दसै र तिहार बिदामा घर आएकी थिइन् ।

डोटी –  डोटीको बडी केदारमा धाममा तीन दिन धार्मिक मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख  धार्मिक तथा पर्यटकीय स्थल बडी केदार धाममा यहीँ कार्तिक १६,१७ र १८ गते  धार्मिक मेला लाग्ने भएको छ।

बडी केदार धामलाई ठुला केदारको नामले पनि चिनिँदै आएको । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडी केदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले  ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका बडी केदार धामका मुख्य पुजारी सिद्ध राज बिनाडिले बताउनु भयो ।

बडी केदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार  अत्तरकाडा बजार  हुँदै पार्किङ सम्म  सडक सुविधा रहेको छ। सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडी केदार धाममा पुग्न सकिने बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका निवर्तमान कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडिले बताउनु भयो ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडी केदार क्षेत्रको विकास र प्रचारप्रसार हुन नसकेको स्थानीयले बताउने गरेका छन् ।

बडी केदार धाममा तीन चार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुण्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।

काठमाडौं। राजनीतिक आडमा मनी लाउन्ड्रिङ र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका अध्यक्ष साहिल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवालविरुद्ध चारवटा सरकारी निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्।
शंकर ग्रुपमा देउवाको लगानी रहेको र उक्त लगानी हिल्टन होटलमा पनि भएको चर्चा पछि हिल्टन होटलमाथि जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो। जेनजी आन्दोलनका अगुवाहरुद्वारा असोज २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा (दर्ता नं C-०१८२०२) सम्पत्ति छानबिनको उजुरी परेपछि अख्तियार संगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुट्टै फाइल खोलेर अनुसन्धान अघि बढाएका हुन्।

उच्च स्रोतका अनुसार, भट्ट र अग्रवालले राजनीतिक पहुँचको दुरुपयोग गर्दै अरबौं रकमको हेरफेर गरेका छन्। उनीहरूले श्रीमती, सासू र अन्य आफन्तका नाममा कम्पनी दर्ता गरी बैंक खाता खोलेर ‘प्लेसमेन्ट र लेयरिङ’ को माध्यमबाट मनी लाउन्ड्रिङको प्रक्रिया सञ्चालन गरेको प्रारम्भिक निष्कर्ष अनुसन्धान निकायले निकालेको छ। नेपाल बीमा प्राधिकरणले यसबारे पहिले नै सूचनाप्राप्त भए पनि अनुसन्धान नगरी फाइल थन्क्याएको बताइन्छ। हाल ती सबै कम्पनी र बैंक खाता पुनःअनुसन्धानको दायरामा आएका छन्।

२०७८ असार १३ देखि १६ गतेबीच नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको जगदम्बा स्टीलको खाताबाट दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ स्थानान्तरण भएको तथ्य फेला परेको छ। यो रकम मनी लाउन्ड्रिङसँग सम्बन्धित शंकास्पद कारोबारको रूपमा फाइलमा परेको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष दबाबमा सम्बन्धित निकायले अनुसन्धान नगरी फाइल उल्टै नेपाल राष्ट्र बैंकमा फिर्ता पठाएको स्रोतले जनाएको छ।

त्यसैगरी, शंकर समूहका अग्रवाल दाजुभाई सँग सम्बन्धित ६ अर्ब ६० करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार पनि पुनःअनुसन्धानको प्रक्रियामा आएको छ। केही वर्षअघि राजस्व अनुसन्धान विभागले यसबारे प्रारम्भिक छानबिन सुरु गरे पनि भट्टको राजनीतिक प्रभावमा फाइल रोकिएको थियो। एक पूर्व अनुसन्धान अधिकृतका अनुसार अग्रवालका कर्मचारीका खातामा समेत करोडौँ रुपैयाँ जम्मा भइरहेका थिए। स्रोतका अनुसार, अनुसन्धान अघि बढ्दै गर्दा भट्टको दबाबपछि सम्बन्धित अधिकृतको सरुवा गरियो र फाइल थन्कियो।

दीपक भट्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ तिनै नेताहरु सँग निकट थिए। राजनीतिक संरक्षणकै कारण उनले हिमालयन रिइन्स्योरेन्सदेखि जीवन, निर्जीवन र लघुबीमा कम्पनीसम्मका लाइसेन्स सहजै पाएका थिए। उनका सम्बन्ध तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र ऊर्जामन्त्री दीपक खड्कासँग पनि जोडिएका थिए। एक उद्योगीका अनुसार, ओलीको पालामा भट्टले बीमा कम्पनीको लाइसेन्स पाए भने देउवाको पालामा त्यसको विस्तार गरे। ‘दुवै सरकारमा उनी समान रूपमा प्रभावशाली बने,’ एक उद्योगीले भने, ‘उनी राजनीतिक शक्ति र पैसाबीचको कडी बनेका थिए।’

स्रोतका अनुसार, नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भट्ट–अग्रवाल समूहकै सिफारिसमा नियुक्त गरिएको थियो। त्यसपछि आइपीओ स्वीकृतिमा ५ देखि ७ प्रतिशतसम्म कमिसनको चलन बढेको र सिमेन्ट उद्योगमा मूल्य नियन्त्रणको नाममा मनपरी मूल्यवृद्धि, ट्रकलाइन बक्यौता नतिर्ने खेल र उर्जा क्षेत्रका निर्णयमा हस्तक्षेप गर्नेसम्मको पहुँच यस समूहले जमाएको बताइन्छ।

अख्तियार, सीआइबी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै कोणबाट अनुसन्धान अघि बढाएका छन्। सीआइबीले बैंकिङ कारोबार र सम्पत्ति स्रोतको खोजी गरिरहेको छ भने सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्ड्रिङ ऐन अन्तर्गत फौजदारी मुद्दा दर्ता गर्ने तयारी थालेको छ। राजस्व अनुसन्धान विभागले कर छली र कम्पनीको हेरफेरसम्बन्धी प्रमाण संकलन गरिरहेको छ।

एक वरिष्ठ अनुसन्धान अधिकृतका अनुसार, भट्ट–अग्रवाल नेटवर्क केवल व्यापारिक सिन्डिकेट होइन, राजनीतिक आडमा चलिरहेको भूमिगत आर्थिक संरचना हो। उनले भने, “यदि यो केस निष्कर्षमा पुग्यो भने, दशकौँदेखि फैलिएको बिचौलिया संस्कृतिको अन्त्य सुरु हुनेछ।”

विश्लेषकहरूका अनुसार यो प्रकरण केवल दुई व्यवसायीमाथिको अनुसन्धान होइन, बरु राजनीतिक आडमा पलाएको आर्थिक एकाधिकार र नियामक कब्जाको प्रणालीको प्रतिबिम्ब हो। दलका शीर्ष नेताहरू, नियामक निकायका प्रमुख र ठूला व्यवसायीबीचको अदृश्य आर्थिक गठबन्धनले राज्यको वित्तीय अख्तियारलाई बन्धक बनाएको उनीहरूको टिप्पणी छ।

अब प्रश्न उठेको छ, कार्की नेतृत्वको सरकारले यस्ता बिचौलिया नेटवर्कविरुद्ध साँच्चिकै कानूनी कदम चाल्छ वा यो पनि अन्य फाइलझैँ राजनीतिक पर्दाभित्र हराउँछ?
यदि यो फाइल अगाडि बढ्यो भने सुशीला कार्की नेतृत्वको सरकारको भ्रष्टाचारविरुद्धको यो सबैभन्दा ठूलो कदम हुनेछ। तर बिगतमा जस्तै कार्की नेतृत्वको सरकार गठनमा समेत चलखेल गर्दै लामो समय देखि सुदन गुरुङ समूहलाई आर्थिक सहायता दिदै आएका दिपक भट्ट समूह माथी अनुसन्धान गरेर कारबाही गर्ने क्षमता राख्छ कि राख्दैन त्यो भने हेर्न बाँकी नै छ।
यदि यो समुहलाई कानुनी दायरामा ल्याउने हो भने ५० प्रतिशत भ्रष्टाचार नियन्त्रणमा कार्की नेतृत्वको सरकारले सफलता हाँसिल गर्ने विष्लेषकहरु बताउँछन्।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.६ को कार्यालय गाँजरीमा भएको तालाबन्दी छलमा सहमति जुटेपछि खुलेको छ ।
यही कार्तिक एक गतेका दिन वडा युवाहरू र कार्यालय बिच आठ बुँदे सहमति भए पछि ताला खोलिएको वडा अध्यक्ष मोहन थापाले बताए ।
गत असोज उनन्तिस गते त्यहाँका युवाले वडा कार्यालयको कार्य प्रणाली, ,जनसेवा असन्तुष्टि ,वडा प्रशासनमा चरम लापरबाहीले सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभाव भएको भन्दै ताला लगाएका थिए ।
यही असोज एकतिस गते दुवै पक्ष बिच छलफल हुँदा सहमति नभएपछि आज (शनिवार) को छलफलले निष्कर्ष पाएको हो ।

छलफलमा सहमति भएका बुँदाहरू
१.पूर्वी चौकी गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण जनताको पायक पर्ने ठाउँमा खेलमैदानका लागि आवश्यक बजेट विनियोजन गर्ने

२. यस वडाका यस वडाभित्र शिक्षा स्वास्थ्य तथा निकायको जनप्रतिनिधिले नियमित अनुगमन गरी पारदर्शिता र नियमितता अगाडि बढ्ने ।
३. वडाको कर्मचारी बाहिर गएको बेला वडाका केही कर्मचारीले हाजिर गरी तलब खुवाएको विषय भएको कमजोरीको वडा कर्मचारीले माफी मागी अब उपरान्त बिदामा जानुपर्दा बिदा मागी जाने यदि जानकारी बिना बिदामा बसेको पाइएमा वा हाजिर गरेको पाइएमा कानुनी प्रक्रियामा गई पालिकामा पठाइनेछ।
४. आगामी बजेट विनियोजन गर्दा टोल भेला गरी जनताको माग र आवश्यकता अनुसार बजेट विनियोजन गर्ने
५. सान्तोला आधारभूत विद्यालयको भवन मर्मत गर्न यसै आर्थिक वर्षको हिउँदे अधिवेशनबाट बजेट विनियोजन गर्ने ।
६. गन्डीगाड कृषि सडकलाई यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने।
७. सानागाउँ गाँजरी सडक निर्माणलाई गुणस्तरीय बनाउन वडाध्यक्षको नेतृत्वमा आवश्यक खबरदारी गर्ने।
८. खेताली गोगनपानी सडकलाई एक हप्ताभित्र सरसफाइ गर्ने ।

डोटीको पुर्विचाैकि गाउँपालिका वडा नं. छ गाँजरिकाे वडा कार्यालयमा युवाहरुले लगाइएको ताला अझै खुलेको छैन ।

त्यहाँका युवाहरूले यही असोज २९ गते विभिन्न माग राख्दै वडा कार्यालयमा ताला लगाएका थिए ।

आज बसेको दुवै पक्ष बिचको  छलफल निष्कर्ष विहीन भए पछि अनिश्चित कालका लागि तालाबन्दी गरिएको स्थानीय युवा याेगेन्र्द थापाले जानकारी दिए ।

छलफलमा सबै सहमति भै सकेकाे तर वडा कार्यालयका पशु प्राविधिक डम्बर भण्डारीले बिना हाजिर तलब खाएको र उनको हाजिर  आफूले हेर्न पाउनु पर्ने मागमा कुरा नमिले पछि युवाहरू छलफल बाट बाहिरिएका वडा अध्यक्ष मोहन थापाले जानकारी दिए ।

कर्मचारीको हाजिर भन्दा पनि कामको बारेमा चासाे राख्नु पर्ने भन्दै  कुनै पनि कर्मचारीको हाजिर हेर्न सो कार्यालयभन्दा माथिल्लो निकायबाट अनुगमन हुनु पर्ने प्रावधान भएकाले  हाजिर सबैलाई उपलब्ध गराउँदा फोटो खिचेर दुरुपयोग हुन सक्ने भएका कारण उपलब्ध गराउन नसकिएको पुर्विचाैकि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले पालिकाको पारदर्शिता,सुशासन,कार्य चुस्तता सम्बन्धी यही असोज ३० गते नै पुर्विचाैकीका सम्पूर्ण युवाहरू सँग छलफल र सहमति भएर पालिका भित्रका सबै कार्यालयहरु सञ्चालन गर्न सहमति भएको बताए ।

वडा नं. ६का युवाहरूले  वडा कार्यालयको कार्य प्रणाली, ,जनसेवा असन्तुष्टि ,वडा प्रशासनमा चरम लापरबाही सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभाव भएको भन्दै  पुर्विचाैकि गाउँपालिकाको कार्यालयमा ताला लगाएकै दिन यही वडा कार्यालयमा समेत ताला लगाएका थिए ।

असोज २५, डोटी ।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् ।
शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका – १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको इभि हाइस दुर्घटना भएको हो ।

दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने बर्ष २२ कि हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका – १२, बि गाँउ बस्ने गाडी चालक अन्दाजी ३८ वर्षका देब बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने वर्ष १८ को लोकेन्द्र रावल, सोही ठाउँका वर्ष ४२ को मेघ्या ढोली, बर्ष १६ को एकेन्द्र बि.क., अन्दाजी वर्ष ३५ की मोतिकला परियार, बर्ष ११ को बिराज परियार, वर्ष ५३ को भिम ब. ढोली रहेका छन् ।
त्यस्तै सोही ठाउँ बस्ने वर्ष ११ की सृष्टी परियार, वर्ष ५ की आहाना परियार, वर्ष ५ की एलिसा परियार, वर्ष ५० कि पदमा परियार, वर्ष ५ की रिया परियार, वर्ष १९ को बिनोद परियार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेहरूमै अछामको मङ्गलसेन नगरपालिका – २ बस्ने वर्ष २३ को रबि परियार, वर्ष ३७ को नृप ढोली, वर्ष ३८ को देवराज भाट, वर्ष ३० की मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका – १ जयगढ बस्ने बर्ष ५० कि इन्द्रसरा परियार रहेका छन् ।

घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र बि.क., मोतिकला परियार, बिराज परियार, भिम बहादुर ढोली, शृष्टी परियार, बिनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी घाईतेहरुलाई उपचारको लागी पदमा अस्पताल अत्तरिया, कैलाली पठाएको जनाइएको छ ।
गाडी अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ ।

डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । तीव्र गतिमा रहेको ईभी अनियन्त्रित भएर दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

असोज २४, डोटी : डोटीमा इजाजत (अनुमति) बिना मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गरेमा कडा कानुनी कारबाही गरिने भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लामा मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै काम गर्ने सहमति पनि जनाएको छ।

प्रजिअ जोशीले भने, “जिल्लामा अनुमति बिना संचालन भएका मदिरा र सुर्तीजन्य व्यवसायलाई कानुन बमोजिम कारबाही गरिनेछ। साथै, दर्ता नभएका व्यवसायहरूलाई दर्ता प्रक्रियामा ल्याउन स्थानीय तहसँग समन्वय गरिने निर्णय गरिएको छ।”

चाडपर्व लक्षित अनुगमन

चाडपर्वमा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी जस्ता समस्या देखिन सक्ने भएकाले मुख्य बजार र स्थानीय बजारहरूको नियमित अनुगमन गरिने भएको छ।

प्रजिअ जोशीले सार्वजनिक स्थलमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन नगर्न आग्रह गर्दै, अनुगमनका क्रममा उल्लंघन देखिएमा कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

सबैको सहयोग आवश्यक

प्रजिअ जोशीका अनुसार, मदिरा तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको छ। बैठकमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

असोज २२ गते,डोटी : डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

जिल्लाको शिखर नगरपाली –२ मुडेगाउको बोहरा गाउँ घरभएकि २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

असोज ४ गते दिउँसो घाँस काट्ने क्रममा अरिङ्गालले उनको टाउको,हात र घाँटीमा टाेकेर गम्भीर घाइते भएकि श्रोतले बताईएको छ ।

ऊनी सुस्तमनस्थि भएका कारण असोज १८ गते मात्र उनकि आमा मुनुली विकले छोरीलाई अरिङ्गालले टाेकेको खबर पछि उपचारका लागि पहिला राजपुरमा रहेको महाकाली मेडिकलमा लगेकी थिइन् ।

उता रगत अभावको समस्या देखाए पछि उनलाई  असोज १८ गते नै जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको थियो ।

पार्कीको शरीरमा रगतको कमी र मृगौलामा समस्या भएपछि मङ्गलवार ४ बजे तिर धनगढी रेफर गरिएको अस्पतालका प्रमुख मे.सु. डा. सुजित मण्डलले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ४:५० मा पार्किको निधन भएको अस्पतालले जनाएको छ ।

मृतक पार्कीको श्रीमान् र दुई वर्षका एक छोरा रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।