डोटीको पुर्वीचाैकी गाउँपालिका वडा नं.६ गाजरीमा एक हप्ता देखि विद्युत् नभए पछि स्थानीलाई सास्ती भएको छ ।
करिब ९ वर्ष अगाडि स्थानीय गड्डिगाड गाड बाट गड्डिगाड लघु जलविद्युत आयोजना अन्तर्गत बिद्युत् उत्पादन गरी स्थानीयलाई सेवा दिँदै आएको लघु जलविद्युत समयमै मर्मत नहुँदा स्थानीय अन्धकारमा बस्नु परेको स्थानीय याेगेन्र्द थापाले बताए ।
गत वैशाख २८ गतेको हावाहुरी र चट्याङबाट मेसिनमा क्षति भए पछि मर्मतका लागि दक्ष प्राविधिक र आवश्यक सामाग्री बाहिर बाट मगाउनु परेका कारण समयमै मर्मत गर्न नसकिएको र प्राविधिक र आवश्यक सामाग्रीको व्यवस्था भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउने गड्डिगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष गणेश बहादुर कुँवरले जानकारी दिए ।















