डाेटीकाे पूर्वीचाैकी गाउपालिका वडा नं. ३ गैरागाउमा रहेकाे बाजकाेटी महिला समूहले रसुवाको लेन्दे खोला हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयाेग गरेकाे छ ।
प्रधानमन्त्री विपत राहत काेषमा जम्महुने गरि समुहले पाँच हजार एक रुपैयाँ क्यु. आर. मार्फत जम्मा गरेकाे समुहका अध्यक्ष रेखा बाेहराले जानकारी दिए ।
भौगोलिक दुरिले टाढा भए पनि पीडित नागरिकको दुःख र पीडालाई आफ्नै दुःखका रूपमा महसुस गर्दै समूहले आफ्नो क्षमताअनुसार सानो भए पनि मानवीय सहयोग गर्ने प्रयास गरेको जनाएको छ।
अध्यक्ष बोहराले आगामी दिनमा पनि विपद् तथा संकटका बेला मानवीय सेवाका यस्ता कार्यमा बाज्कोटी महिला समूह सदैव अग्रसर हुँदै आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहने बताइन्।















