तिर्थ नेपाली
काठमाडौं डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौ घर भई हाल रोजगारीको सिलसिलामा प्रवासमा रहेका गायक धुर्व बटाला र पछिल्लो समयकी चर्चित लोक देउडा गायिका लक्ष्मी नेपालीको आवाजमा रहेको मार्मिक देउडा गीत ‘निर्गुनी सुवा’ सार्वजनिक भएको छ।
गीतमा धुर्व बटाला र लक्ष्मी नेपालीको स्वर रहेको छ भने निर्गुनी सुवा बोलको यस गीतले सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, प्रेम तथा भावनात्मक पक्षलाई समेटेको छ।
गीतको लय तथा संगीत रतन चिरालको रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरीङ कृष्ण बाजुरेलीले गरेका छन ।
मुकेश र उर्मिलाको अभिनय रहेको गीतको भिडियो निर्देशन भीम बिष्ट (अछामी रेखा)ले गरेका छन्। छायांकन अमृत उपाध्यायले गरेका हुन् भने भिडियो सम्पादन र कलर भीम बिष्ट, मुना र निरा बोहराले गरेका छन ।
गीतको भिडियो म्युजिक आरा स्टुडियोमार्फत निर्माण गरिएको हो।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति र देउडा संगीतलाई प्रवासबाट समेत निरन्तरता दिँदै आएका धुर्व बटालाको पहिलो कोशेली यो गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
‘निर्गुनी सुवा’ गीत रतन चिराल अफिसयिल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।















