२०८३ कार्तिक १५ शनिबार
Social Media Icons
२०८३ कार्तिक १५ शनिबार

सी.डी.सी डोटीको दुई दिने प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

असोज १८ आइतबार,
भक्तराज उपाध्याय
सामुदायिक विकास केन्द्र (सी.डी.सी.)डोटीले दुई दिने प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरेको छ ।

आइतबार डोटीको शिखर नगर पालिकामा  सञ्चालन भएको प्राथमिक उपचार सम्बन्धी दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको हो ।

सामुदायिक विकास केन्द्र (सी.डी.सी.) डोटीको आयोजनामा समुदायमा विपद् तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको कार्यक्रमका सहजकर्ता प्रकाश केसीले बताए  ।

शिखर नगरपालिकाकाको ५ वटा समुदायमा रहेका प्राथमिक उपचार कार्यदलका प्रतिनिधिको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिममा सहभागी २४ जनाले सैद्धान्तिक विषयबस्तुका साथै कृत्रिम घटना अभ्यासको नमुना समेत प्रदर्शन गरेका थिए ।

तालिमका क्रममा प्राथमिक उपचारको आधारभूत अवधारणा, घाइते तथा बिरामीको प्रारम्भिक मूल्याङ्कन, रक्तस्राव नियन्त्रण, मांसपेशी, हाड, जोर्नी तथा हातखुट्टाको चोटपटक तथा हड्डी भाँचिएको अवस्थामा अपनाउनुपर्ने सावधानी, बेहोस भएका व्यक्तिको व्यवस्थापन, जलन, सर्प दंश, नाकको रक्तस्राव, घाइतेको ओसारपसार, पट्टीको प्रयोग लगायतका आकस्मिक अवस्थाहरूमा अपनाउनुपर्ने प्राथमिक उपचारका उपायबारे सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।

सामुदायिक विकास केन्द्र (सी.डी.सी.) डोटी र लुथरन वल्ड फेडरेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुक्त हलिया तथा दलित नागरिक समाज सङ्गठनहरू र तिनीहरूका सञ्जालहरूलाई सबल पार्दै सामाजिक, आर्थिक र जलवायु न्याय प्रवर्द्धन लागि जिम्मेवार निकायहरूसँगको सहकार्यलाई सुदृढ गर्ने सक्षम परियोजना अन्तर्गत सामुदायिक विपद् व्यवस्थापन समिति अन्तर्गतका प्राथमिक उपचार कार्यदलको क्षमता विकास गरी विपद्को पूर्वतयारी गर्न र विपद्को अवस्था आएमा तत्काल घाइतेहरूको उद्धार गर्नका लागि स्वास्थ्य संस्थामा पुग्नु अधि गर्न सकिने उपचार र सामान्यतया घरायसी कार्यमा हुने घटनाको सामान्य उपचार गर्न सहयोग पुग्ने र मानवीय क्षति घटाउने उद्देश्यका साथ नगरपालिकामा प्राथमिक उपचार सम्बन्धी तालिम आयोजना गरिएको कार्यक्रमका फिल्ड कर्मचारी टेकेन्द्र साउदले बताए ।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रमको सहजीकरण प्रकाश के सी र देव बहादुर बोहराले गरेका थिए । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।