२०८३ कार्तिक १५ शनिबार
Social Media Icons
२०८३ कार्तिक १५ शनिबार

पुर्वीचाैकीमा नेपाली कांग्रेसकाे १५ओैं महाअधिबेशनका लागि छलफल ।यहि असाेज ३ र ४ गते वडा अधिबेशन हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी अन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनकाे लागि छलफल गरिएकाे छ।

केन्द्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको पक्षले असोज ३ र ४ गतेदेखि वडा अधिवेशन अघि बढाउने कार्यतालिका सार्वजनिक गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिका अघि सारेको छ।

यसले देशभरका कांग्रेस कार्यकर्तामा अन्योल सिर्जना भइरहेका बेलापुर्वीचाैकीमा भने स्थानीय तहको पार्टी एकता र संगठनलाई प्राथमिकता दिँदै एउटै प्रक्रियामा सहभागी हुने सहमति भएको हो।

बुधबार पूर्वीचाैकी गाउँपालिकामा सम्पन्न पालिका सभापति ,अगुवा कार्यकर्ता, वडा सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूको भेलाले कांग्रेसभित्र विभाजन र फुटको अवस्था आउन नदिन सबै नेता–कार्यकर्ता एकढिक्का भएर अधिवेशनमा सहभागी हुने सामूहिक प्रतिबद्धताव्यक्त गरेका छन ।

भेलाले केन्द्रको विवादको असर स्थानीय संगठनमा पर्न नदिने तथा पार्टीको सांगठनिक एकता, सहकार्य र सौहार्दपूर्ण वातावरण कायम राख्दै वडा अधिवेशनमा सहभागी हुने निर्णय गरेको गाउँपालिका सभापति बल ब. खड्काले बताए ।

उहाँका अनुसार केन्द्रमा देखिएको विवादका कारण स्थानीय तहमा समेत त्यसको प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पूर्वीचाैकीका नेता तथा कार्यकर्ताबीच व्यापक छलफल गरिएको थियो।

भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखा समिति संयाेजक भरत ब. खड्का, जिल्ला सदस्य बम बहादुर कठायत गाउँकार्यसमितिका पदाधिकारी तथा सदस्य, वडा सभापति, क्रियाशील सदस्य र अन्य अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सभापति गगन थापाले पनि कार्यकर्तालाई कुनै अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको छ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।