२०८३ भाद्र १७ बुधबार
Social Media Icons
२०८३ भाद्र १७ बुधबार

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत केदार सुर्य बहुमुखी क्याम्पस भवनको उद्घाटन

एकेन्द्र चन्द,डोटी
नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर -१ बिपिनगरमा रहेको केदार सुर्य बहुमुखी क्याम्पस भवनको उद्घाटन गरिएको छ ।

भारत सरकारको २ करोड ४३ लाख ३२ हजार १ सय ७४ तथा बडीकेदार गाउँपालिकाको ९८ लाख ३१ हजार ७ सय ४८ रुपैयाँको लागतमा १० कोठा सहित सभाहल शैचालय सहितको २ तले पक्की भवन निर्माण भएको छ ।

नवनिर्मित भवनको उद्घाटन गर्दै भारतीय राजदुतावासका प्रथम सचिब वशिषट नन्दनले यो परियोजना समुदायको विकासका लागि निकै महत्त्वपूर्ण रहेको बताउदै यो नेपाल-भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा सम्पन्न क्याम्पसको नवनिर्मित भवन राम्रो बनेको छ र मलाई पूर्ण विश्वास छ कि यो राम्रो संरचनाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक वातावरण सुधार्न मद्दत पुर्याउने बताउनु भयो ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले केदार सुर्य बहुमुखी क्याम्पस बडिकेदार गाउँपालिका जोरायल गाउँपालिका र चुरे गाउँपालिका -३ वटै पालिकाको क्याम्पसको रुपमा रहेको बताउदै गाउँपालिकाले ठूलो जोखिम लिएर काम गरेको र भवन सम्पन्न भए सघै यश ठाउँका कम्जोर आर्थिक स्थिति भएका बिद्यार्थीहरुले पनि आफ्नै गाउँ ठाउँमा उच्च शिक्षा हासिल गर्ने र पालिकाले सक्ने जति सहयोग गर्न तयार रहेको बताउनु भयो ।

क्याम्पस स्थापनाकाल देखिनै आफुले क्याम्पस लाई बनाउन सहयोग गरेको र भारतिय राजदुतावास नवनिर्मित भवन निर्माण पछि यस ठाउका आर्थिक स्थिति कम्जोर भएका बिद्यार्थीहरुले सहज ढङ्गले पढ्न पाउने क्याम्पसका सस्थापक सदस्य पदमराज जोशीले बताउनुभयो ।
केदार सुर्य बहुमुखी क्याम्पसका अध्यक्ष गणेश राज जोशीले क्याम्पस निर्माणमा सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै भवन निर्माणले क्याम्पसको शैक्षिक अवस्था उकास्नको लागि अहम भुमिका निर्माण गर्ने बताउनु भयो ।
भवन निर्माणका लागि निर्माण कम्पनी सघ ३ करोड ४१ लाख ३२ हजार १४७ रुपैयाँमा सम्झौता भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।