२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

नेपालको ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको प्रभाव,अवसर र चुनौतीहरू

रमेश बोहरा डोटी
नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढेसँगै सामाजिक सञ्जालहरू जस्तै टिकटक, फेसबुक, र इन्स्टाग्रामले जनजीवनमा ठुलो प्रभाव पारेका छन्। यी प्लेटफर्महरूले मनोरञ्जन, सूचना आदानप्रदान, र सम्बन्ध विस्तारका अवसरहरू प्रदान गरे पनि, विशेष गरी युवा, युवती, र महिलाहरूमा यिनले ल्याएका विसङ्गति र नकारात्मक प्रभावहरू उत्तिकै चिन्ताजनक छन्। यो ब्लगमा मैले हाम्रो ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका सामाजिक, आर्थिक, र मनोवैज्ञानिक समस्याहरू, साथै केही सकारात्मक पक्षहरूको चर्चा गरेको छु÷ कृपया तपाईँको अमूल्य समय मिलाएर पूरा ब्लग पढिदिनुहोला र शेयर पनि अवश्य गरिदिनु होला।

सामाजिक सञ्जालले ग्रामीण क्षेत्रमा ल्याएका विसङ्गति

१. समयको दुरुपयोग र उत्पादकत्वमा कमी
ग्रामीण क्षेत्रका युवा–युवती र महिलाहरू टिकटक र फेसबुक रिल्सहरू घण्टौँसम्म हेर्नमा व्यस्त हुन्छन्। सामाजिक सञ्जालमा बिताइएको यो समयले उनीहरूको दैनिक कार्य, पढाइ, र घरायसी जिम्मेवारीमा बाधा पु¥याउँछ। विशेष गरी युवाहरूले आफ्नो पोस्टमा कति लाइक र कमेन्ट आए भन्ने कुरा बारम्बार जाँच्ने बानीले उनीहरूको समय मात्र होइन, मानसिक शान्ति पनि खलबलिन्छ।

२. महिलाहरूमा सामाजिक र आर्थिक प्रभाव
ग्रामीण क्षेत्रका महिलाहरूले सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा परिवार र समाजमा नकारात्मक असर परेको छ। उदाहरणका लागि, विदेशमा रहेका श्रीमान् सँग घण्टौँसम्म भिडियो कलमा कुरा गरेर समय खेर फाल्ने र गाउँमा भए–नभएका साना कुरालाई ठुलो बनाएर श्रीमानको कान भर्ने प्रवृत्तिले पारिवारिक मनमुटाब र विवाद बढाएको छ। साथै, सामाजिक सञ्जालमा अश्लील सामग्री को पहुँचले महिलाहरूको सामाजिक छविमा समेत असर पारेको छ।

३. युवा–युवतीमा बढ्दो जोखिम
कलिलो उमेरमा पोइल जाने प्रवृत्तिः सामाजिक सञ्जालमा देखासिकी र प्रेम सम्बन्धले ग्रामीण क्षेत्रमा किशोरीहरूको विवाहको उमेर घट्दै गएको छ। सामाजिक सञ्जाल मा भेटेको अर्थात् कुरा गरेको आधारमा उनीहरूको कलिलो उमेर मा प्रेम बस्छ अनि पढाइ तिर ध्यान हुँदैन, परीक्षामा फेल हुन्छन् र अन्तिम विकल्प केही नभएर पोइल जान्छन्। उनीहरूले एक अर्कालाई जान्ने कमै अवसर पाउँछन् जसले गर्दा उनीहरूको वैवाहिक जीवन मा खटपट आउन थाल्छ। प्रायः केटीहरू बिना जानकारी नै सुटुक्क पोइल भाग्ने कुराले परिवारलाई दुखित पनि तुल्याउँछ।

ज्यान जोखिममा पार्ने प्रवृत्तिः भाइरल हुने लोभमा खतरनाक स्टन्ट वा अनुचित सामग्री बनाउँदा दुर्घटना र सामाजिक बदनामीको जोखिम बढ्छ।

साइबर अपराध र ठगीः के लेख्ने, के नलेख्ने भन्ने ज्ञानको कमीले गर्दा ग्रामीण युवा–युवतीहरू साइबर अपराधको सिकार बन्ने गरेका छन्। अनलाइन ठगी र स्क्याममा परेर लाखौँ रकम गुमाउने घटनाहरू पनि बढ्दै छन्।

४. शैक्षिक क्षेत्रमा प्रभाव

विद्यार्थीको पढाइमा ह्रासः सामाजिक सञ्जालको लतले विद्यार्थीहरूको पढाइमा ध्यान कम भएको छ। मोबाइलमा रिल्स र भिडियो हेर्न व्यस्त हुँदा उनीहरूको शैक्षिक नतिजा खस्कँदै गएको छ। उनीहरू खाली रहेको समयमा गृहकार्य अनि अध्ययन गर्नुको साटो मोबाइलमा गेम खेल्नुको साथै टिक टक र फेसबुक मा व्यस्त रहन्छन्। उनीहरूको पढाइप्रति त्यति खासै चासो अनि जुझारुपन देखिँदैन। आजकल ए आई र डिजिटल जमानामा पनि केही सिपहरू सिकेर आफ्नो भविष्य बनाउनुको साटो सामाजिक सञ्जाल मा समय खेर फालिरहेका छन्। यो स्थिति अति नै चिन्ताजनक छ।

शिक्षकको गुणस्तरमा कमीः शिक्षकहरू पनि सामाजिक सञ्जालमा समय बिताउँदा कक्षा कोठामा पढाइको गुणस्तर घटेको छ। यसले गर्दा विद्यार्थीको नतिजामा नकारात्मक असर पर्नुको साथै शैक्षिक गुणस्तर पनि घटेको छ।

५. स्वास्थ्यमा प्रभाव लामो समय मोबाइल स्क्रिनमा बिताउँदा आँखाको समस्या र मानसिक स्वास्थ्यमा असर पर्ने जोखिम बढ्छ। अनिद्रा, चिन्ता, र डिप्रेसन जस्ता समस्याहरू सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँग जोडिएका छन्।

६. सामाजिक र पारिवारिक दूरी
सामाजिक सञ्जालको व्यस्तताले परिवार र समाजमा अन्तरक्रिया कम भएको छ। परिवारमा एकसाथ बसेर हेरि नसक्ने अश्लील सामग्रीको पहुँचले सामाजिक मूल्य–मान्यतामा समेत प्रश्न उठाएको छ। साथै, गाउँमा साना कुरालाई सामाजिक सञ्जालमा ठुलो बनाएर पोस्ट गर्ने प्रवृत्तिले गाउँलेहरूबिच मनमुटाब र विवाद बढाएको छ।

७. मोबाइल डाटा र आर्थिक बोझ
ग्रामीण क्षेत्रका महिलाहरूलाई इन्टरनेट प्याकेज कसरी रिचार्ज गर्ने भन्ने ज्ञानको कमी छ। डाटा सकिएपछि अनावश्यक रकम काटिने र कसैलाई डाटा रिचार्ज गर्न लगाउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने गुनासो बढ्दो छ। साथै, डाटा खर्चका लागि युवाहरूले अभिभावकसँग झगडा गर्ने र परिवारमा तनाव बढ्ने गरेको छ।

८. अनुचित सामग्री र आलोचना
फेसबुकमा के लेख्ने, के पोस्ट नगर्ने भन्ने ज्ञानको कमीले ग्रामीण प्रयोगकर्ताहरूले अनुचित सामग्री पोस्ट गर्ने, अरूलाई गाली गर्ने, वा राजनीतिक आलोचना गर्ने गरेका छन्। यस्ता गतिविधिले सामाजिक तनाव र कानुनी समस्याहरू निम्त्याउन सक्छ।

सामाजिक सञ्जालका केही फाइदाहरू
सामाजिक सञ्जाल पूर्ण रूपमा नकारात्मक मात्र होइन। यसले ग्रामीण क्षेत्रमा केही अवसरहरू पनि ल्याएको छ:  
सूचना र जागरूकता: स्वास्थ्य, शिक्षा, र सरकारी योजनाहरूबारे जानकारी प्राप्त गर्न सामाजिक सञ्जाल उपयोगी छ। 
 
मनोरञ्जन: ग्रामीण क्षेत्रमा मनोरञ्जनका साधन सीमित भएकाले सामाजिक सञ्जालले मनोरञ्जनको स्रोत प्रदान गर्छ। 
 
आर्थिक अवसर: सहरी क्षेत्रमा शिक्षित व्यक्तिहरूले सामग्री सिर्जना गरेर पैसा कमाउँछन्। यद्यपि, ग्रामीण क्षेत्रमा प्राविधिक ज्ञान र को जानकारीको कमीले यो अवसर उपयोग हुन सकेको छैन।

ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग किन बढ्दै छ?

प्राविधिक ज्ञानको कमी: ग्रामीण प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र mयलभतष्शबतष्यल बारे जानकारी हुँदैन। उनीहरूले यो प्लेटफर्मलाई केवल समय बिताउने साधनको रूपमा प्रयोग गर्छन्।
  
शिक्षाको कमी: के पोस्ट गर्ने, के नगर्ने भन्ने आधारभूत ज्ञानको अभावले अनुचित सामग्री सेयर हुने गर्छ।  
सामाजिक दबाब: भाइरल हुने र लाइक–कमेन्ट प्राप्त गर्ने लोभले जोखिमपूर्ण व्यवहार बढाएको छ।

समाधानका उपायहरू
१. डिजिटल साक्षरता कार्यक्रम: ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, साइबर सुरक्षा, र mयलभतष्शबतष्यल बारे तालिम दिनुपर्छ।
२. शैक्षिक जागरूकता: विद्यालय र समुदायमा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याउने समस्याबारे सचेतना फैलाउनुपर्छ।
३. अभिभावकको भूमिका: अभिभावकले बालबालिका र युवाहरूको सामाजिक सञ्जाल प्रयोगमा निगरानी राख्नुपर्छ।
४. महिलाहरूलाई प्राविधिक सीप: महिलाहरूलाई इन्टरनेट प्याकेज रिचार्ज गर्ने, सुरक्षित प्रयोग गर्ने, र सामग्री सिर्जनाबारे सिकाउनुपर्छ।

५. स्थानीय सरकारको पहल: साइबर अपराध र ठगीविरुद्ध सचेतना कार्यक्रम र कानुनी सहायता केन्द्र स्थापना गर्नुपर्छ।

निष्कर्ष: नेपालको ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालले अवसर र चुनौती दुवै ल्याएको छ। यसले सूचना, मनोरञ्जन, र सम्बन्ध विस्तारका लागि सजिलो बनाए पनि, दुरुपयोगले सामाजिक, आर्थिक, र मनोवैज्ञानिक समस्याहरू निम्त्याएको छ। विशेष गरी युवा, युवती, र महिलाहरूमा समयको बरबादी, साइबर अपराध, र सामाजिक विवाद जस्ता समस्याहरू बढ्दै छन्। डिजिटल साक्षरता, जागरूकता, र जिम्मेवार प्रयोगमार्फत यी समस्याहरूलाई कम गर्न सकिन्छ। सामाजिक सञ्जाललाई समय बिताउने साधन मात्र नभएर उत्पादक र सकारात्मक कार्यका लागि प्रयोग गर्न सक्ने हो भने, ग्रामीण नेपालको सामाजिक र आर्थिक विकासमा ठुलो योगदान पुग्न सक्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।