२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

डोटीमा अवैध मदिरा र सुर्ती कारोबारमा कडाइ गरिने

असोज २४, डोटी : डोटीमा इजाजत (अनुमति) बिना मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गरेमा कडा कानुनी कारबाही गरिने भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लामा मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै काम गर्ने सहमति पनि जनाएको छ।

प्रजिअ जोशीले भने, “जिल्लामा अनुमति बिना संचालन भएका मदिरा र सुर्तीजन्य व्यवसायलाई कानुन बमोजिम कारबाही गरिनेछ। साथै, दर्ता नभएका व्यवसायहरूलाई दर्ता प्रक्रियामा ल्याउन स्थानीय तहसँग समन्वय गरिने निर्णय गरिएको छ।”

चाडपर्व लक्षित अनुगमन

चाडपर्वमा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी जस्ता समस्या देखिन सक्ने भएकाले मुख्य बजार र स्थानीय बजारहरूको नियमित अनुगमन गरिने भएको छ।

प्रजिअ जोशीले सार्वजनिक स्थलमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन नगर्न आग्रह गर्दै, अनुगमनका क्रममा उल्लंघन देखिएमा कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

सबैको सहयोग आवश्यक

प्रजिअ जोशीका अनुसार, मदिरा तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको छ। बैठकमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।