
डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले गर्भवती महिलालाई कोसेली वितरण गर्नु भएको छ ।
उपाध्यक्ष सँग गर्भवती महिलाहरूलाई पोषण कोसेली वितरण कार्यक्रम अन्तरगत पालिकाका १८२ जना गर्भवती महिलाहरूलाई कोसेली वितरण गरिएको हो ।
गर्भ अवस्थामा बच्चा र आमाको निकै ख्याल गर्नाले जन्मिने शिशु स्वस्थ र तन्दुरुस्त हुने भएकाले गर्भवतीमाले यस्तो बेलामा पोसिलो खानेकुरा खाने बानीको विकास होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ ।
उपाध्यक्ष पशुपती खड्काले आजभोलिका महिलाहरू बजारको खानेकुरामा बढी आकर्षित हुने गरेकाले आफ्नै घरमा उत्पादित स्वास्थ्यकर खानेकुरा खानु पर्ने बताउनु भएको छ ।
मोहन पनेरु
डोटी ।
महालक्ष्मी बिकास बैंक लिमिटेड पिपल्ला शाखा डाेटीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिद्यालयलाई जिन्सी सामाग्री वितरण गरेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–२ खातीवडा स्थित देवी माध्यमिक विद्यालय काठको दुई थान दराज,काठकै दुई थान टेबल र पाँच वटा कुर्सी वितरण गरेको छ ।

बिहीबार विद्यालय प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो साम्रगी बितरण गरिएको हो ।
विद्यालयको समन्वयमा महालक्ष्मी बिकास बैंक पिपल्ला शाखाका प्रमुख पदम राज जोशी लगायत बैकंका प्रतिनिधिहरूले बिद्यालयलाई सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्काले भने महालक्ष्मी बिकास बैंकको उक्त सहयोगप्रति आभार प्रकट गर्दै, “आजको सहयोगले हाम्रो विद्यालयमा अध्ययन गर्ने सीमान्तकृत र आर्थिक रूपले ओझेल परेको बिद्यालयलाई यो समाग्रीहरुले ठुलो राहत मिलेको छ ।
शिक्षामा समान पहुँच पुर्याउने यस्ता कार्यक्रमले विद्यार्थीहरू र बिद्यालयहरुमा सकारात्मक प्रेरणा दिनेछ।”
महालक्ष्मी बिकास बैकका प्रमुख जोशीले भने, “महालक्ष्मी बैंक केवल वित्तीय कारोबारमा सीमित छैन, हामी समाजप्रति उत्तरदायी संस्था हौं । त्यसै अनुसार शिक्षा, स्वास्थ्य, वातावरण तथा स्थानीय विकासमा योगदान पु¥याउने अभियानमा सक्रिय रहदै यहा“सम्म पुगेका छौ उनले भने ।” डोटी हाम्रो कार्यक्षेत्र पनि हो यस्ता कामले हामीलाई पनि समाजप्रति उत्तरदायी बनााउने प्रेणा मिल्ने गरेको बताए ।
विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका कारण उनीहरूका लागि शैक्षिक सामग्री जुटाउन पनि कठिन भइरहेको अवस्थामा यस्ता सहयोग कार्यक्रमले बिद्यालयलाई थप उर्जा मिल्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटीले बताए ।
बिद्यालयका प्राधानाध्यापक सिद्धराज ओझाले भने, “यस किसिमको सहयोगले विद्यालय, बैंक र समाजबीचको सम्बन्ध बलियो बनाउँछ ।
यस्तो सहयोगले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वमा अघि बढ्न प्रेरणा दिनेछ।”
महालक्ष्मी बिकास बैंक पिपल्लाले यसअघि पनि शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।
बैंकले आगामी दिनमा पनि समाजका सीमान्तकृत वर्गहरूलाई लक्षित गर्दै सहयोगका कार्यक्रम सञ्चालन गर्ने बैंकका कर्मचारी लोकेन्द्र बलायरले बताए ।
डाेटीकाे पुर्विचाैकी गाउँपालिकामा डेंँगु लगायत कीटजन्य राेगहरुकाे नियन्त्रणका लागि लाम्खुट्टेकाे बासस्थान खाेजि गरि लार्भा नष्ट गर्ने अभियान सम्बन्धि आज एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
बरिखाकाे सिजन सुरु भए संगै डेंँगु लगायत कीटजन्य राेगहरुकाे जाेखिम बढ्ने भएका कारण आवश्यक सतर्कता अपनाउनका लागि लाम्खुट्टेकाे बासस्थान खाजि गरि लार्भा नष्ट गर्ने अभियान सुरु गर्न सराेकारवाला अभिमुखि करण गरिएकाे पुर्विचाैकि गाउपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण धानुकले बताए ।
पुर्विचाैकी गाउपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्यायकाे अध्यक्षतामा भएकाे थियाे ।
साथै अभिमुखिकरणमा जनप्रतिनिधि ,राजनितीक दलका प्रतिनिधि ,स्थानीय व्यवसायी,नागरिक समाज लगायतकाे उपस्थीमा कार्यक्रम भएकाे हाे ।
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं. ४ सानागाउमा भुकम्प पुर्वतयारी तथा स्वस्थ्य सरसफाइ सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
पुर्विचाैकी गाउपालिका वडा नं.४ का अध्यक्ष वल बहादुर खड्का काे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्याय,बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष पशुपति खड्का, अतिथिमा गाउकार्यपालिका सदस्य वडा सदस्य ,राजनीतिक दलका प्रतिनिधि लगाएतकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।
दलित क्षेत्र बिकास समितिकाे आयाेजना पुर्विचाैकी गाउपालिकाकाे सहयाेगमा भएकाे प्रशिक्षण कार्यक्रममा पुर्विचाैकी गाउपालिका वडा नं.४ सानागाउका ४१ जना सहभागी लाई प्रशिक्षण दिईएकाे हाे ।
समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले दलित क्षेत्रबिकास कार्यक्रम अन्तरगत बिगतमा भएका कार्यक्रमहरु कार्यक्रममा सिमित भए तर याे कार्यक्रम मानिसकाे ब्यवहारिक जिवन प्रत्यक्ष रुपमा लाभान्वित हुने खालकाे कार्यक्रम भएकाले आफ्नो जिवनमा लागू गर्न आग्रह गर्नु भएकाे छ ।
कर्यक्रमका बिशिस्ट अतिथि पालिका उपाध्यक्ष पशुपति खड्काले तालिममा सिकेका कुरा तालिममा मात्र सिमितन राखेर जिवनमा लागू गर्नु पर्ने बताउनु भयाे ।
कार्यक्रमकाे समापन गर्दै वडा नं.४ का अध्यक्ष बल बहादुर खड्काले स्वास्थ्य जीवन जिउनकालगि स्वस्थ्य सरसफाइमा ध्यन दिनु पर्ने भन्दै भुकम्प पुर्वतयारिका बिषयमा सबै सचेत रहनु पर्ने बताउनु भएकाे छ ।
यहि असाढ १३ गते देखि १५ गते सम्म संचालन भएकाे प्रशिक्षण कार्यक्रमका प्रशिक्षक खडक बिक,लक्ष्मण बिक र बिष्णु बि.क रहनु भएकाे थियाे ।
काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।
‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।
शुक्रबार सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
डोटीको पुर्वीचौकी गाउँपालिका रोजगार सेवा केन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रममा सङ्लन उत्कृष्ट श्रमिक लाई सम्मान गरेको छ ।
श्रमको सम्मान, राष्ट्रको अभियान प्रधानमन्त्री रोजगार कार्यक्रम आफ्नै पौरख,आफ्नै गौरव अन्तरगत आज (शुक्रवार)सरोकार बालाहरू सँग पालिका स्तरीय एक दिने अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजन गरी सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिनको रोजगारमा संलग्नका लगी छनोट भएका चौरासी जना मध्यबाट ७ जना उत्कृष्ट कार्य गर्ने श्रमिकलाई नगद दुई हजार रुपैयाँ सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिएको छ ।
पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पशुपति खड्का,प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशी,वाड अध्यक्षहरू,राजनीतिक दलका प्रतिनिधि,विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि,माध्यमिक विद्यालयका शिक्षकहरू,स्थानीय व्यवसायी लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।
गाउँपालिकामा रोजगारको क्षेत्रमा अवसर तथा सम्भावनाको पहिचान समस्याहरूको समाधान रोजगारी सिर्जनाका अवसरका विषयमा अन्तरक्रिया भएको थियो ।
दिपायल, असार १२ गते । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
पूर्ण खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लक्षमण बहादुर सिंहले विहिबार सिलगढीमा आयोजित एक समारोहका बीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो ।
१५ महिना मुनिका बालबालिकाको संख्या ३ हजार ४ सय ५३ रहेको र उनिहरुमध्ये शुन्य खोप लगाउनेको संख्या पनि नभेटिएको मलासीले जानकारी दिए । तर ति बालबालिकामध्ये ६ जना बालबालिकाहरुले आंशिक खोप लगाएको पाईए पनि प्रक्रिया अनुसार उनिहरुलाई खोप लगाई सकिएको जनाईएको छ ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो । जिल्लाका नियमित खोप लगाउने जन्मेदेखि १५ महिना सम्मका ३ हजार ४ सय ५३ बालबालिकाहरुलाई पूर्ण रूपमा नियमित खोप लगाए पछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उहाँले बताउनु भयो ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाको संख्या १० हजार ४ सय १५ जना रहेको छ । त्यसमध्ये खोपको शून्य डोज लगाउन छुटेका ६ जना र आंशिक खोप लगाउन छुटेका एक सय १२ जना बालबालिकाहरुको खोजि गरेर खोप लगाइएको स्वाथ्य कार्यालय डोटीका खोप संयोजक डिल्ली रमण जोशीले बताउनु भयो ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १४ वटा रोग विरुद्ध १३ किसिमका खोप प्रदान गरिन्छ । जिल्लाका बालबालिकाहरूले यी सबै खोपहरु पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
डोटी जिल्लालाई पहिलो पटक २०७५ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक सिंहले बताउनु भयो ।
डोटी यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा हुने सुदूरपश्चिम प्रदेशको पहिलो जिल्ला हो । घोषणा कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख, स्वाथ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पूर्णखोप सुनिश्चितता घोषणा गर्ने पहिलो पालिका शिखर नगरपालिका र पहिलो वडा शिखर – १० लाई सम्मान गरिएको थियो । कार्यक्रममा खोप अभयान सञ्चालन गर्न खटिने स्वाथ्यकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।
भक्तपुर- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो ।
उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ ।
अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।”
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
रमेश बोहरा डोटी
नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढेसँगै सामाजिक सञ्जालहरू जस्तै टिकटक, फेसबुक, र इन्स्टाग्रामले जनजीवनमा ठुलो प्रभाव पारेका छन्। यी प्लेटफर्महरूले मनोरञ्जन, सूचना आदानप्रदान, र सम्बन्ध विस्तारका अवसरहरू प्रदान गरे पनि, विशेष गरी युवा, युवती, र महिलाहरूमा यिनले ल्याएका विसङ्गति र नकारात्मक प्रभावहरू उत्तिकै चिन्ताजनक छन्। यो ब्लगमा मैले हाम्रो ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएका सामाजिक, आर्थिक, र मनोवैज्ञानिक समस्याहरू, साथै केही सकारात्मक पक्षहरूको चर्चा गरेको छु÷ कृपया तपाईँको अमूल्य समय मिलाएर पूरा ब्लग पढिदिनुहोला र शेयर पनि अवश्य गरिदिनु होला।
सामाजिक सञ्जालले ग्रामीण क्षेत्रमा ल्याएका विसङ्गति
१. समयको दुरुपयोग र उत्पादकत्वमा कमी
ग्रामीण क्षेत्रका युवा–युवती र महिलाहरू टिकटक र फेसबुक रिल्सहरू घण्टौँसम्म हेर्नमा व्यस्त हुन्छन्। सामाजिक सञ्जालमा बिताइएको यो समयले उनीहरूको दैनिक कार्य, पढाइ, र घरायसी जिम्मेवारीमा बाधा पु¥याउँछ। विशेष गरी युवाहरूले आफ्नो पोस्टमा कति लाइक र कमेन्ट आए भन्ने कुरा बारम्बार जाँच्ने बानीले उनीहरूको समय मात्र होइन, मानसिक शान्ति पनि खलबलिन्छ।
२. महिलाहरूमा सामाजिक र आर्थिक प्रभाव
ग्रामीण क्षेत्रका महिलाहरूले सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा परिवार र समाजमा नकारात्मक असर परेको छ। उदाहरणका लागि, विदेशमा रहेका श्रीमान् सँग घण्टौँसम्म भिडियो कलमा कुरा गरेर समय खेर फाल्ने र गाउँमा भए–नभएका साना कुरालाई ठुलो बनाएर श्रीमानको कान भर्ने प्रवृत्तिले पारिवारिक मनमुटाब र विवाद बढाएको छ। साथै, सामाजिक सञ्जालमा अश्लील सामग्री को पहुँचले महिलाहरूको सामाजिक छविमा समेत असर पारेको छ।
३. युवा–युवतीमा बढ्दो जोखिम
कलिलो उमेरमा पोइल जाने प्रवृत्तिः सामाजिक सञ्जालमा देखासिकी र प्रेम सम्बन्धले ग्रामीण क्षेत्रमा किशोरीहरूको विवाहको उमेर घट्दै गएको छ। सामाजिक सञ्जाल मा भेटेको अर्थात् कुरा गरेको आधारमा उनीहरूको कलिलो उमेर मा प्रेम बस्छ अनि पढाइ तिर ध्यान हुँदैन, परीक्षामा फेल हुन्छन् र अन्तिम विकल्प केही नभएर पोइल जान्छन्। उनीहरूले एक अर्कालाई जान्ने कमै अवसर पाउँछन् जसले गर्दा उनीहरूको वैवाहिक जीवन मा खटपट आउन थाल्छ। प्रायः केटीहरू बिना जानकारी नै सुटुक्क पोइल भाग्ने कुराले परिवारलाई दुखित पनि तुल्याउँछ।
ज्यान जोखिममा पार्ने प्रवृत्तिः भाइरल हुने लोभमा खतरनाक स्टन्ट वा अनुचित सामग्री बनाउँदा दुर्घटना र सामाजिक बदनामीको जोखिम बढ्छ।
साइबर अपराध र ठगीः के लेख्ने, के नलेख्ने भन्ने ज्ञानको कमीले गर्दा ग्रामीण युवा–युवतीहरू साइबर अपराधको सिकार बन्ने गरेका छन्। अनलाइन ठगी र स्क्याममा परेर लाखौँ रकम गुमाउने घटनाहरू पनि बढ्दै छन्।
४. शैक्षिक क्षेत्रमा प्रभाव
विद्यार्थीको पढाइमा ह्रासः सामाजिक सञ्जालको लतले विद्यार्थीहरूको पढाइमा ध्यान कम भएको छ। मोबाइलमा रिल्स र भिडियो हेर्न व्यस्त हुँदा उनीहरूको शैक्षिक नतिजा खस्कँदै गएको छ। उनीहरू खाली रहेको समयमा गृहकार्य अनि अध्ययन गर्नुको साटो मोबाइलमा गेम खेल्नुको साथै टिक टक र फेसबुक मा व्यस्त रहन्छन्। उनीहरूको पढाइप्रति त्यति खासै चासो अनि जुझारुपन देखिँदैन। आजकल ए आई र डिजिटल जमानामा पनि केही सिपहरू सिकेर आफ्नो भविष्य बनाउनुको साटो सामाजिक सञ्जाल मा समय खेर फालिरहेका छन्। यो स्थिति अति नै चिन्ताजनक छ।
शिक्षकको गुणस्तरमा कमीः शिक्षकहरू पनि सामाजिक सञ्जालमा समय बिताउँदा कक्षा कोठामा पढाइको गुणस्तर घटेको छ। यसले गर्दा विद्यार्थीको नतिजामा नकारात्मक असर पर्नुको साथै शैक्षिक गुणस्तर पनि घटेको छ।
५. स्वास्थ्यमा प्रभाव लामो समय मोबाइल स्क्रिनमा बिताउँदा आँखाको समस्या र मानसिक स्वास्थ्यमा असर पर्ने जोखिम बढ्छ। अनिद्रा, चिन्ता, र डिप्रेसन जस्ता समस्याहरू सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँग जोडिएका छन्।
६. सामाजिक र पारिवारिक दूरी
सामाजिक सञ्जालको व्यस्तताले परिवार र समाजमा अन्तरक्रिया कम भएको छ। परिवारमा एकसाथ बसेर हेरि नसक्ने अश्लील सामग्रीको पहुँचले सामाजिक मूल्य–मान्यतामा समेत प्रश्न उठाएको छ। साथै, गाउँमा साना कुरालाई सामाजिक सञ्जालमा ठुलो बनाएर पोस्ट गर्ने प्रवृत्तिले गाउँलेहरूबिच मनमुटाब र विवाद बढाएको छ।
७. मोबाइल डाटा र आर्थिक बोझ
ग्रामीण क्षेत्रका महिलाहरूलाई इन्टरनेट प्याकेज कसरी रिचार्ज गर्ने भन्ने ज्ञानको कमी छ। डाटा सकिएपछि अनावश्यक रकम काटिने र कसैलाई डाटा रिचार्ज गर्न लगाउँदा अतिरिक्त शुल्क तिर्नुपर्ने गुनासो बढ्दो छ। साथै, डाटा खर्चका लागि युवाहरूले अभिभावकसँग झगडा गर्ने र परिवारमा तनाव बढ्ने गरेको छ।
८. अनुचित सामग्री र आलोचना
फेसबुकमा के लेख्ने, के पोस्ट नगर्ने भन्ने ज्ञानको कमीले ग्रामीण प्रयोगकर्ताहरूले अनुचित सामग्री पोस्ट गर्ने, अरूलाई गाली गर्ने, वा राजनीतिक आलोचना गर्ने गरेका छन्। यस्ता गतिविधिले सामाजिक तनाव र कानुनी समस्याहरू निम्त्याउन सक्छ।
सामाजिक सञ्जालका केही फाइदाहरू
सामाजिक सञ्जाल पूर्ण रूपमा नकारात्मक मात्र होइन। यसले ग्रामीण क्षेत्रमा केही अवसरहरू पनि ल्याएको छ:
सूचना र जागरूकता: स्वास्थ्य, शिक्षा, र सरकारी योजनाहरूबारे जानकारी प्राप्त गर्न सामाजिक सञ्जाल उपयोगी छ।
मनोरञ्जन: ग्रामीण क्षेत्रमा मनोरञ्जनका साधन सीमित भएकाले सामाजिक सञ्जालले मनोरञ्जनको स्रोत प्रदान गर्छ।
आर्थिक अवसर: सहरी क्षेत्रमा शिक्षित व्यक्तिहरूले सामग्री सिर्जना गरेर पैसा कमाउँछन्। यद्यपि, ग्रामीण क्षेत्रमा प्राविधिक ज्ञान र को जानकारीको कमीले यो अवसर उपयोग हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग किन बढ्दै छ?
प्राविधिक ज्ञानको कमी: ग्रामीण प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र mयलभतष्शबतष्यल बारे जानकारी हुँदैन। उनीहरूले यो प्लेटफर्मलाई केवल समय बिताउने साधनको रूपमा प्रयोग गर्छन्।
शिक्षाको कमी: के पोस्ट गर्ने, के नगर्ने भन्ने आधारभूत ज्ञानको अभावले अनुचित सामग्री सेयर हुने गर्छ।
सामाजिक दबाब: भाइरल हुने र लाइक–कमेन्ट प्राप्त गर्ने लोभले जोखिमपूर्ण व्यवहार बढाएको छ।
समाधानका उपायहरू
१. डिजिटल साक्षरता कार्यक्रम: ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, साइबर सुरक्षा, र mयलभतष्शबतष्यल बारे तालिम दिनुपर्छ।
२. शैक्षिक जागरूकता: विद्यालय र समुदायमा सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याउने समस्याबारे सचेतना फैलाउनुपर्छ।
३. अभिभावकको भूमिका: अभिभावकले बालबालिका र युवाहरूको सामाजिक सञ्जाल प्रयोगमा निगरानी राख्नुपर्छ।
४. महिलाहरूलाई प्राविधिक सीप: महिलाहरूलाई इन्टरनेट प्याकेज रिचार्ज गर्ने, सुरक्षित प्रयोग गर्ने, र सामग्री सिर्जनाबारे सिकाउनुपर्छ।
५. स्थानीय सरकारको पहल: साइबर अपराध र ठगीविरुद्ध सचेतना कार्यक्रम र कानुनी सहायता केन्द्र स्थापना गर्नुपर्छ।
निष्कर्ष: नेपालको ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालले अवसर र चुनौती दुवै ल्याएको छ। यसले सूचना, मनोरञ्जन, र सम्बन्ध विस्तारका लागि सजिलो बनाए पनि, दुरुपयोगले सामाजिक, आर्थिक, र मनोवैज्ञानिक समस्याहरू निम्त्याएको छ। विशेष गरी युवा, युवती, र महिलाहरूमा समयको बरबादी, साइबर अपराध, र सामाजिक विवाद जस्ता समस्याहरू बढ्दै छन्। डिजिटल साक्षरता, जागरूकता, र जिम्मेवार प्रयोगमार्फत यी समस्याहरूलाई कम गर्न सकिन्छ। सामाजिक सञ्जाललाई समय बिताउने साधन मात्र नभएर उत्पादक र सकारात्मक कार्यका लागि प्रयोग गर्न सक्ने हो भने, ग्रामीण नेपालको सामाजिक र आर्थिक विकासमा ठुलो योगदान पुग्न सक्छ।





