
गणेश मौनी
असार १० डोटी
डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख ५० हजार हुने उल्लेख गरेकी छन् ।
बजेटमा कृर्षि, पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ ।
बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।
आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९ करोड १६ लाख, सङ्घीय राजश्व वाँड फाड १० करोड ४३ लाख , सङ्घीय सरकार शर्शत अनुदान १८ करोड २९ लाख, सङ्घीय सरकार समपूरक अनुदान ८५ लाख, प्रदेश सरकार समानिकरण अनुदान ७५ लाख २६ हजार, आन्तरिक आय र अल्या २ करोड १४ लाख ६४ हजार अनुमान गरिएको बजेट उपाध्यक्ष डम्मरी विष्ट कलेलले प्रस्तुत गर्नु भएको छ ।
प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ । अर्को गाउँ सभा बैठक यही असार २० गतेका लागी गाउँ सभाका अध्यक्ष भैरव बहादुर साउँदले आव्हान गरेका छन् ।
डोटीको पुर्वीचौकी गाउपालिकामा आर्थिक वर्ष २०८२।०८३को नीति तथा कार्यक्रम प्रस्तुत भए सँगै गाउँमै कमाउने गाउँमै रमाउने वातावरण सृजना गर्न स्थानीय कच्चा पदार्थ बाट साना उद्योग विकास प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
पुर्वीचौकी गाउँपालिका गाउँ सभाको १७औँ अधिबेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले यस्तो बताउनु भएको हो ।

पालिकाका जनताको आर्थिक विकासका लागी बेमौसमी तरकारी खेती,फलफूल खेती,जडीबुटी खेती,पशुपालन ,स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ (निगालो,बाँस,अल्लो,मुथो,भिमल,लोतो), प्रयोग गरेर युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाइने प्रस्तुत नीतिमा उल्लेख भएको छ ।
गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आ.ब. २०८२।०८३ का लागी एकाउन्न करोड उनासत्तरी लाख अठासी हजार सात सय पच्चिस रुपैयाँ बराबरको नीति तथा कार्यक्रम पालिका उपाध्यक्ष पशुपति खड्काले प्रस्तुत गर्नु भएको थियो ।
आ.ब.२०८२/०८३काे नीति तथा कार्यक्रम




















डोटीको पुर्वीचौकी गाउपालिकामा सुनौला हजार दिनका आमा लाइ पोषण सुधारका लागि अनुदान दीइने भएको छ।
“स्वस्थ्य सुखी र समृद्ध परिवार हाम्रो सरोकार ,प्रभावकारी बहुक्षेत्रिय पोषण सेवा जनताको अधिकार” भन्ने नाराका साथ बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत पुर्वीचौकी गाउपालिका वडा नं. ५ का २८ जना विपन्न सुनौला हजार दिनका गर्भवति र सुत्केरी आमा लाइ अनुदान दिइने भएको हो ।

पालिकाको सबै भन्दा धेरै सुनौलो हजार दिनका आमा हरु भएको वडा हरुका विपन्न आमा हरुलाइ पोषण सुधारका लागी अनुदान दिन सम्बन्धित वडा कार्यालको सिफारीसको आधारमा कुखुरा पालन ,बाख्रा पालन र तरकारी खेतीका लागी अनुदान दिइने पोषण सहजकर्ता मेनुका खड्का कुवरले बताइन् ।
पुर्वीचौकी गाउँपालिका वडा नं.४ सानागाउमा आइतबार एक कार्यक्रमको आयोजना गरी छनोट भएका सुनौला हजार दिनका बिपन्न गर्भवति र सुत्केरी आमा लाइ अनुदान सम्बन्धि अभिमुखीकरण समेत गराइको छ ।
पुर्वीचौकी गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्याय उपाध्यक्ष पशुपति खड्का, प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशि , वडा अध्यक्ष पालिकाका कर्मचारी र सुनौलो हजार दिनका विपन्न आमाहरुको सहभागितमा संचालन भएको अभिमुखीकरण कार्यमको प्रस्तुति महिला बालवालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख हरीभक्त साँउदले गरेका थिए भने कार्यक्रमको सहजिकण पोषण सहज कर्ता मेनुका कुमारी खड्का कुवँरले गरेकी थिइन ।
अभिमुखीकरणमा सहभागि आमाहरुले पोषण सुधारका लागी पच्चिस हजार नगद अनुदान पाउने बताइएको छ ।
दिपायल- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ।
दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए। घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। जिप सडकबाट करिब २५० मिटर तल खसेको छ।
डोटीको पुर्वीचौकी गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिवार घोषणा गरेको हो ।
पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्ययको सभा अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहको प्रमुख अथित्यता ,र बिशिस्ट अतिथीमा डोटी जिल्ला प्रमुख जिल्ला अधिकारी मोहनराज जोशि पुर्वीचौकी गाउपालिका उपाध्यक्ष पशुपति खड्का रहनु भएको थियो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले पालिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई प्रमाण पत्र प्रदान गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन ।
स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरु पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकोमा बधाई ज्ञापन गरेका छन ।
१६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका अध्यक्ष उपाध्ययले बताए ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने गाउपालिका उपाध्यक्ष पशुपति खड्काले बताए ।
गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिको हो ।
कार्यक्रममा खोप अभियान सञ्चालन गर्न खटिएका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
प्रतीक्षा धामी ,
बडिकेदार,डोटी २९ जेठ । डोटीको बडिकेदार गाउपालिकलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदको सभा अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह , बिशिस्ट अतिथी गाउपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेल रहनु भएको थियो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हुन । पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख सिंहले गाउपालिकाका अध्यक्ष भैरब साउदलाइ हस्तान्तरण गरेका थिए ।
स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै सिंहले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल सरकारले तोकेका सम्पूर्ण सूचकहरु पूरा गर्दै कुनै पनि बालबालिका नछुटाएर खोप अभियान सञ्चालन गरी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएकोमा बधाई ज्ञापन गरेका छन ।
साना बालबालिका एउटा काचो माटो जस्तै भएकाले उनिहरुको स्वस्थ भबिस्य कस्तो बनाउने भन्ने स्वास्थ्यकर्मी र स्वयंसेविकाको हातमा हुने भएकाले उनिहरुको भबिस्य सङ्ग खेलवाड नगर्न समेत आग्रह गरेका छन।
पालिका अध्यक्ष साउदले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै पालिकाले स्वाथ्य क्षेत्रमा गर्न सक्ने सहयोग गर्न तत्पर रहेको बताए ।
१६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सम्पूर्ण खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका अध्यक्ष भैरब साउदले बताए ।
खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने गाउपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताएकि छन ।
प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले जनतालाई सहज, र छिटो छरितो सेवा डेलिभरी गर्नु कर्मचारीको दायित्व भएको बताउँदै विकट र दुर्गममा सेवा दिने स्वाथ्यकर्मीको साहस प्रती उच्च सम्मान व्यक्त गरे ।
राज्यको खोज र खोप नीति अनुरुप विभिन्न तथ्याङ्क र सूचकहरु पूरा गरेर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पालिकाका ५ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको खड्यौली स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताए । राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ५ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गर्ने, खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा खोप अभियान सञ्चालन गर्न खटिएका स्वास्थ्यकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै स्वास्थ्यको क्षेत्रमा रहेर सूचना प्रसारण गरि अहम भुमिका खेलेको भन्दै सामुदायिक रेडियो बडिकेदार लाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
जेठ २८
एकेन्द्र चन्द डोटी : डोटीको बडीकेदार गाउँपालिकाका सबै वडाहरुलाइ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच बडिकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए सङ्गै गाउँपालिकाका ५ वटै वडा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छ्न ।
१६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाहरूको समन्वयमा दिगोपनासमेत सुनिश्चित गरिएको बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।
कार्यक्रममा खोप सेवा पहुँच, नियमितता, तथा दीगो स्वास्थ्य सुरक्षाबारे जानकारी प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गरिएको स्वास्थ्य शाखा उप प्रमुख खडक बहादुर धामिले बताउनु भयो ।
पूर्णखोप सुनिश्चितता अभियानमा विशेष योगदान पुर्याउनु हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
डोटी : जिल्लाको सायल गाउँपालिका ६ दल्लेखका सुवास हराएको एक हप्ता पछि मृत भेटिएका छन् ।
वर्ष ४१ का सुवास दमाई एक हप्ता अगाडि घरमा कसैलाई जानकारी नगराई घरबाट हिंडि हराएका थिए । उनलाई आफ्न्तले खोजतलास गर्दै जादा आज दल्लेखकै काभ्रेको जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएका छन् ।
प्रहरीका अनुसार आवस्यक अनुसन्धानका लागि प्र.नि . राजेन्द्र बहादुर चन्दको कमाण्डमा टोलि खटिई अनुसन्धान भइरहेको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त तथा मुख सम्बन्धी उपचार शिविर बाट करिब ३०० जनाले सेवा लिएका छन् ।
पुर्वीचौकी गाउँपालिकाको आयोजना सगरमाथा हेल्थ फउण्डेशन हेल्थ केयर नेपालको सहयोग,आम्दा नेपाल जोरपाटी काठमाण्डौको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
बर्षौ देखी दाँतको समस्या भएका विरामिका लागि लाभदायक शिविर भएको भन्दै पुर्वीचौकी गाउँपालिकाले पालिका बासिको स्वास्थ्य समस्याहरूको मध्यनजर गर्दै बेलाबेलामा विभिन्न शिवरिहरु सञ्चालन गरेको पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
यही जेठ २१ गते देखी सञ्चालन भएको शिविर शनिवार सम्पन्न भएको पुर्वीचौकी स्वास्थ्य शाखा प्रमुख पूर्ण धानुकले बताए ।
गाउँपालिकाको वडा नं.४ सानागाउँमा रहेको आयुर्वेदिक औषधालयको कार्यालयमा सञ्चालन भएको शिविर वाट मुख सम्बन्धी समस्या भएका र दाँत सम्बन्धी समस्या भएका बिरामीले सेवा लिएका हुन ।
धनगढी, जेठ २४ –
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव समारोहमा पत्रकार पुष्पराज जोशी सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा रहेर डोटेली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पत्रकार जोशीलाई नगदसहित पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको हो ।
पत्रकार जोशीसँगै साहित्यकार तथा संस्कृतिविद् एमव् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, डा. विश्वगुरु गौरीशंकराचार्यजी महाराज, सामाजिक सचेतनामा योगदान पु¥याएको भन्दै कानुन अधिकृत तथा लेखक दानबहादुर सुनार र डोटेली भाषाका प्रथम समाचारवाचक ओमप्रकाश जोशीलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेल (पोखरा), प्र्रा. माधव वियोगी (पोखरा), प्रा. डा. निर्मलमणि अधिकारी (काठमाडौं), प्रा.डा.देवी नेपाल (काठमाडौं), डा. पिताम्बर अवस्थी (पिथौरागढ), प्रा. डा. भीम खतिवडा (धरान), महेश बराल (पिथौरागढ), हेमा जोशी परु (खटिमा भारत) लाई सम्मानित गरिएको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावल, सामाजिक विकास मन्त्री मेघराज खड्का, श्री १००८ विश्वगुरु गौरीशंकराचार्य जी महाराज, प्रा.डा. रामचन्द्र पोखरेल, प्रा. डा. देवी नेपाल, प्रा. डा. भीम खतिवडा, डेउडा गायक नन्दकृष्ण जोशी, प्रा. डा. निर्मलमणि अधिकारी, प्रा. डा. जनार्दन आचार्य, साहित्यकार प्रा. माधव वियोगी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल, साहित्यकार किरण आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ कृष्णराज सर्वाहारी, साहित्यकार जि.के. पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल तथा भारतका कवि तथा साहित्यकारले कविता वाचन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बतायो ।





