२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटीः डोटीको बोेगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा पालिका स्तरीय बृहत् खेलमैदानको निर्माण कार्य सुरु गरिएको छ।

गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले शनिवार मैदान निर्माणको शुभारम्भ गरेका छन्।

गाउँपालिकाले निर्माण गर्न लागेको यो खेलमैदानलाई निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो मैदान बनाउने लक्ष्य राखिएको छ। यो खेल मैदानको कुल लागत २४ लाख रुपैयाँ रहने जनाइएको छ। अध्यक्ष गड्सिलाले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्यले खेलमैदानको योजना अघि बढाइएको बताए। उनले खेलकुद क्षेत्रको विकासमार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय वासीहरूमा मैदान निर्माणको खबरले खुसियाली छाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस कदमले गाउँमा खेलकुद गतिविधि बढ्नेसँगै स्थानीय प्रतिभाहरूको प्रोत्साहन हुने जनाएका छन्।

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।

घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ४ः५५ बजे तिर ग्यास सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले हालसम्म १६–१७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट गरिसकेको छ ।

क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ । घटनापछि आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

आगो निभाउने कार्य जारी छ । प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिन प्रयास तीव्र पारिएको छ ।

डाेटीकाे पुविचाैकि गाउपालिकामा आधारभूत तह (कक्षा१-३ ) अध्यापन गर्ने शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाईज तालिम सुरु भएकाे छ ।

पुर्विचाैकि गाउपालिकाकाे शिक्षा,युवा,तथा खेलकुद शाखाकाे आयाेजना तालिम संचालन गरिएकाे छ ।

शुक्रबार पुर्विचाैकि गाउपालिका कार्यबाहक अध्यक्ष बल बहादुर खड्काकाे सभाध्यक्षमा संचालन भएकाे कार्यक्रममा वडा नं. ७ का अध्यक्ष प्रेम खड्का ,प्रशिक्षक राम बहादुर भण्डारी लगायतकाे आतिथ्यतामा कार्यक्रम गरियकाे थियाे ।

सभाध्यक्ष खड्काले सहभागीले तालिमा सिकेका कुरा ब्यवहारमा लागू गरेर आफ्नाे बिद्यालयलाई नमुना बिद्यालय बनाउन आग्रह गरेका छन ।

त्यस्तै पुर्विचाैकि गाउपालिका वडा नं. ७ अध्यक्ष प्रेम खड्काले सामुदायिक बिद्यालयलाई शिक्षाकाे आकर्ष केन्द बनाउनु पर्ने बताए ।

२०८२ जेठल२५ गते सम्म चल्ने तालिमकाे प्रशिक्षण लामाे समय शिक्षा क्षेत्रमा कार्यरत राम बहादुर भन्डारि गर्ने बताएकाे छ ।

शिक्षककाे ब्यक्तित्व विकासका लागि शाखाले भिन्न खालका गतिविधि गर्दै आएकाे भन्दै सबैले मिलेर पुर्विचाैकि काे शिक्षाकाे मुहार फेर्नु पर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनाेद भट्टले बताए ।

पुर्वीचाैकीका ३७ बिद्यालयका एक एक जना गरि ३७ जना शिक्षकहरुकाे सहभागीतामा कार्यक्रम संचालन भएकाे हाे ।

जेठ २३ गते डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका जिल्लाको तेस्रो पुर्ण खोप सुुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
यस बर्ष पनि ५९ महिना मुनीका गाउँपालिकामा सेवा क्षेत्र भित्रका सम्पुर्ण बालबकालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई शुक्रबार पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बोगटान फुड्सिल गाउँपालिका खोप समन्वय समिति डोटीका अध्यक्ष कमलबहादुर गडसिलालाई खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाइ घोषणा गरिएको हो ।

सरकारले खोप कार्यक्रमलाई राज्यको प्रमुख प्राथमिकतामा राखेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताए । उनले भने ‘जसरी सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको यलाइ सफल बनाउन स्वास्थ्यकर्मीले खेल्नु भएको भूमिका प्रति म धन्यवाद ब्यक्त गर्दछु ।

बोगटान गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम निमार्ण गर्दै आएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

खोप कार्यक्रमलाई प्रभाबकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य क्षेत्रका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अबसरमा सात स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख, स्वाथ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिका तथा कार्यालय सहयोगीहरुलाई सम्मान गरिएको छ ।

बाजुरा ः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-३ धनाल्तका ४२ वर्षीया जंग बहादुर रावत रहेका छन ।

उनकी श्रीमतिले अभद्र व्यवहारको मुद्धा दायर गरेका रावत हिरासतमै बिरामी भएर जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् ।

बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु अस्पताल स्रोतले जनाएको छ । रावत घरमा श्रीमतिसंग दैनिक झगडा गर्ने, अत्याधिक मदिरा सेवन गर्ने गरेको अन्तिममा आएर डिप्रेशनमा समेत परेका थिए । उनकी श्रीमतिले नै जाहेरी दिएर सुधारका लागि प्रहरीलाई निवेदन दिएको बुझिएको छ । 

गणेश बहादुर मौनी
जेठ २२ डोटी
बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा रहेको केदारेश्वर आविको तिन कोठे भवन बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

गाउँपालिकाको दश लाख लागतमा निमार्ण गरिएको उक्त भवन गाउँपालिकाकी उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, स्थानीयवासी, सरोकारवालहरूको सहभागितामा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले विद्यालयको आवश्यकतालाई महसुस गरी भवन निमार्णमा सहयोग गरिएको बताए ।

उनले भने विद्यालयको भौतिक अवस्थाका साथसाथै शैक्षिक अवस्था सुधार गर्न आवश्यक रहेको समेत बताए । पालिकाले जुनसुकै विद्यालयको भए पनि वास्तविक समस्या र आवश्यकतालाई सम्बोधन हुने गरी सहयोग गरिने समेत बताए ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अहिलेको समय परिवेश अनुसार शैक्षिक गुणस्तरमा सुधार हुन पनि आवश्यक रहेको बताइन् । उनले भनिन शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको जिम्मेवारी पनि महत्त्वपूर्ण रहेकोले सबैले जिम्मेवार हुनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेकोले विद्यालय प्रति अभिभावक पूर्ण जिम्मेवारी रहेको समेत बताए । भौतिक संरचनाका साथसाथै शैक्षिक गुणस्तर सुधारमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको कर्तव्यनिष्ठता अभिभावकको जिम्मेवारी र विद्यार्थीको अनुशासन अति आवश्यक रहेको बडीकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक देउवाले बताए ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै भवन निमार्ण गर्दा विद्यालयलाई, आम समुदायलाई फाइदा भएको केदारेश्वर आविका प्र अ मान बहादुर मौनीले बताए । आगामी दिनमा विद्यालयको आवश्यकतालाई मध्यनजर गरी सहयोग गरिदिन समेत पालिकालाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर मौनी भवन निमार्णको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा सहभागिताको लागि धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, स्थानीय, नागरिक समाज लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालक शिक्षक राम बहादुर मौनीले रहेका थिए ।

जेठ २०, डोटी । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) मा डोटीका नौ स्थानीय तहलाई तीन अर्ब ५३ करोड १२ लाख रुपैयाँ अनुदान दिने भएको छ । जेठ १५ गते सङ्घीय संसद्मा पेस भएको बजेट विवरण अनुसार सङ्घीय सरकारले स्थानीय तहहरूलाई समानीकरण अनुदान, विशेष अनुदान, सशर्त अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदानमा उक्त रकम दिने भएको हो । समानीकरण अनुदानलाई न्यूनतम, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित गरी तीन भागमा विभाजन गरिएको छ ।

जिल्लाका नौ स्थानीय तहहरूले पाउने अनुदानमा चालुतर्फ दुई अर्ब ९१ करोड ३२ लाख अर्थात् ८२.४९ प्रतिशत र  पुँजीगततर्फ ६१ करोड ८० लाख (१७.५१ प्रतिशत) रहेको छ ।

जिल्लाका दुई नगर–पालिकाहरूले चालु तर्फ ८४ करोड ६५ लाख र पुँजीगततर्फ ३५ करोड ९६ लाख गरी जम्मा एक अर्ब २० करोड ६१ लाख अनुदान पाउने छन् । जसमा दिपायल सिलगढी नगरपालिकाले चालुतर्फ ३९ करोड ४० लाख र पुँजीगततर्फ २८ करोड १९ लाख गरी जम्मा ६८ करोड १९ लाख पाउने भएको छ । यस्तै, शिखर नगरपालिकाले चालुतर्फ ४५ करोड २५ लाख र पुँजीगततर्फ ७ करोड १७ लाख गरी जम्मा ५२ करोड ४२ लाख पाउने भएको छ । यस्तै, सात गाउँपालिकाले चालुतर्फ दुई अर्ब ६ करोड ६७ लाख र पुँजीगततर्फ २५ करोड ८४ लाख गरी जम्मा दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ पाउने भएका छन् ।

आदर्श गाउँपालिकाले चालुतर्फ २८ करोड ९७ लाख रुपैयाँ र पुँजीगत नौ करोड १८ लाख गरी जम्मा ३८ करोड १५ लाख पाउनेछ । यस्तै, के आई सिंह चालुतर्फ २७ करोड ६५ लाख र पुँजीगततर्फ तीन करोड ३५ लाख रुपैयाँ अनुदान पाउनेछ ।

जोरायल गाउँपालिकाले चालुतर्फ ३८ करोड १५ लाख र पुँजीगततर्फ दुई करोड ७८ लाख गरी जम्मा ४० करोड ९३ लाख रुपैयाँ पाउनेछ । पूर्वीचौकी गाउँपालिकाले ३५ करोड ७० लाख रुपैयाँ अनुदान पाउनेछ । जसमा चालुतर्फ ३० करोड ७९ लाख र पुँजीगततर्फ चार करोड ९१ लाख रहेको छ ।

आगामी आर्थिक वर्षमा बडीकेदार गाउँपालिकाले चालुतर्फ २८ करोड दुई लाख र पुँजीगततर्फ एक करोड तीन लाख गरी २९ करोड पाँच लाख अनुदान पाउने भएको छ । बोगटान फुड्सिल गाउँपालिकाले चालु २९ करोड १४ लाख र पुँजीगततर्फ २ करोड ३४ लाख गरी जम्मा ३१ करोड ४८ लाख रुपैयाँ दिने अनुदान पाउने भएको छ ।

यस्तै, सायल गाउँपालिकाले चालुतर्फ २३ करोड ९५ लाख र पुँजीगततर्फ दुई करोड १५ लाख गरी जम्मा २६ करोड १० लाख रुपैयाँ अनुदान पाउने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

अछाम: अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका छन्। रामारोशन गाउँपालिका–७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए।

बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्।

तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकहरूलाई आग्रह गरेको छ।

पुरुषाेत्तम अवस्थी,,,डाेटी

डाेटीकाे पुर्विचाैकि गाउपालिका दुई वडामा वडामा पूर्ण खोप सुनिश्चितताकाे लागि अनुगमन गरिएकाे छ ।

आईतवार पालिकाकाे वडा नं. २ बगलेकमा र साेमवार वडा नं.६ गाँजरिमा अनुगमन गरिएको हाे ।

‎शिशू जन्मेको ६ हप्ता देखि १५ महिना सम्मका बालबालिकाले पाउनु पर्ने खाेपहरु पूर्णरुपमा लगाएको नलगाएकाे सुनिश्चितताका लागि अनुगमन गरिएकाे बताईएकाे छ।

‎पालिकाका जनप्रतिनिधि स्वस्थ्यकर्मि र पत्रकार सहितले संयुक्तरुपमा अनुगमन गरेका हुन ।

डाेटी १९…
डाेटीकाे बाेगटान फुड्सिल गाउपालिमा किशाेरिहरुका लागि उद्घाेषण तथा आधारभुत पत्रकारिता तालिम संचालन संचालन भएकाे छ ।

नेपाल पत्रकार महासंघ डाेटी शाखाकाे आयाेजना बाेगटान फुडसिल गाउपालिकाकाे सहयाेगमा महिला संग उपाध्यक्ष कार्यक्रम अन्तरगत तालिम संचालन भएकाे हाे ।

पालिका भित्रका मध्यामिक बिद्यालयमा अध्यनरत २४ जना किशाेरिहरुकाे सहभागीता रहेकाे छ ।

साेमबार नेपाल पत्रकारमहासंघ डाेटी शाखा सचिव बिक्रम खड्काकाे सभापतित्व,बाेगटान फुड्सिल गाउपालिका उपाध्यक्ष बिष्ना देउवा वमकाे प्रमुख आतिथ्यता, पालिका नि.प्रमुख प्रशासकीय अधिकृत हेम बहादुर बाेगटीकाे बिशिस्ट आतिथ्यता, वडा नं.२ वडा अध्यक्ष भरत बम,वडा नं.७ का वडा अध्यक्ष चन्र्दमान सुनार र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चेतराज बिनाडिकाे आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

तालिम २०८२ जेठ १९ देखि २१ गते सम्म संचालन हुने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।