२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डाेटीकाे बाेगटान फुडिसल गाउँपालिका वडा नं.२ केदारअखडामा किपला सामुदायिक स्वास्थ्य ईकाई भवनकाे उद्घाटन गरिएकाे छ ।

आईतबार भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पहलमान देउवाकाे अध्यक्षता, पालिका उपाध्यक्ष बिष्ना देउवा बमकाे प्रमुख आतिथ्यता र वडा नं.२ का अध्यक्ष भरत बमकाे बिशिस्ट आतिथ्यतामा एक कार्यक्रमका बिच भवनकाे उद्घाटन भएकाे हाे ।

स्थानिय मेघराज जाेशिले निशुल्क रुपमा जाग्गा दान दिए पछि करिव सात लाख बीस हजार जतिकाे लागतमा २ काेठे भवन निर्माण भएकाे छ ।

कार्यक्रममा जग्गा दाता जाेशिलाई दाेसल्ला ओढाएर सम्मान समेत गरिएकाे थियाे ।

धेरै बर्ष देखि स्वास्थ्य सेवाकाे सहज पहुच बाट बन्चित बनेका जनता अब सहज स्वास्थ्य सेवा प्राप्तगर्ने स्थानियले बिश्वास लिएका छन ।

जेठ १८,
डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ ।

दिपायल-बोगटान सडक खण्डमा बोगटानबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को बोलेरो जीप के.आई.सिंह गाउँपालिका वडा नं. ५ को केदार गाउँ नजिकै दुर्घटना भएको हो ।

दुर्घटना स्थल के.आई.सिंह गाउँपालिकाको ५ नम्बर वडा कार्यालय नजिकै रहेको प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश कमिटी पुर्व सदस्य तथा स्थानीय बासिन्दा गणेश जोशीले जानकारी दिए ।
बिहान ९ बजेर ३५ मिनेटमा दुर्घटनामा परेको जीप मोडमा अनियन्त्रित भई सडकबाट करि १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा बस्ने वर्ष ४२ को मिन बहादुर बमको मृत्यु भएको हो । उनलाई उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पुर्याइएको तर  ११ बजेर १० मिनेटमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्यस्तै बोगटान फुड्सिल गाउँपालिका ६ गगुडाकै अन्दाजी ५० वर्षकी चनादेवी चन्द पनि गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा र कम्मरमा चोट रहेकोे जनाइएको छ ।

त्यस्तै जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका १८ फुलबारी बस्ने अन्दाजी वर्ष २४ को हरिचन्द्र चौधरी, बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा बस्ने बर्ष ४० की महेश्वरा देवी चन्द र वर्ष ४२ केर बिर्मादेवी चन्द, सोही गाउँपालिका वडा नम्बर २ चाल्सा बस्ने वर्ष १९ को धन बहादुर बम, के.आई.सिंह गाउँपालिका ४ वायल बस्ने बर्ष ४७ को नरेश प्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा ३ सकायल बस्ने बर्ष २३ की राधिका देउवा र राधिकाकी बर्ष २ कि छोरी रियान्सा देउवा घाइते भएका छन् ।
घाइतेहरुलाई प्रहरी नायब निरिक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले उद्दार गरी उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल पठाएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमान्डमा ७ जनाको टोली परिचालन गरिएको छ ।

डोटी : भोलि (सोमवार)देखि सुदूरपश्चिमसहित देशभर अनिश्चितकालिन यातायात बन्द हुने भएको छ ।

भोलिदेखि कालो नम्बर प्लेट भएका सम्पुर्ण सवारी साधन अनिश्चितकालका लागि बन्द हुने नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले देशभर सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन्।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका थिए। सरकारी तथा निजी यातायात भने सञ्चालन हुन दिने समितीले जनाएको छ। यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ।

जेठ १७, डोटी । क्रिकेटर लोकेश बम गृह पालिकामा नगद सहित सम्मानित भएका छन् । शुक्रवार डोटीको बोगटान फुड्सिल गाउँपालिकाले क्रिकेट खेलाडी बमलाई सम्मान गरेको हो ।

समृद्ध बोगटान अभियानअन्तर्गत गाउँपालिकाले आयोजना गरेको “मातृभूमि महोत्सव” कार्यक्रममा बमलाई नगद एक लाख ११ हजार ११ रुपैयाँ सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिए । क्रिकेटमार्फत बोगटान फुड्सिल गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बमले महत्त्वपूर्ण भूमिका खेलेकाले प्रोत्साहन स्वरूप नगद सहित सम्मान गरिएको अध्यक्ष गड्सिलाले बताए । सम्मान ग्रहण गर्दै क्रिकेटर बमले पालिकाको मायाले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ जन्म घर भएका बमले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेशले नेपालको यु–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन् ।

दार्चुलामा ढुङ्गा खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो।

बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले बताए।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको बताइएको छ।

यसैबिच गए राति भएको अविरल वर्षाका कारण खलङ्गा दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा खलङ्गाबाट नौगाड गाउँपालिकाका विभिन्न स्थानमा जाने सवारीका साधनहरू चल्न सकेका छैनन्। अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

जेठ १४, डोटी ।
डोटीमा छतबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेकोे जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

खड्का मंगलबार राती करिब डेढ बजेको समयमा जोरायल गाउँपालिका १ गैरामा भुपेन्द्र घर्ती मगरले संचालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तीन तला माथिको छतबाट खसेका थिए । उनको शरिरको भित्री भागमा चोट लागी बेहोस भएको अवस्थामा प्रहरी सहायक निरीक्षक पदम सिंह बडालको कमाण्डमा ३ खटिएको जनाको टोलीले घाईतेलाई उपचारको लागी डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको थियो । तर बिहान ५ बजेर २० मिनेटमा डडेल्धुरा अस्पतालले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो ।

श्रोतका अनुसार उनलेे हिजो मंगलबार दिउँसो देखि मदिरा सेवन गरेको बुझिएको छ भने घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

डोटी , नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन डोटी शाखाले मंगलबार सुजङ अस्पताल र सेती माहाकाली अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण तथा पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्दै साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ। कार्यक्रम अन्तर्गत ३० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीमा पत्रकारहरुको निशुल्क स्वास्थ परिक्षण गरेको छ।

‎‘भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नारासहित सुरु गरिएको अभियानमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र बहादुर सिंह ,प्रेस युनियनका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

‎प्रेस युनियन डोटी शाखा अध्यक्ष चक्र कुँवरले स्थापना दिवसको अवसरमा आज साँझ नेपाल प्रेस युनियनको भवन परिसरमा दिप प्रज्वलन, कार्यक्रम रहेको बताउनुभएको छ। यस्तै डोटी शाखाले १५ गते लोकतन्त्रमा प्रेसको भुमिका विषयक विचार गोष्ठी लगायतका कार्यक्रम समावेश गरी स्थापना दिवस बनाउन लागेको अध्यक्ष कुँवरले जानकारी दिनुभएको छ।

‎स्थापना दिवसको अवसरमा देशभर प्रेस युनियनले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले विभिन्न जनकल्याणकारी गतिविधि सञ्चालन गरिरहेको छ।

डोटी : बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले फिल्ड गइरहेको  बा ५ च २२०९ नम्बरको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ।

डोटी– बोगटान फूडसिल गाउँपालिकाकी उपाध्यक्ष विष्णा देवी वमले डोटीको दुर्गम क्षेत्र केदारअखडा पुगेर ९ जनालाई गाउँमै अपाङ्गता परिचयपत्र हस्तान्तरण गरेकी छन्।

जिल्लाको सबैभन्दा दुर्गम वडामध्ये एक बोगटान फूडसिल गाउँपालिका–२, केदारअखडामा उपाध्यक्ष वमले शारीरिक रूपमा असक्त, आर्थिक रूपमा कमजोर तथा भौगोलिक रूपमा पहुँचविहीन रहेका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरेकी हुन्।

सोमबार २४ बर्षिया पवित्रा भूलमा खुसीको सीमा थिएन । गाउँपालिका उपाध्यक्ष विष्नादेवी वमले रातो रंग (क वर्ग) को अपाङ्ग परिचयपत्र गाउँमै गएर थमाएपछि हर्षविभोर भइन ।

अववाट उनी बोगटान फूडसिल गाउँपालिकाबाट सामाजिक सुरक्षा भक्तावापत मासिक तीन हजार नौ सय ९० रुपैयाँ पाउने भएकी छन ।

सोमबार उपाध्यक्ष वमको नेतृत्वमा गएको टोलीले ६ जनालाई ‘ख’ वर्गको र एक जनालाई ‘ग’ वर्ग को तथा एक जनालाई ‘घ’ वर्ग को अपाङ्गता परिचयपत्र वितरण गरेको थियो।

“धेरैजसो शारीरिक रूपमा असक्त व्यक्तिहरू पालिकामा आउन नसकेर परिचयपत्रबाट वञ्चित छन् भन्ने जानकारीपछि हामी चिकित्सकसहित गाउँ–गाउँ पुगेर परिचयपत्र वितरण गरिरहेका छौं,” उपाध्यक्ष वमले भनिन्, “अहिलेसम्म धेरै जनालाई यसै अभियानअन्तर्गत परिचयपत्र वितरण भइसकेको छ। सोमबार केदारअखडामा ९ जनालाइ वितरण गर्यौ ।”

‘ख’ वर्गको अपाङ्गता परिचयपत्र निरज साउँद, गोमादेवी विष्ट, मिनबहादुर साउँद, निर्मला कुमारी बोहरा,  देवबहादुर बोहरा, लोकबहादुर बोहरा , ‘ग वर्गको एकेन्द्र बोहरा तथा ‘घ वर्गको लोकबहादुर बोहरालाइ परिचयपत्र वितरण गरिएको थियो ।

‘ख’ वर्गका परिचयपत्र प्राप्त गर्ने व्यक्तिहरूलाई मासिक रु दुइ हजार एक सय २८ रुपैयाँ सामाजिक सुरक्षा भत्तावापत प्रदान गरिन्छ ।

उपाध्यक्ष वमको नेतृत्वमा चमरा चौतारा स्वास्थ्य चौकीका प्रमुख संञ्जीत यादव, केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रकी इन्चार्ज सारा भण्डारी, अहेव गौतम भट्ट लगायतको टोली खटिएको थियो।

पछिल्लो समय उपाध्यक्ष वमले पालिकाका सबै वडामा अभियान सञ्चालन गरी अपाङ्गता परिचयपत्र वितरणमा सक्रियता देखाइरहेकी छन्।

बोगटान फूडसिल गाउँपालिका–२ का वडाध्यक्ष भरत वमले दुर्गम गाउँमै पुगेर परिचयपत्र वितरण गरी अपाङ्गता भएका व्यक्तिहरूलाई “नजिकको सरकार”को अनुभूति दिलाएको भन्दै उपाध्यक्षसहितको टोलीलाई धन्यवाद व्यक्त गरे।

उनले लामो समयदेखि परिचयपत्र वितरणको पहल गर्दै आएको र अहिले आएर त्यो प्रयास सफल भएकोमा खुसी व्यक्त गरे।

जेठ १०: डोटी

डोटी: डोटीमा एक घरमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षति भएको छ ।

जिल्लाको शिखर नगरपालिका वडा नं ६ कोट गाउँ स्थित गणेश बहादुर बलायरको घरमाआगलागी भएको हो । शनिबार घरमा बिजुलीको तार सर्ट भएर ढुंगा माटोले बनेकोस्लेटले छाएको  २ तले घरको माथिल्लो तलामा रहेको एक कोठामा आगलागी भएको थियोे ।

आगलागी हुँदा कोठामा रहेका लत्ताकपडा,खाद्यान्न,भाँडावर्तन,काठको फर्निचरहरू र LED T.V जलेर पुर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्र. ह टीका महराको कमाण्डमा ४ जनाको टोली र स्थानीयहरूको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा आइसकेको र मानवीय, चौपायाहरूको क्षति भने नभएको बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।