
डोटी -बैतडी जिल्लाको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर गएराति १ बजेर ४८ मिनेटको समयमा ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार त्यसलगत्तै २ बजे ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो।
लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्प दार्चुला, बझाङ, डडेल्धुरामा महशुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। अहिले सम्म भूकम्पबाट क्षति भएको विवरण प्राप्त भएको छैन
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।
बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्।
उनले यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइन्। उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराइन्। यसैगरी उनले यो वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिइन्।
पोखरेलले भनिन्, ‘मनसुनको वर्षा र तापक्रम यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यसैगरी यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ।’
विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्।
उनले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद् मनसुनको अवधिमा हुने बताइन्। उनले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटना बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने बताइन्।
डाेटीकाे शिखर नगरपालिका वडा नं.१० मा रहेकाे आदर्श आधारभुत विद्यालयकाे छाना उडाएकाे छ ।
साेमबार (२०८२ जेठ,५ गते) साँझ आएकाे अविरल हावाहुरीले छाना उडाउदा क्षति भएकाे विद्यालयका प्रधानाध्यापक पदमा भण्डारी बलायरले बताउनु भयाे ।

वि.स.२०६२ सालमा स्थापना भएकाे विद्यालय कक्षा १- ३ सम्म संचालमा रहेकाे छ । ५७ जना विद्यार्थी रहेकाे बिद्यालयमा बालविकास कक्षा संचालन रहेकाे कक्षाकाेठाकाे छाना उडाउदा विद्यार्थीलाई पठनपाठनमा समस्याहुने बताईएकाे छ ।

डोटीको पुर्वीचौकी वडा नम्बर ४ सानागाउँमा रूख ढलेर तुलसि बिक घाइते भएकी छन् ।
आज वर्षा सँगै आएको हावाहुरीका कारण रूख ढल्दा शंकर बिकको श्रीमती वर्ष ३२ कि तुलसी देवी बिक घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ ।
बिक खेतबाट घर फर्किने क्रममा खिराको रूख ढलेर उनको पिठ्युँ,ढाड र छातीमा चोट लागेको छ ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र उपचार भइरहेको समेत जि.प्र. का डोटीले बताएको छ ।
डोटीमा चट्याङ लागेर एकजना मृत्यु भएको छ भने अ.न.मि घाईते भएकी छन ।
पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम सिंह साउदकाे श्रीमती वर्ष ४० कि देउमती साउदको मृत्यु भएको हाे ।
घाईते पछि उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र चेकजाँच गर्ने क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ परेको थियोे ।
सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् ।
उनको दाँया पाखुरामा चोट लागेको स्वास्थ्य अवस्था उनको मध्यम रहेको वताएको छ । घाइते विष्टको जिल्ला अस्पतालमा उपचार भइरहे जनईएकाे छ ।
जेठ ५ डोटी
डोटी: डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छन् ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद चट्याङ लागेर घाइते भएकी थिन । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएको र चेकजाँच मृत्यु भइसकेको जिल्ला अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ परेको थियोे । उनको पेट र अनुहारमा चोट लागेको थियोे स्वास्थ्य अवस्था भने गम्भीर रहेको थियोे । सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको स्वास्थ्य अवस्था उनको मध्यम रहेको वताएको छ । विष्टको उपचार भइरहे छ ।
डोटी: डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते भएकी छन् ।जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी हुन । सोही वडामा बस्ने प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ प्रदा घाइते भएकी थिइन ।
उनलाई पेट र अनुहारमा चोट लागेको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि को पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको अवस्था भने मध्यम रहेको वताएको छ । उपचारका लागि दुबै जनालाई जिल्ला अस्पताल डोटीमा ल्याउँदै गरेको जि.प्र.का डोटीले जानकारी दिएको छ ।
डोटी: डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते भएकी छन् ।जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी हुन । सोही वडामा बस्ने प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ प्रदा घाइते भएकी थिइन ।
उनलाई पेट र अनुहारमा चोट लागेको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । सोही क्रममा सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा अ. न. मि पदमा कार्यरत वर्ष ३६ कि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको अवस्था भने मध्यम रहेको वताएको छ । उपचारका लागि दुबै जनालाई जिल्ला अस्पताल डोटीमा ल्याउँदै गरेको जि.प्र.का डोटीले जानकारी दिएको छ ।
सुखड : कैलालीमा हावाहुरीले ढलेको रूखले लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ।
शुक्रवार बिहानको हावाहुरीले ढलेको रूखले चोट लागेका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। बिहान चलेको हावाहुरीका कारण सालको रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।
भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो। भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।
डोटी,,,,गणेश भण्डारी
एउटा गाउँको मौनता
धारिलो बतास, कराउँदा खोल्सा, हरिया डाँडा पाखा र मानवीय मूल्य सहितको जनजीवन साक्षी रहेको एउटा गाउँ थियो — डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.६मा अवस्थित बस्ती दानकोट । बिहानै महिला दिदीबहिनी आमाहरूले परम्परागत जाँतोमा (जितारो) कोदो, गहुँ र अन्य दलहन पिसेको अनि ओखलमा (धान कुट्ने परम्परागत प्रविधि)को ’छ्यौ–छ्यौ’ गर्दै धानलाई चामल पारेको देखिन्थ्यो। दिनभरिको लेक बेसी गर्दैको मिलेको समाज देखिन्थ्यो साँझ जाँदा गोठबाट फर्केका गाई गोरूको घण्टीले गाउँ गुञ्जायमान हुन्थ्यो। आज त्यो गाउँ छ, तर त्यही जीवन छैन । घर छन्, मानिस छैनन्। बारी छन्, जोत्ने कोही छैन। विद्यालय छन्, विद्यार्थी छैनन्। गाउँ छ समाज छैन । केवल वृद्ध आमाबाबु, केही बालबालिका र मौनतामा डुबेका घरहरू छन्। युवा जनशक्ति र विद्यार्थीहरू सबै सहर बजारमा, तराई वा भारत, कतार र मलेसिया अथवा तेस्रो मुलुक पुगेका छन्। यो कथा एउटा गाउँको मात्र होइन, सिङ्गो सुदूरपश्चिम र देशका पहाडी भेगको कथा हो, जसले आज आफ्ना छोराछोरी, आमाबुबा, परिवार र जनजीवनलाई मात्र होइन सिङ्गो भविष्यलाई पनि गुमाइरहेको छ।
पलायनको लहर ः किन बढ्दै छ गाउँ छाड्ने प्रवृत्ति?
जीविकोपार्जनको चुनौती ः सुदूरपश्चिमको पहाडमा जीवन र प्रकृतिको सम्बन्ध पुरातन छ। खेतमा पसिना बगाएर पेट पाल्ने संस्कार अझै जीवित छ। तर यो परम्परा अब युवा पुस्तालाई मन पर्दैन। बर्सेनि वर्षाले भत्काउने बाटो, बाढीले बगाउने बाली, रोगले सताउने पशु। यस्तो कठिन जीवनशैलीले थकित भएका युवाहरूलाई गाउँ बस्न बाध्य तुल्याउन सक्दैन।
विकासको सीमित पहुँच ः शिक्षा स्वास्थ्य जस्ता प्रमुख कुरामा कतिपय ठाउँमा स्वास्थ्य चौकी नाम मात्रको छ — स्वास्थ्यकर्मी छैनन्, समयमा औषधोपचार छैन। विद्यालय छन्, तर गुणस्तरीय शिक्षाको अभाव छ। यसले शिक्षा र स्वास्थ्यको खोजीमा मानिसलाई पलायन गराइरहेको छ।
आधुनिकताले उब्जाएको रहर ः आजको पुस्ता ’फेसबुक’, ’टिकटक’ र युट्युबको संसारमा रमाइरहेको छ। उनीहरू ’सहरको जीवन’ र ’विदेशको सपना’सँग मोहित छन्। गाउँको लयबद्ध जीवन अब उनीहरूलाई बासी लाग्न थालेको छ।
सरकारी नीति र कार्यान्वयनको कमजोरी ः स्थानीय तहले योजना बनाउँछन्, तर कार्यान्वयन र अनुगमनमा कमजोरी छ। युवालाई गाउँमै काम दिन सक्ने दीर्घकालीन योजनाको अभावले पनि पलायनलाई बढवा दिइरहेको छ।
पलायनका दीर्घकालीन प्रभावहरू
सामाजिक संरचनाको विघटन ः गाउँमा आज हरेक घरमा छुट्टिएका परिवार छन्। श्रीमान् विदेशमा, श्रीमती तराईमा, बच्चाहरू बोर्डिङ स्कुलमा। यस्तो टुक्रा टुक्रा परिवारले सामाजिक सम्बन्धको मिठास हराउँदै गएको छ।
सांस्कृतिक सम्पदामा सङ्कट ः पहाडको लोक संगीत, नृत्य, परम्परागत पूजाआजा, जात्रा र मौलिक भेष भूषा अब लोपोन्मुख छन्। नयाँ पुस्ताले ती परम्परालाई आत्मसात् गर्ने वातावरण नै छैन।
कृषिमा गिरावट ः पलायनका कारण बारी बाँझा छन्। उब्जनी घटेको छ। मानिसको जीवनशैली आयातमा निर्भर हुँदै गएको छ। विदेशबाट आउने रेमिट्यान्सले खाद्यान्न किन्ने तर बाली फलाउने परम्परा हराउँदै छ।
मानसिक स्वास्थ्यमा असर ः विदेश पलायनले आर्थिक सुधार ल्याउन सक्छ, तर पारिवारिक दूरी, सामाजिक एक्लोपन र मानसिक तनाव पनि थपेको छ। आत्महत्याका घटनाहरू, सम्बन्ध विच्छेद र बालबालिकाको आचरणमा देखिएको असन्तुलन यहीका उपज हुन्।
समाधानका बहुपक्षीय उपायहरू
ग्रामिण उद्यम र सीप विकास ः स्थानीय स्रोतको उपयोग गरेर जस्तै जडीबुटी उत्पादन, अङ्गीकृत कृषि, पशुपालन, साना उद्योग स्थापना गरिनुपर्छ। युवाहरूलाई गाउँमै सीपमूलक तालिम दिइनु आवश्यक छ।
प्रविधिमा पहुँच ः डिजिटल नेपालको नाराले गाउँमा पनि इन्टरनेट, मोबाइल बैङ्किङ, अनलाइन शिक्षा र व्यापारको पहुँच पु¥याउनुपर्छ। ग्रामीण ई–कमर्सलाई प्रोत्साहन गर्न सकिन्छ।
पर्यटनको सम्भाव्यता उपयोग ः सुदूरपश्चिमका पहाडहरू धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले अतुलनीय छन्। यस्ता ठाउँमा होमस्टे, पदमार्ग, जैविक खेतीको माध्यमबाट ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ।
युवा लक्षित कार्यक्रम र प्रोत्साहन ः युवाहरूलाई गाउँमै उद्यम गर्न प्रेरित गर्न अनुदान, सहुलियत ऋण, बिमा, बजारको सुनिश्चितता जस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ।
स्थानीय सरकारको सक्रियता ः स्थानीय सरकार र समुदाय बिच समन्वय र सहभागितामा आधारित योजना निर्माण तथा कार्यान्वयन हुनुपर्छ। बजेट, नीति र योजना समुदायको आवश्यकताको आधारमा बनाइनु जरुरी छ।
निष्कर्ष ः ‘गाउँ फर्कौँ’ अभियानको आवश्यकता
आज सुदूरपश्चिमका पहाडी गाउँहरू आफ्ना बासिन्दालाई बोलाइरहेका छन् — “फर्क न, मेरो काखमा!”
गाउँको मातृभूमिले आशा गरेको छ कि एक दिन ती छोराछोरी फर्केर आफ्ना बारी जोत्न चाहन्छन्, घरमा आमा–बाबुसँग बाँकी जीवन बिताउन चाहन्छन्।
पलायनलाई रोक्ने उपाय केवल नीतिगत मात्र होइन, भावनात्मक पुनर्संरचना पनि हो। युवाहरूमा गाउँप्रतिको आत्मीयता जागृत गर्नु जरुरी छ।





