२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डाेटी बैशाख,, १३,,,
डोटीको बाेगटान फुडसिल गाँउपालिकाकाे वडाहरूमा वडास्तरिय मेलमिलाप सम्बन्धी कानुनी जनचेतना मुलुक कार्यक्रम तथा प्रचारप्रसार र वडाहरूमा हाेडिङ बोर्ड वितरण कार्यक्रम सञ्चालन भएको छ ।


बाेगटान फुडसिल गाउँपालिका न्यायिक समितिको आयोजनामा गत विहिवार (२०८वैशाख ११ गते)देखि पालिकाका सात वटै वडामा कार्यक्रम सञ्चालन गरी आइतबार  (२०८२वैशाख १४गते)सम्पन्न भएको हो ।

न्यायिक समितिको अवधारणा,न्यायिक समितिले दिने सेवा,मेलमिलाप केन्द्र हरुकाे जानकारी ,  नागरिकको अधिकारको बारे नागरिक हरु जानकार हाेउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बाेगटान फुडसिल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिष्ना देवी बमले बताउनु भयो ।

न्यायिक समिति संयोजक बमले संविधानले दिएको अधिकार र कर्तव्यको जानकारी नभएका ग्रामीण बस्तीका नागरिकलाई सुसूचित गर्नु आफ्नो कर्तव्य भएको भन्दै एउटै गाउटाेल ,समाजमा बस्ने नागरिकहरूको सद्भाव आत्मियता,नभड्किने गरी न्यायिक समितिले निर्णय गर्ने अधिकार भएको हुनाले  दुवै पक्षको जित जित हुनेरि निर्णय हुने थलोको जानकारी सबैलाई हुन जरुरी रहेको उल्लेख गर्नु भयो ।

यस कार्यक्रमले समाजमा पिडित महसुस गरिरहेका नागरिकले सेवा पाउने अपेक्षा समेत गरिएको छ ।

काठमाण्डौ – आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका काम सम्झने गर्छन् ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवम् प्यारा हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा आगलागि भएको छ ।
आज बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर कराेडैकाे क्षति भएकाे छ ।

विहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह फैलिँदा ठूलो क्षति भएको हो।

विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्।
आगलागी पश्चात् स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिएको छ ।

हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

बाजुरा ः बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृको कार्य गरिरहेका थिए । वर्ष ३२ की अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर बुढीगंगा नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।

नदीमा गएर पुतली ल्याउछु भनेर देवता आएपछि अञ्जलीले हाम फालेको बुझिएको छ । वर्ष २७ को दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् ।

मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालमा मृत घोषणा गरेको थियो । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुई जना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।

डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ।

जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन्। उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो।

अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिए। यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उनले बताए।

गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताए। अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उनले बताए।

गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताइन्।

यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उनको भनाइ छ। गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताइन्।

डोटीको पुर्विचौकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशी हाजिर भएका छन् । 

केही दिन देखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको पालिकाको कार्यालय प्रमुखमा अधिकृत  जोशी बुधवार दिउँसो हाजिर भएका हुन् । 

पालिका अध्यक्ष रामप्रसाद उपाध्याय  तथा उपाध्यक्ष  पशुपति खड्कासहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले प्रशासकीय प्रमुख जोशीलाई कार्यालयमा स्वगत समेत गरेका छन् । 

कार्यालयमा स्वागत गर्दै पालिका अध्यक्ष उपाध्यायले प्रमुख प्रशासकीय अधिकृत ज्युको आफ्नो कार्यदक्षता, र क्षमताको आधारमा पालिकाको समग्र विकासमा अहम् भूमिका रहनेमा विश्वस्त रहेको बताएका छन् ।   

पालिकामा नीतिगत तवरबाट हुने काममा थिचोमिचो कुनै पनि जन प्रतिनिधि बाट नहुने भन्दै स्वतःस्फूर्त तवरबाट कार्य गर्ने वातावरण आफ्नो कार्यकालमा हुने कुरामा विश्वस्त हुन समेत आग्रह गरे ।

कार्यालयमा हाजिर भएपछि प्रशासकीय अधिकृत जोशीले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् ।

नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन आफू तत्पर रहेको कार्यालय प्रमुख जोशीले बताएका छन् ।

(डोटी),१० बैशाख – डोटीमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज विहान भएको दुर्घटनामा परी  ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय डोटीले जनाएको छ।

जिल्लको जोरायल गाउँपालिका वडा नम्बर –१ गोल्डेनमा धनगढीबाट बझाङ तर्फ   जादै गरेको  अन्दाजि ३२÷३३  बर्षको अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालक अर्जुन धामीसहित तिन जानाको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।

अन्य दुुईजनाको नामथर र वतन खुुल्न बाकीरहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।

काठमाडौं:शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

 बडीकेदार बैशाख ५ गते, डोटीमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैन बस्ने तपन सार्किको छोरा अन्दाजि वर्ष २४ को नरेश सार्किको  मृत्यु भएको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले बताउनु भयो ।
बिहिबार दिउसो बडीकेदार गाउँपालिका १ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका १ रजेडका बर्ष ४८का कमल सिँह  खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्किको दायाँ छातिमा गोली लागी घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

घटनामा संलग्न गरेका  बडीकेदार गाउँपालिका १ रजेडाका बर्ष ४८ का कमल सिँह खड्का, सोही स्थानका बर्ष २६ का  खेम खड्का , बर्ष ५२  का  तारा सिँह खड्का बडीकेदार गायँपालिका २ बर्छैन बस्ने बर्ष ३९ का तेजेन्द्र भाट सोही स्थानका बर्ष ४० का अम्मर शाह, बर्ष ३१  का चक्र भाट , बर्ष १८ का सुनील बम , बर्ष ३७ का गणेश घर्तिमगर , बर्ष ७१  का मान बहादुर शाह र  बडीकेदार २ गर्भुजा बस्ने बर्ष २६  का जुलेश नामजाली मगर लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।