
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतको सरुवा गरे संगै डाेटीकाे पुर्विचाैकि गाउपालिकामा देवि प्रसाद जाेशि आउने भएका छन ।
यश अघि कैलालीकाे जिल्ला समन्वय समितिकाे कार्यालयमा कार्रत जाेशि पुर्विचाैकिमा कामकाजकाे लागि आउने भएका हुन ।
पालिकामा रहेका प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ सरुवा भएपछि प्रशासकीय अधिकृतकाे पद रिक्त रहेकाे थियाे ।
मन्त्रालयदे बुधबार गरेकाे निर्णय अनुसार नेपाल प्रशासन, शिक्षा, इन्जिनियरिङ र विविध सेवाका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरू सरुवा भएका हुन् ।
सूचि
बैशाख ३, डोटी ।
सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।
यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभरका जिल्लाहरुमा सञ्चालन हुँदै आएको छ ।
डाेटीमा चट्याङमा परि १ जनाकाे मृत्युु हुनुका साथै ७ जना घाईते भएका छन् ।
जिल्लाकाे सायल गाउपालिका वडा नं.६ दल्लेखमा हिजाे (बुधबार )राति परेकाे चट्याङ लागेर घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।
मृत्युु हुनेमा साेहि स्थानका लहरी नागरीकि श्रीमती कमला नागरीको रहेकाे बताएको छ ।
त्यस्तै तपसिलका घाईते भएकाे र उपचारका लागि जिल्ला अस्पताल डाेटी ल्याईरहेकाे प्रहरीले बताएकाे छ ।
निम्न घाईतेः-
१.जि. डोटी सायल गा.पा. वडा नं. ६ दल्लेख बस्ने लहरी नागरीको छोरी बर्ष १० कि तारा नागरीको टाउको जलेको, अवस्था मध्यम ।
२.ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ८ को अविशेक नागरीको टाउको जलेको अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने निजकै छोरा बर्ष ६ को अबि नागरीको टाउकोमा चोट अवस्था सामान्य ।
४. ऐ.ऐ. बस्ने निजकै छोरा महिना ३ को शंकर नागरीको टाउकोमा चोट अवस्था सामान्य ।
५. ऐ.ऐ. बस्ने नवराज नागरीको श्रीमती बर्ष ४० कि तारा नागरीको हातमा चोट अवस्था सामान्य ।
६.ऐ.ऐ. बस्ने बर्ष ८० कि काली दमाईको बाँया हातमा चोट अवस्था सामान्य ।
७.ऐ.ऐ. बस्ने भिम नागरी कि छोरी बर्ष ६ कि खुशी नागरीको कपाल जलेको, अवस्था सामान्य ।
बडीकेदार — डोटीमा पहिलो पटक लिङ्गपुराण महायज्ञ संचालन गरीने भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा –५ मा रहेको सुदुरपश्चिम प्रदेशकै एक महत्वपूर्ण प्राकृतिक तथा अलौकिक शक्तिले सु–प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धार्मिक शक्तिपीठमा मिति २०८२ बैशाख २२ गते देखि २८ गते सम्म संचालन गरीने भएको हो ।
कोरोना कालमा ठुलाकेदार धाम संग आस्तामान भएका सबै क्षेत्रमा मानबिय क्षती नहोस भनी ठुला केदार प्रती आस्थावान सम्पुर्ण स्थानियहरुको भाकल भएकाले ठुलाकेदार धाममा “लिङ्गपुराण महायज्ञ संचालन गरीन लागेको बडिकेदार क्षेत्र पर्यटन बिकाश तथा ब्यबस्थापन समिती,डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताउनुभयो ।
साथै सो लिङ्गपुराण महायज्ञमा सरिक भईदिन सम्पूर्ण श्रद्धालु भक्तजन, धार्मिक गुरु, साधु सन्त, ठुला केदारप्रति आस्थावान तथा चितपरिचित सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुमा हार्दिक आमन्त्रण गरीएको पनि कार्यकारी अधिकृत सिराडीले बताउनुभयो । यस “लिङ्गपुराण महायज्ञ“ ब्यवस्थापनको निमित्त आर्थिक सहयोग गर्न चाहानु हुने सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोग रकम पठाई पूण्य प्राप्त गर्नुका साथै सहयोग गरिदिन हुन सादर अनुरोध छ । यहाँहरुको सहयोगले मानव कल्याण का लागि गरिने महायज्ञ सफल रहने पनि कार्यकारी अधिकृत सिराडीले बताउनुभयो ।
चैत्र २७ अछाम
ग्यासको सिलिण्डर पड्किएर मंगलबार बेलुकी आगलागी भएको जयगढ़ बजारमा ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ। जयगढ़ बजारमा रहेका २७ वटा घरपसल, सामग्री गरेर ७ करोड भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो।
आगलागीमा ढुंगा, माटोका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएका छन् । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरु आगजनीमा परेर जलेको बताइएको छ। आगलागीबाट भएको धनमालको क्षतिका बारेमा थप विवरणहरु संकलन भइरहेको आछाम प्रहरीले जानकारी दिएको छ। आधा रातिसम्म आगलागी नियन्त्रणमा केन्द्रित भएको र ठूलो क्षति भएकोले विवरण संकलनको काम भइरहेको बताइएको छ ।
स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट बेलुकी करिब साढे सात बजेटबाट भएको आगलागी पाँच घष्टण पछि नियन्त्रणमा लिइएको थियो । बजारको साँघुरो सडक, नजिकमा पानीको श्रोत नहुनु र जिल्लामा एक मात्रै दमकल भएका कारण आगलागी नियंतणमा लिन ढिलाइ भएको बताइएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको ठूलो प्रयासपछि लामो समयपछि आगलागी नियन्त्रणमा लिइएको थियो । बानीगढी जयगढ़ गाउँपालिकाको कार्यालयसँगै जोडिएको जयगढ बजारका साथै नजिक रहेको खर मेलामा समेत आगलागी भएपछि बजार नै सकिने चिन्ताम्मा स्थानीय रहेका थिए ।
चैत्र २६,बडिकेदार : डोटीमा अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गरिने भएको छ
जिल्लाको बडीकेदार गाउँपालिका–१ स्थित दुर्गा माध्यमिक विद्यालयमा देउलीमा छात्रावास सञ्चालन गरेर अभिभावक विहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिने गाउँपालिकाले जनाएको छ।
शैक्षिकसत्र २०८२ वैशाखदेखि सञ्चालन हुनेगरी तयारी गरिएको गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले बताए। उनले भने, ‘अहिले गाउँपालिकाले पालिकाभित्र स्थायी बसोबास भएका आमा र बुबा दुवै नभएका आर्थिक रूपले विपन्न बालबालिकाका लागि निःशुल्क आवासीय सुविधासहितको पठनपाठनको व्यवस्था गरिने छ।’
साथै सो कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिकाका पाँचै वडाभित्र स्थायी बसोबास भएका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यालय उमेर समूहका बालबालिकाले गाउँपालिकाका टुहुरा असहाय, आर्थिक रूपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ निर्माण गरी तयारी गरिएको पनि अध्यक्ष साउदले बताए।
गाउँपालिकाको टुहुरा असहाय, आर्थिक रूपले विपन्न भएका विद्यार्थीका लागि आर्थिक सहायतासम्बन्धी कार्यविधि २०८१ अनुसूची १ बमोजिम सातदिने सूचना निकाली अनाथ बालबालिकाको लागत सङ्कलन पनि भइसकेको अध्यक्ष साउदले बताए।
गाउँपालिकाको गाउँ कार्यपालिकाबाट निर्णय गरी अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खान बस्ने व्यवस्थाका लागि वैशाख, जेठ र असारका लागि रु चार लाख रकम विनियोजित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए। बाँकी रकम आर्थिक वर्ष २०८२ को अधिवेशनबाट विनियोजित गरी व्यवस्था गरिने पनि प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए।
गाउँपालिकाको शिक्षा शाखाको सहजीकरणमा अनाथ बालबालिकालाई निःशुल्क पठनपाठनका लागि पहल भइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुुख विवेक देउवाले बताए। आवासीय रूपमा सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि एक जना कर्मचारी गाउँपालिकाले व्यवस्था गर्ने तथा बाँकी पठनपाठनका लागि सम्बन्धित विद्यालयले गर्नुपर्ने शिक्षा शाखा प्रमुख देउवाले बताए।
डोटी,,,
साइन नेपाल कैलाली द्वारा डोटीको दुर्गममा रहेका स्वास्थ्य संस्थालाई १७ लाख बराबरको ल्याब उपकरणहरू हस्तान्तरण गरेको छ ।

मानवीय सेवामा अनेकौँ परियास (साइन नेपाल) नामक गैरसरकारी संस्थाको केयर एन्ड रिलिफ ऋब्च्–२२ परियोजनाअन्तर्गत डोटीको आदर्श गाउँ पालिका र सायल गाउँपालिकाको स्वास्थ्य संस्थामा ल्याब स्थापनाका लागी उपकरण प्रदान गरेको हो ।
आइतबार आदर्श गाउँपालिकाको वडा नं.६ गिरीचौका स्वास्थ्य चौकीमा र सोमवार सायल गाउँपालिकाको वडा नं.५मा रहेको भानुदय आधारभूत स्वास्थ्य केन्द्रमा औपचारीक कार्यक्रमको आयोजना गरी समाग्रि हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य संस्थामा ल्याबका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर बिरामी हरुले घण्टौँ लगाएर महँगो मूल्य तिरेर टाढा जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको आदर्श गाउँ पालिका वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतले बताउनु भयो ।
जिल्लाको दुर्गम बस्तीमा रहेको आदर्श गाउँपालिका वडा न ६ डोटीको गिरिचौका स्वस्थ चौकी र सायल गाउँपालिकाको वडा नं.५मा रहेको भानुदय आधारभूत स्वास्थ्य केन्दलाई १७ लाख बराबरको विभिन्न रोग परीक्षण मा सहज होस भनेर मेसिनहरू वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले उपकरण मात्र भएर केही नहुने भन्दै स्थानीय सरकारले दक्ष जनशक्तिको व्यवस्था गरेर सेवा दिने आसा समेत व्यक्त गरे ।
कार्यक्रम बोल्दै आदर्श गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी रोकायले अफुले गरेको आग्रहलाई सहर्ष स्वीकार गर्दै संस्थाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
त्यसतै सायल गाउँ पालिकाका अध्यक्ष धर्मराज जोशीले संस्थाले गरेको ठुलो सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
उपकरणहरू सहित आवश्यक औषधि उपचारको व्यवस्था गाउँकै स्वास्थ्य संस्थामा हुनु पर्ने स्थानीयले अपेक्षा गरेका छन् ।
डोटी : डोटीमा काठ बोक्ने लोड मिनी ट्रक (शक्तीमान )पल्टीदा एकको मृत्यु, एक जना घाइते भएका छन ।
जिल्लाको बडीकेदार गाउँपालिका–३ स्थित जनजागरण सामुुदायिक बन अन्त्रगत देउथानको रातो ढुङ्गा भन्ने ठाउँँमा आज दिउसो १२:३० बजे तिर सडापडा काठ संकलन गर्दै गर्दा चालक बडीकेदार गाउँपालिका वडा नम्बरर – २ बर्छैन बस्ने बर्ष २९ बर्षको गोपाल बडैलाले चलाएको बा प्र ०३००१ ख २५३ ङ नम्बरको लोड मिनी ट्रक (शक्तीमान)अनियन्त्रति भई सडक किनारमा पल्टीदा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोस गुुरुङ रहेको बडीकेदार गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य प्रकाश लामाले बताउनुु भयो । सोही घटनामा बडीकेदार गाउँपालिका–३ देवलका ३० वर्षीय लोक बहादुर पल्लीमगर घाइते भएका छन् ।
घाइते लोक बहादुर पल्ली मगरलाई उपचारका लागी स्थानिय स्वास्थय चौकी मुलेचौर लागीएको प्रहरीले जनाएको छ । भने चालका फरार रहेको र खोजिकार्य भईरहेको प्रहरी चौकी घाङगले जनाएको छ।
डोटीको पुर्वीचौकी गाउपाmिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न अनुरोध गरेको छ ।
पालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न आग्रह गरेको हो ।
हालसम्म पनि शिक्षा ऐन जारी नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु चैत २० गतेबाट अनिश्चितकालीन आन्दोलनमा रहेका छन् ।
त्यस्तै सो आन्दोलनबाट विद्यालयका नियमित कामकाज सहित पालिकामा भर्ना अभियान तथा शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ ।
पालिका अध्यक्ष रामप्रसाद उपाध्यद्धारा हस्ताक्षरित पत्रमा पालिकाको शैक्षिक सत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन गर्न नसकेको उल्लेख गरेको छ । त्यसैगरी यसले विद्यार्थीहरुको पठनपाठनमा दिर्घकालीन असर पर्ने भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन सहित यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण सिर्जना गरी दिन अनुरोध गरिएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा समान पहुँच विकास केन्द्रको डोटीको आर्थिक सहयोगमा शनिवार भेला सम्पन्न भएको हो ।
पालिका स्तरीय वाल क्लबका पदाधिकारीहरूको सहभागितामा २ दिन सम्म प्राथमिकताको आधारमा योजना छनोट गरिएको छन् ।

बालबालिकाको आवश्यकता, परिकल्पना र भविष्यको पुर्वीचौकीका विषयमा तालिममा छलफल गराइ, निम्न योजना छनोट गरी पालिकाले सम्बोधनका लागि उपाध्यक्ष पशुपति खड्कालाई बुझाएका छन् ।

छनोट भएका योजनाहरू
१) विद्यालयहरूमा सुरक्षित खेलमैदानको व्यवस्थापन ।
२) बालबालिकाको नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन ।
३) बालविवाह, बालश्रम, छुवाछुत र छाउपडी प्रथा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन ।
४) वडा तथा पालिका स्तरीय बाल क्लब÷सञ्जाललाई आवश्यक सामाग्रीहरू खरिद
५) घरेलु हिंसा, बाल हिंसा, लैङ्गिक विभेद सम्बन्धी सडक नाटक सञ्चालन ।
६) सार्वजनिक भवनहरूमा बालमैत्री खानेपानी र शौचालय निर्माण ।
७) विद्यालयहरूमा उपयुक्त कक्षाकोठा र शैक्षिक सामाग्रीहरू व्यवस्थापन ।
८ ) प्रत्येक समुदायमा सडक सञ्जाल विस्तार ।

बालबालिकाको सवाल र मुलप्रवाहिकरण गर्न योजना तर्जुमाका लागि पालिका स्तरीय बाल भेला कार्यक्रमको आयोजना गरी योजना छनोट गरिएको र पालिकाले बालबालिकाका योजनालाई सम्बोधन गर्ने विश्वास समेत लिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।





