
अछाम- अछाममा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नोवाठानाका ४२ बर्षका डम्मर बहादुर कुँवरको मृत्यु भएको हो।
शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाँउघरमा काटेको
खशीको मासु पकाएर खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए ।
त्यस लगत्तै कुँवरलाई न्याय हेल्थ अस्पताल बयलपाटा ल्याइएको थियो । तर उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
डोटी – डोटीको पुर्विचाैकि गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको आधारभूत शिक्षा परीक्षा (कक्षा ८)–२०८१ को नतिजा शुक्रबार प्रकाशित भएको छ।
उक्त परीक्षा २०८१ फागुन २६ देखि चैत्र ५ गतेसम्म सञ्चालन भएको थियो।
परीक्षामा १४ विद्यालयका ४ सय ६७ विद्यार्थी सहभागी भएका थिए, जसमा २ सय ५ जना (४३.७%) उत्तीर्ण भएका हुन ।
सबैभन्दा बढि २३ जना परिक्षार्थि मध्य १९ जना उतिर्ण गरि ८२.२% उतिर्ण दर हासिल गर्ने बिद्यालय पुर्विचाैकि २ बगलेककाे भारताेलि मा.बि. बनेकाे छ । भने सबै भन्दा कम १५ जनामा २ जना मात्र पास गरि १३.३%उतिर्ण दर प्राप्तगर्नेमा पुर्विचाैकि ७मा रहेकाे भवानी आ.वि. गजडा बनेकाे छ ।

नतिजा सार्वजनिक गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाेद भट्टले गतबर्ष भन्दा याे बर्ष विद्यालयहरूको शैक्षिक उन्नति सन्तोष जनक भएकाे भन्दै, “आगामी दिनमा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेकाे बताएका छन ।
गत बर्षकाे परिक्षामा ४८८ जना बिद्यार्थी मध्य १२१ जना (२४.७९ % )मात्र बिद्यार्थी उतिर्ण भएका थिए ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिए सँगै डोटीको पुर्वीचौकी गाउँपालिका वडानं.४ सानागाउँ स्थित परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट ३३२ जना छात्र छात्रा एस.इ.इ परीक्षा दिएका छन् ।
नियमित तर्फका २४६ र ग्रेड वृद्धि तर्फका ८६ जना गरी जम्मा ३३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका केन्द्रा अध्यक्ष शिवराज जोशीले बताए ।
पुर्विचाैकी गाउपालिकाकाे समन्वय तथा प्रहरी कार्यालय सानागाउँकाे सहयाेगमा विद्यार्थीका उत्तर पुस्तिका समेत सम्बन्धित निकायमा सुरक्षित पुगायकाे केन्र्दा अध्यक्ष जाेशिले जानकारी दिए ।
यही चैत ७ गतेदेखि सुरु भएको परीक्षामा पुर्वीचौकी गाउँपालिकामा रहेकाे केन्र्द बाट ८ विद्यालयका विद्यार्थिहरु को सहभागिता रहेको थिय।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देश भरी बाट
एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।
बझाङ,चैत १३। बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन्।
जिल्लाको केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो मंगलबार एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा अध्ययनरत मल्ल मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठकुन्नाका अनुसार मृतक मल्लले परिक्षा बिग्रेको र आफुलाई माफ गर्न भनी सुसाईड नोट फेला परेको छ। बिहान परीक्षा दिएर घरमा आएकी उनी साँझ ५ बजेतिर आफ्नै घरमा फ्यानमा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चैत १२, डोटी । डोटीमा भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते भएका छन् । सायल गाउँपालिका वडा नम्बर ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउद र उहाँकी श्रीमती अन्दाजी ६० बर्सिया दुर्का साउद घाइते हुनुभएको वडा अध्यक्ष दीपक बहादुर साउदले जानकारी दिए ।
स्थानीय पञ्जुके साउदका अनुसार गाउँ बाट एक घण्टाको दुरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ) मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो । घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा आज बिहान अबेर मात्र थाहा भएको उनले बताए । गाई गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन्।
भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।
अछामः बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो।
बाख्रा चराएर बेलुकी घर फर्कन लाग्दा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भएकाले करेन्ट लागेर घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए। घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर सोमवार राति करिब ७ बजेतिर जलेको अवस्थामा कडायतको शव फेला परेको बताइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।
डाेटी ,,,चैत्र ११,,,,,
नेपाल प्रेस युनियन डाेटी शाखाले भर्खरै निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन डाेटी बहुमुखी क्याम्पसकाे टिमलाई बधाई तथा शुभकामना दिएकाे छ ।

साेमबार नेपाल प्रेस युनियन डाेटी शाखाकाे भवनमा एक कार्यक्रमकाे आयाेजना गर्दै बधाई तथा शुभकामना दिईएकाे हाे ।
कार्यक्रममा शुभकामना दिदै नेपाल प्रेस युनियन डाेटी शाखा अध्यक्ष चक्र कुवरले नवनिर्वाचित टिमले विद्यालय र बिद्यार्थीकाे हकहितमा काम गर्नु पर्ने र समयअनुसारकाे शिक्षाकाे आवश्यकता भएकाे कुरालाई अगाडि बढाउदै शैक्षिक गुणस्तरमा सुधारल्याउन का लागि टीमलाई खटिन अनुराेध गर्दै स्व.वि.युले गर्ने यस्ता गतिविधिमा मिडियाकाे तर्फबाट हुने सम्पुर्ण सहयाेग रहने बताए ।
त्यस्तै कार्यक्रममा बाेल्दै स्व.वि.यु सभापति ईन्र्द राणाले याे हाैसला र साथले आफुलाई काम गर्न जागर मिलेकाे भन्दै आफुलाई यहाँ सम्म पुग्नका लागि सहयाेग गर्नु हुने सबैलाई धन्यवाद ब्यक्त गरे ।

डाेटी बहुमुखी क्याम्पस सिलगढी डाेटीमा यहि चैत्र ५ गते भएकाे स्वतन्त्र बिद्यार्थी युनियनकाे निर्वाचनमा नेपाल बिद्यार्थी संघडाेटीका सबै उमेदवार बिजयी भएका हुन ।
डोटीको पुर्वीचौकी गाउँपालिमा अपाङ्ग परिचय पत्र वितरण शिविर बाट ५१ जनाले सेवा लिएका छन् ।
सोमबार सञ्चालन शिविर बाट पालिको वडा नं.१ खीरसैनका नागरीकले सेवालिएका हुन ।
पुर्वीचौकी गाउँपालिकाको आयोजना वडा नं.१ को समन्वय तथा वरल्डभिजन इन्टरनेस्नल नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपालको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा चेक जाँच भएका नागरिकको पालिकाको अपाङ्ग परिचय वितरण कार्यविधि २०८० लाई टेकेर छनोट गरी वडामै परिचय पत्र वितरण गर्ने महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख हरिभक्त साउँदले बताए ।
चैत्र ९ डोटी
डोटीको बडीकेदार गाउँपालिकाको सदरमुकाम रहेको वडा नम्बर २ खड्यौलीमा खानेपानीको हाहाकार भएको छ ।
गाउँपालिकामा पानीको अभाव हुँदा पालिकाले अहिले २० किलोमिटर टाढा पर्ने बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको ठुली गाड बाट ट्याङ्करले पानी ओसारेर दैनिकी चलाउन बाध्य रहेको छ ।
देश सङ्घीयतामा गएपछि साबिकका चार गाउँ विकास समिति मान्नाकापडी, बर्छैन, लानाकेदारेश्वर र घागल मिलेर बडीकेदार गाउँपालिका बनेको थियो ।
पालिकाको मुकाम सबैको पायक पर्ने स्थान वडा नम्बर २ खड्यौलीमा कायम गरिएको थियो ।
पहिलो पटक निर्वाचित जनप्रतिनिधि हरूले भौगोलिक रूपमा बिकट, पहाडी क्षेत्र अवस्थित बडीकेदार गाउँपालिकाको मुकाम स्थापित पश्चात् आवश्यक भौतिक संरचना निमार्ण गर्नुका साथै खानेपानीको आपूर्तिका लागि पालिकाले २०७५ सालमा डिप बोरिङको योजना निमार्ण गरी सञ्चालनमा ल्याएको थियो । तर उक्त योजना निमार्ण भई सञ्चालनमा आएको ५ वर्ष पनि चलेन ।
पाँच वर्षको अवधिमा समस्या देखिएको थियो । समस्या समाधानका लागि पालिकाले पटक पटक गरेर लाखौँ रुपैयाँ खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन । हाल डिप बोरिङको पानी पूर्ण रूपमा बन्द रहँदा खानेपानीको अभाव चुलिएको हो ।
पानी अभावका कारण दैनिक व्यापार व्यवसाय तथा होटेल सञ्चालनमा प्रत्यक्षे असर परेको स्थानीय होटेल व्यवसायी राम बहादुर बिठाडीले बताए । उनले होटेलमा २,४ जना मानिस आउने बित्तिकै पानी अभावका कारण खाने, बस्ने सुविधा छैन भन्नु पर्ने बाध्यता रहेको बताउँछन् ।
यस विषयमा सरकारको ध्यान जान आवश्यक रहेको समेत बताए ।
डिप बोरिङको पानी बन्द हुँदा पालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भई दैनिकी चलाउन साह्रै गाह्रो परेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।
उनले भने डिप बोरिङ बन्द भए पश्चात् हाल पालिकाले ट्याङ्करले पानी ओसार्दै छ, यो दिगो व्यवस्थापन होइन । सधैँ भर यसरी ट्याङ्करमा पानी ओसारेर पालिका चलाउन नसकिने प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए ।
पालिकाले सञ्चालनमा ल्याएको डिप बोरिङ सुकेपछि खानेपानीको हाहाकार भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । उनले भने अब पानी अभावका कारण पालिका सञ्चालनमा साह्रै गाह्रो भइसक्यो ।
दैनिक रूपमा पानी नभई नहुने कुरा हो पानीको साह्रै अभाव छ । नजिक छेउछाउमा पालिका मुहान छैनन् । पालिका लगायत नजिकका बस्तीहरूमा पानी आपूर्ति गर्न घेरै समस्या छ । पालिकाको सानो तिनो स्रोतले पुग्दैन यस विषयमा सङ्घीय सरकारले पहल गर्नुपर्ने बताए ।
बडीकेदार गाउँपालिका र आसपासका क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापन गर्न पालिका बाट करिब ३० किलोमिटर टाढा रहको बडीकेदार धाम क्षेत्र धजालाउने पानी मुहानको लागि डिपीआर सम्पन्न गरी आवश्यक कागजात सहित सङ्घीय खानेपानी कार्यालय धनगढीमा पेस गरेको पालिकाले जनाएको छ ।
पालिकाले तयार गरेको लागत स्टेटमेन्ट अनुसार करिब १० करोड लागत लाग्ने पालिकाले जनाएको छ ।
पालिकामा खानेपानी समस्या समाधान गरी स्थानीय बासीलाई पानी खुवाउनको लागि हाल गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँद खानेपानी मन्त्रालय, खानेपानी विभाग, प्रधानमन्त्री कार्यालय दिनहुँ धाइरहेका छन् ।
अध्यक्ष साउँद हाल बडीकेदारमा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न सङ्घीय राजधानी काठमाण्डौमा रहेका सबै नेता, मन्त्री, विभागीय डिजीलाई भेटघाटका साथै दबाब दिइरहेका छन् ।
गाउँपालिकाको सदरमुकाम भएको क्षेत्रमा सरकारले पानीको दिगो व्यवस्थापन गर्न आवश्यक रहको स्थानीय बासीले जनाएका छन् । पालिकाले डिप बोरिङ निमार्ण र मर्मतमा करिब ८० लाख रुपैयाँ खर्च भएको पालिकाले जनाएको छ ।तर पानी दिगो रूपमा सञ्चालन हुन सकेन ।
डोटी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै चैत ८ गते प्रदेश बिदा रहेको उल्लेख छ।
रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन्।





