२०८३ जेष्ठ १८ सोमबार
Social Media Icons
२०८३ जेष्ठ १८ सोमबार

डाेटीकाे पूर्वीचाैकी गाउँपालिले पालीका स्तरीय आधारभूत तहको परीक्षा ८ कक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शैक्षिक सत्र २०८१ सालमा ४३.७ प्रतिशत बिद्यार्थी मात्रै ग्रेडेड भएको पालिकामा यश शैक्षिक सत्रमा भने ७१.१४ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

आइतबार एक सूचना जारी गर्दै यश शैक्षिक सत्रकाे नतिजा प्रकाशित गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विनोद भट्टले जनकारी दिए। 

शैक्षिक सत्र २०८२ सालको आधारभूत तह कक्षा ८को परीक्षामा पालिका भरिका सहभागी विद्यालय बाट ७१.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यही चैत्र ८ गते देखि १५ गते सम्म सञ्चालन भएको परीक्षामा सहभागी  ४०२ जना छात्र छात्रा मध्ये २८६ जान ग्रेडेड भएको  बताएको छ। 

नतिजा हेर्नुस्

डोटी:डोटीको पूर्वीचौकी गाउँपालिकामा बालपोषणको प्रभावकारी उपभोगका सम्बन्धमा आमा तथा शिशु स्याहार कर्तालाई पालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

जसमा गाउँपालिका भित्रका सात वटै वडाका आमा तथा शिशु स्याहार कर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको पोषण अवस्था सुधार गर्न अनुदानको सही उपयोग कसरी गर्ने भन्ने विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।

‎सन्तुलित आहार, स्तनपान को महत्त्व, सरसफाइ तथा कुपोषण न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिएका थिए। साथै बाल पोषण अनुदानलाई आवश्यक खाद्य सामग्री तथा बालबालिकाको स्वास्थ्यमा खर्च गर्नुपर्नेमा प्रशिक्षक राजु खड्काले जानकारी दिए ।

‎कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशीले बालबालिकाको उज्ज्वल भविष्यका लागि पोषणमा लगानी अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उनले अनुदानको सही सदुपयोगमार्फत कुपोषण न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‎कार्यक्रम आमा तथा शिशु स्याहार कर्ताहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा पोषण सम्बन्धी जनचेतना फैलाउने लक्ष्य राखेको पोषण सहजकर्ता मेनका कुमारी खड्का कुवरले बताइन ।

डोटी:धनगढीबाट अछाम आउँदै गरेको ई भी डोटीमा दुर्घटना भएको छ। शनिवार बिहान जिल्लाको दिपायल सिलगढी नगरपालिका ५ चिसापानी करिब साढे ४ बजेतिर सु।प।प्र। ०२ ००१ ज ०२३९ न को भी दुर्घटना भएको हो। ईभीमा सवार १५ जनामध्ये ४ जना घाइते भएका छन्। घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्ला, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीय अमृता साउँद ९छातीमा चोट, अवस्था मध्यम०, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद ९घुँडामा चोट, अवस्था सामान्य०, अछाम चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीय कला साउँद ९हात र ढाडमा चोट, अवस्था मध्यम० र चौरपाटी–१ बयालीकी १९ वर्षीय कमला थापा ९टाउकोमा चोट, अवस्था सामान्य० रहेका छन्।
हाइस चालक अछामको चौरपाटी गाउँपालिका–१ सिउँडी निवासी अन्दाजी ४५ वर्षीय शंकर शाह रहेका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.४ सानागाउमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । 
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८२।०८३ मा प्राथमिकतामा परेका श्रमिकका लागी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

पूूर्वीचौकी गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा श्रमिकले एक सय दिन सम्म गर्ने क्रियाकलाप पाउने सेवा सुभिदा गर्नु पर्ने कामको बारेमा जानकारी गराइएको रोजगार संयोजक हरिभक्त साउदले बताए ।

आर्थिक वर्ष २०८२।०८३ मा पूर्वीचौकी पालिका भरी ९१ जना श्रमिक प्राथमिकतामा परेका बताइएको छ । 

सबै नागरिक लाई न्यूनतम रोजगारीको प्रत्याभूति गराइ मौलिक हकको रूपमा रहेको रोजगारीको हक को कार्यान्वयन गर्ने,पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्‍याउने, स्थानीय स्तरमा विकास निर्माण कार्य मार्फत सामाजिक पुजी निर्माण गरी स्थानीय जनताको जीवन स्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनमा आएको हो । 

डोटीको पूर्वीचाैकी गाउँपालिका वडा नं. ६ गाँजरीका ज्येष्ठ नागरिक सम्मान भएका छन् ।

ज्येष्ठ नागरिककाे,सम्मान ,सभ्य समाजकाे पहिचान भन्ने मुलनारा आतत्मसात गर्दै मङ्गलवार वडा कार्यालयमा ४५ जनालाई नगद  पाँच सय र दोसल्ला सहित सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास र मार्गदर्शक भएकाले जसको सम्मान गर्नु सभ्य समाजको पहिचान भएको भन्दै उनीहरूको अनुभव, ज्ञान र सीपको कदर गर्दै मर्यादित जीवन सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले  जनताको सबैभन्दा नजिकको सरकार वडा सरकार भएकाले वडा कार्यालय बाट सम्मान गरिएको वडा सचिव प्रेम भण्डारीले बताए ।

आर्थिक वर्ष २०८२/०८३ को अतिथि सत्कारको रकमले सम्मान गरिएको वडा सचिव भण्डारीले बताए । 

डोटीको पूर्विचौकी गाउँपालिका वडा नं.३ माझगाउँ टोलमा विद्युत् सर्ट हुँदा  एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने  लाखाैंकाे धन मालमा क्षति भएको छ ।

बिहीबार राति करिब ११ बजे  रतन बहादुर बोहराको घरमा  विद्युत् सर्टभएर  आगलागी भएको हो ।

आगलागीबाट घरभित्र रहेका नगद ५० हजार रुपैयाँ, २ तोला सुनका गरगहना, ६ तोला चाँदीका बाला, लुगा कपडा, फर्निचर, काठका सामान, भाँडाकुँडा, खाद्यान्न  पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय रमेश बोहराले जानकारी दिए ।
हिजो राति भएको आगलागी शुक्रवार बिहान स्थानीयले नियन्त्रणमा लिइएको बताएको   छ ।

आज प्रहरी टोलीसहित गाउँपालिकाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरी प्रहरीले मुचुल्का र सर्जमिन तयार पारेको छ । 

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गए राती करिब साढे बाह्र बजेतिर आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीमा अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने जीप चालक वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो ।
घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ ।

डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीमा अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने जीप चालक वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गए राती करिब साढे बाह्र बजेतिर दुर्घटना भएको र करिब १ बजेतिर स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो ।

घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ ।

पुरुषोत्तम अवस्थी डोटीः

बैतडीको सिगास गाउँपालिका वडा नं.२ गाँजरी बजारमा सरसफाइ गरिएकाे छ ।

सिगास युवा क्लब बैतडी द्वारा बजार सरसफाइ गरिएकाे हाे ।

‎सिगास गाउँपालिका अन्तर्गत समाजिक वातावरण शैक्षिक सांस्कृतिक तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले गठन गरिएको सिगास युवा क्लवू द्वारा आईतबारका दिन क्लब र गाँजरी बजार व्यवस्थापन समुह मिलेर बजार वरिपरिको रहेको वातावरणलाई सफा गरेको सिगास युवा क्लबका अध्यक्ष हेमन्ती धामीले जानकारी दिए ।

‎सफा राखौँ , स्वास्थ बनौ भन्ने मुल नाराका साथ यो अभियान सञ्चालन गरेको समितिका उपाध्यक्ष भुपेन्द्र सिह साउँद ले बताए। बजार वरिपरि रहेका सिसाका बोतल ,प्लास्टिक ,कुहिने र नकुहिने फोहोरलाई छुट्याएर सफा गरिएकाे हाे ।

‎युवा हरूले अब आफ्नो गाउँ ठाउमा आफैले नगरे कस्ले गर्छ भनेर वातावरण सरसफाइ अभियान सञ्चालन गरेका हुन । कुनै पनि काम गर्न अरूलाई भन्नु भन्दा आफैबाट सुरूवात गर्नुपर्छ भनेर युवा क्लबका सदस्य दिनेश धामीले बताए।

‎वातावरण सरसफाई अभियान सिगास युवा क्लवको नेतृत्वमा शिगास शिक्षा क्याम्पस र अर्जुन माध्यामिक विद्यालयका विद्यार्थी स्थानीय व्यापारी सुरक्षाकर्मी मिलेर बजार सरसफाई गरेका हुन ।

चैत ३, डोटी — डोटी जिल्लामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा स्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो।

इनाडाबाट कैलाली तर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुँदा करिब ३०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी, बोगटान फुड्सिल–३ कानाचौरका १७ वर्षीय नरेश साउँ, अछामको ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा र जिप चालक गौरीगंगा नगरपालिका–९ का सन्तोष सापकोटा रहेका छन्।
प्रहरीका अनुसार योगेशको टाउको र ढाडमा तथा नरेशको टाउको, अनुहार र ढाडमा गम्भीर चोट लागेको छ। चालक सापकोटा र जनक बुढाको अवस्था भने सामान्य रहेको छ। सापकोटाको खुट्टा र कम्मरमा तथा बुढाको टाउको, हात र खुट्टामा चोट लागेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।