
डोटी बहुमुखी क्याम्पसको स्ववियुमा ने.बि.संघ प्यानल विजयी भएको छ ।
डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु सभापति सहीत नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको हो ।
मङ्गलवार सम्पन्न भएको निर्वाचनमा इन्द्र राणाले २२१ मत प्राप्त गरी जियी भएका छन् भने राणाका प्रतिद्वन्द्वी अनेरास्ववियूका सुरेश रोकायाले ११० र अर्का उम्मेदवार अखिल क्रान्तिकारी तथा अखिल समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरेका छन् ।
सचिवमा २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल समाजवादीका हरिस बोगटीले ११० र अनेरास्ववियूका मोहन ऐरले ९५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत पाएकी छिन् ।
त्यस्तै सदस्यहरूमा रबिन्द्र भण्डारी (२१३), हरिस साउद (२२९), उषा धामी (२२१), धर्म सीँ बम (२२०) र पुष्कर बोहरा (२१८) विजयी भएका छन् । डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थियो ।
चौरपाटी गाउँपालिकामा अछाममा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास सुरु भएको छ ।
गोरख बक्स गण मंगलसेन ब्यारेक र गाउँपालिकाको संयुक्त आयोजनामा सोमबारदेखि कार्यक्रम सुरु भएको हो ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदको अध्यक्षतामा सुरु भएको कार्यक्रम मंगलबार सम्म सञ्चालन हुनेछ ।
पहिलो दिन सोमबार करिब ८० जना बढि स्थानीयको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बोल्दै गाउँपालिकाका अध्यक्ष साउँदले विपदको सामनाका लागि स्थानीयलाई दक्ष बनाउन नेपाली सेनाले सुरु गरेको यो अभियानको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानले विकटमा रहेका बस्तिसम्म विपदको सामना गर्ने ज्ञान मिल्ने विस्वास ब्यक्त गर्दै गाउँपालिकालाई यो कार्यक्रमले विपद जोखिम न्यूनीकरण बारे बनाइने आगामी योजनामा समेत मद्दत पुग्ने बताउनुभयो । साथै उहाँले मंगलबार चौपाटीमा हुने कृत्रिम घटना अभ्यासमा सहभागि हुन सबैलाई आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा गोरख बक्स गणका सेनानी अमृत खड्काले आगलागी, भुकम्प र बाढिपहिरो जस्ता विपदबाट कसरी जोगीने र त्यस्तो अवस्था आइपरे उद्दार, राहत जस्ता कुराको व्यवस्थापन कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिनुभयो । उहाँले कृत्रिम घटना अभ्यासले सामाजिक रुपमा हुने फाइदा र त्यसको प्रदर्शन पछि स्थानीय सरकारले विपद प्रतिकार्यका लागि निर्माण गर्न सक्ने योजना बारे समेत जानकारी गराउनु भएको थियो ।
प्रशिक्षणका क्रममा जमदार सुवर्ण खड्का, अमल्दार प्रेम देवकोटा र बुद्धिबहादुर भण्डारी लगायत गोरख बक्स गणको दक्ष समुहले विपदका बेला तत्काल उद्दार तथा उपचार कसरी गर्ने भन्ने बारे कृत्रिम अभ्यास गरेर देखाएको थियो ।

चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाका अनुसार मंगलबार हुने कृत्रिम घटना अभ्यासका लागि संरचना निर्माण लगायतका सबै तयारी पुरा भएको छ ।
त्यसका लागि चौरपाटी गाउँपालिकाको केन्द्रमा रहेको बिच बजारमा नेपाली सेनाले खरका घरहरु सहितको बस्ति निर्माण गरेको छ ।
जिल्ला समन्वय समिति डोटीको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा तथा नवौं जिल्ला सभा उदघाटन समारोह सम्पन्न भएको छ ।
आईतवार जि.स.स.डोटीको सभाहलमा सम्पन्न उदघाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए।

जसमध्ये कार्यालय अन्तरगत १ करोड २३ लाख २८ हजार नौ रुपैयाँ ७ पैसा तथा बहुक्षेत्रीय पोषण कार्यक्रमको १ लाख १० हजार गरि कुल जम्मा १ करोड २४ लाख ३८ हजार नौ रुपैयाँ ७ पैसा खर्च भएको बताए ।
साथै प्रमुख सिंहले यस वर्षको बजेट पनि प्रस्तुत गरेका थिए। जसमा कार्यालय अन्तरगत १ करोड ६२ लाख १२ हजार र बहुक्षेत्रीय पोषण कार्यक्रम १ लाख गरि कुल जम्मा १ करोड ६३ लाख १२ हजारको बजेट प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नौ वटै स्थानिय तहका प्रमुख/उप प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
जिल्ला सभामा डोटीका नौ वटै स्थानीय तहहरुले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुतीकरण गरेका थिए ।
काठमाडौं : आइतबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ।
कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सामुदायिक बिकास केन्र्द (CDC) डाेटीकाे अगुवाइमा बिद्यालय अनुगमन गरिएकाे छ ।
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं. २ वगलेक र ३ गैरागाउका बिद्यालय सराेकारवालाहरुकाे उपस्थितमा अनुगमन गरिएको हाे ।

वडा नं. २ काे नेत्रेश्वरि माध्यमिक विद्यालय र वडा नं ३ काे दुर्गा माध्यमिक विद्यालयमा पुर्विचाैकी गाउपालिका शिक्षा शाखा प्रमुख बिनाेद भट्ट,वडा नं.२ का अध्यक्ष याेगेन्र्द ठकुुल्ला, वडा नं. ३ का अध्यक्ष खडक धामि सि.डि.सि डाेटीका फिल्ड अधिकृत लगायतले अनुगमन (one site school visit monitoring ) गरेका हुन ।

अनुगमनका क्रममा बिद्यालयकाे शैक्षिक ,भाैतिक,वातावरणिय ,ब्यवस्थापन पक्षकाे साथै तालिम प्राप्त शिक्षकले पढाइका ५ वटा सीप, शैक्षिक सामाग्रीकाे प्रयाेग भए नभएकाे,बिद्यार्थीकाे सरसफाइ,कक्षाकाेठाकाे सरसफाइ लगायतका कुराकाे अनुगमन गरि शिक्षकहरुलाई पृष्ठपाेषण समेत प्रदान गरियकाे छ ।
डोटीको पुर्बिचौकी गाउँपालीका वडा नं.७ पाेखरिमा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ ।
बुधबार एक कार्यक्रमका बिच अस्थायी प्रहरीचौकीको उद्धघाटन गरीएको हाे ।
स्थापना गरिएको चौकीको पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्याय , डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, गाउँपालीकाका उपाध्यक्ष पशुपती खड्का ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्मा, वडा अध्यक्ष प्रेम खड्का लगाएतका ब्यक्तीहरुले संयुक्त रुपमा उद्घाटन गरे।
जिल्लाको पुर्बि भेगको शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिनोद शर्माले बताए ।
पुर्बिचौकीमा अस्थायी प्रहरी चौकी स्थापना पश्चात नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने पनि उहाँले बताउनु भयो ।
समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने कार्यक्रमका प्रमुख अतिथि तथा पुर्बिचौकी गाउँपालीकाका अध्यक्ष राम प्रसाद उपाध्यायको भनाई छ ।
भौगोलिकरूपमा विकट गाउँपालिकाको– ७ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका जस्ता अप्रीय घटनामा कमी आउनेमा उहाँले जोड दीनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले ‘स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरेर पुर्बिचौकीको वडा न ७ मा प्रहरी चौकी स्थापना गरेको बताउनु भयो । यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुनेछ ।’
प्रहरी चौकीको स्थापनाले उक्त क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने आशा गरिएको जोशीले बताउनु भयो ।
प्रहरी चौकी स्थापनाले महिला हिंसा घरेलु हिंसा जस्ता घटनामा कमी आउनेगाउँपालीकाका उपाध्यक्ष पशुपति खड्काले बताईन ।
वडा अध्यक्ष प्रेम खड्काले शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको स्थापनाले स्थानिय खुसी भएको अध्यक्ष खड्काले बताउनु भयो ।
‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुने र यो प्रहरीचौकी स्थापनाका लागी अहवेरात्र खटीने सबैलाई वडा अध्यक्ष खड्काले धन्यबाद दिनुभयो ।
उक्त प्रहरीचौकी स्थापनाले डोटी संगै अछामका जनता लाभाम्बीत हुने अनुमान गरीएको छ ।
अछाम:अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा २ महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो जिल्लाको मंगलसेन नगरपालिका ९ ओलिगाउ सुतुडाकी २ महिलाको सोहि ठाउँको रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा मृत्यु भएको घटना स्थलमा रहेका स्वास्थ्यकर्मी पुप्प बोहराले बताए ।
उनका अनुसार माटोको ढिस्को ठुलो रहेकोले अझै भित्र फसेका हुन सक्ने आशंका गरे । चैते दशैको बेला घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरु सो क्षेत्रमा माटो लिने गरेका छन।घटनाको बाकि बिवरण आउन बाकिँ छ ।
बाजुरा,फागुन २६। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार राति ११ बजे बाजुराको खप्तड छेडेदह गाउँपालिका-५ चिराल्नामा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका-४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको ट्याक्टरको ट्रली मुनी च्यापिई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरमा सवार अन्य तीन जना मध्ये चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाईते भएका छन्।घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरी ले जनाएको छ।
अन्य दुई जना सकुशल रहेका छन्।ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी ट्याक्टरको ईन्जिनको भाग २५० मिटर र ट्रली ५० मिटर तल खसेर आइतवार राति ११ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।
डोटीः डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शिखर नगरपालिका–७ बस्ने दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा मन्धरीको मृत्यु भएको हो।
फागुन २५, डोटी । डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप गए राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो ।
आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका हुन ।
जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।





