
फागुन ६, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ । नयाँ एम्बुलेन्सको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा आएको हो ।
एम्बुलेन्सको पूजाआजा गर्दै गाउँपालिका अध्यक्ष खड्काले बिरामीहरूलाई आपतकालिन तथा अन्य जुनसुकै अवस्थामा पनि आम नागरिकहरूलाई थप उपचारको लागि बाहिर जान सहयोग होस भन्ने हेतुले पालिकाले एम्बुलेन्स खरिद गरेको बताए । उनले भने बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुने समेत बताए ।
भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेको वडाका लागि एम्बुलेन्स पालिकाले आफ्नो श्रोतबाट खरिद गरिएको पालिकाले जनाएको छ । एम्बुलेन्सको पूजाआजा कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाया, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।
फागुन ५ डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले डोटीमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्यलाई तीव्रता दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ विवरण दर्ता कार्य गर्न जिल्लाको शिखर नगरपालिकाबाट सुरुवात गरेको अभियान, बोगटान फुड्सिल गाउँपालिका हुँदै आइतबार देखि बडीकेदार गाउँपालिकामा सञ्चालन गरेको छ ।
स्थानीय स्तरमा रहेका सेवा ग्राहीहरूलाई जिल्ला जान नपरोस् गाउँघरमै सुबिधा होस भन्ने हेतुले राष्ट्रिय परिचय पत्र वितरण तथा ज्येष्ठ नागरिकहरूको नयाँ दर्ता कार्यलाई वडा स्तरमा अभियानको रूपमा सञ्चालन गरेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए । यस अभियानलाई जिल्लाका अन्य स्थानीय तहका सबै वडाहरूमा सञ्चालन गरिने समेत प्रजिअ जोशीले बताए ।
जिल्ला प्रशासन कार्यालयले पालिकासँगको सहकार्यमा वडा स्तरमा राष्ट्रिय परिचय पत्र विवरण गर्दा सेवा ग्राहीलाई सहज भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । उनले भने राष्ट्रिय परिचय पत्र लिन स्वयं व्यक्ति उपस्थित हुनुपर्ने त्यसको लागि जिल्ला सदरमुकाम जानुपर्दा एक जनाको कम्तीमा १०,१५ हजार खर्च हुन्छ, ३,४ दिन लाग्छ यसरी गाउँघरमा आएर दिँदा सयौँ नागरिकलाई सहज भएको बताए ।
राष्ट्रिय परिचय पत्र बनेर जिल्ला प्रशासन कार्यालयमा आइपुगेका व्यक्तिहरूका परिचयपत्र घरदैलोमा गएर वितरण गर्नुका साथै परिचय पत्र बनाउन छुटेका ज्येष्ठ नागरिकहरूको नयाँ विवरण दर्ता कार्य गरिने जिल्ला प्रशासन कार्यालय डोटीका राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर विमल प्रसाद भट्टले बताए । राष्ट्रिय परिचय पत्र लिन सम्बन्धित व्यक्तिको कम्प्युटर बाट सफ्टवेयर मार्फत बायोमेष्ट्रीक भेरीफिकेशन गर्नुपर्ने भएकोले सम्बन्धित व्यक्ति नै अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नत्र उपलब्ध गराउन नसकिने समेत दर्ता अपरेटर भट्टले बताए ।
आइतबार देखि बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बाट सञ्चालन भएको नयाँ दर्ता तथा वितरण कार्य अभियान सोमबार वडा नम्बर ३ घाङ्गल, मङ्गलवार वडा नम्बर २ बर्छैन, बुधवार वडा नम्बर ४ मान्नाकापडी र बिहीबार वडा नम्बर ५ लानाकेदारेश्वरमा सञ्चालन हुने पालिकाले जनाएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई २०७७ साल साउन ३० देखी २०८० साल जेठ मसान्त सम्म दर्ता भएकाहरूको मात्र परिचयपत्र वितरण गरिने समेत पालिकाले जनाएको छ ।
फागुन ५ डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३घाङ्गलमा सोमबार एक कार्यक्रमका बिच प्रयोगशाला ल्याब सेवाको उद्घाटन गरिएको छ ।
प्रयोगशालाको गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले उद्घाटन गरेका हुन् । प्रयोगशालाको उद्घाटन गर्दै अध्यक्ष साउदले घाङ्गलमा प्रयोगशाला सञ्चालन पश्चात् स्थानीय बासीहरूलाई थप उपचारमा सहजता हुने बताए । उनले भने स्थानीय बासीलाई केही बिरामी हुने बित्तिकै यता सबै उपचार हुन नसके धनगढी जानुपर्ने बाध्यता थियो त्यो सबै हटेर जान्छ ।
स्वास्थ्य संस्थाबाट आम नागरिकलाई छिटो छरितो, गुणस्तरीय समयमै स्वास्थ्य सेवा प्रदान गर्नु स्थानीय सरकार र कर्मचारीहरूको दायित्व रहेकोले सेवा प्रवाहमा लापरबाही नगर्न समेत निर्देशन दिएका थिए ।
घाङ्गलमा ल्याब स्थापना गरी सेवा प्रवाह गर्ने सवाल धेरै समय देखि उठाउँदै गरेको भए पनि आज पुरा भएको वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । घाङ्गल बासीहरूले बिरामी हुने बित्तिकै बाहिर गएर महँगो मूल्य तिरेर उपचार गराउनु पर्ने बाध्यता हटेर जाने समेत अध्यक्ष गुरुङले बताए ।
ल्याब सेवा सञ्चालन पश्चात् सेवाग्राहीलाई थप सेवा उपलब्ध गराउन सहज हुने घाङ्गल स्वास्थ्य चौकीका इन्चार्ज भक्त टमटाले बताए । प्रयोगशाला बाट दिसा, पिसाब, रगत, सुगर, किड्नीको जाँच, टिभी लगाएका थप उपचार गरिने समेत बताए । गाउँपालिकाले आवश्यक कर्मचारी र सामाग्रीको व्यवस्थापन पश्चात् प्रयोगशाला सञ्चालन गरिएको हो ।
प्रयोगशाला सेवा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, पालिका स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
फागुन ४ डोटी
डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीलाई कर्मचारीहरूले छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक रहेको बताएका ।
बडीकेदार गाउँपालिकाले आइतबार कार्यालयमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रजिअ जोशीले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै प्रजिअ जोशीले स्थानीय स्तरमा सुरक्षा निकायले शान्ति सुरक्षाको अनुभूति हुने गरी काम गर्नुका साथै कर्मचारीहरूले इमानदारीताका साथ छिटो, छरितो, गुणस्तरीय, सरल, सहज र त्रृटी रहित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका थिए । स्थानीय सरकारले पनि स्थानीय स्तरमा देखिएका समस्या तथा चुनौतीहरूलाई मध्यनजर गर्दै आफ्ना विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको समेत बताए । स्थानीय सरकारले गरिरहेका गतिविधिहरूमा प्रहरी प्रशासनले पूर्ण रूपमा सहयोग, समन्वय तथा सहकार्य गरिने समेत बताए ।
स्थानीय स्तरका सवालहरूको बारेमा प्रहरी प्रशासन सँग नियमित समन्वय भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए । पालिका भित्रका केही सवालहरूको बारेमा जानकारी गराउँदै अध्यक्ष साउदले पालिकाका समसामयिक सवालहरूको बारेमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिहरेको र आगामी दिनमा सञ्चालनको तयारी रहेको समेत बताए ।
पालिकाको सभा हलमा आयोजित स्वागत कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
तिर्थ नेपाली
फाल्गुन ४
काठमाण्डौ
काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ ।
कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो
आजको युगमा विश्वव्यापीकरण भएको अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास समेत कलेजले लिएको छ ।
कलेजले छात्रवृत्तिमा छनौट हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।
सनवे कलजेले ४ वर्षे डिग्री क्रममा विध्यार्थीहरुलाई १ वर्ष प्लेसमेन्ट उपल्बध गराउँदै आएको छ । जसमा विध्यार्थीहरुले १ वर्ष प्लेसमेन्ट बापत १२० के्रडिट प्राप्त गर्दछन ।
प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरु संग सम्झौता गरेको छ । विध्यार्थीहरुको दक्षता र विचारहरुलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोष को व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र हैन काम गर्ने अवसर पनि विद्यार्थी माझ पुर्याउने कार्य गर्ने भएको छ ।
यसको लागी कलेज भित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टर को पनी उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताउनु भएको छ ।
कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।
आईईएलटीएस ६ स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६.५ स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ स्कोर भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।
योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको जनाएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिती २०२५ मार्च ७ सम्म रहेको छ ।
एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यो लिंकमा किलिक गर्न सक्ने छन्
बाजुरा ः साँफे-मार्तडी सडकखण्डमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा बसको ठक्करबाट घाईते बालकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
धनगढीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
बस रोकेर राखेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर छेउमै रहेको आमा र बच्चालाई किच्दा घाईते भएको हुन् । ठक्करबाट मृतककी आमा ३५ वर्षीया बिस्ना पाध्याय समेत घाइते भएकी छन् ।
आमा गर्भवती समेत रहेको पाईएको छ । आमाको खुट्टामा चोट लागेको छ । घाईते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । घाईतेको अवस्था मध्यम रहेको छ ।
प्रहरीले बस चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
बस चालकले हर्न नबजाउने र जिल्लामा पछिल्लो समय स्थानीयले सडकमा बालबालिकाहरु बेवास्ता गरेर छोड्ने, पशु चौपाय चरिचरन गराउने लगायतका कारणले दुर्घटना जोखिम बढ्न थालेको छ ।
डाेटीकाे पुर्वीचाैकी गाँपालिकामा उपाध्यक्ष द्वारा एक बर्ष भित्रका सुत्केरी महिलालाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
गाउपालिकाका उपाध्यक्ष पशुपति खड्काले शुक्रबार पालिकाकाे वडा नं.१ खिरसैन, वडा नं.२ बगलेक,र शनिवार वडा नं.४ सानागाउँ ,वडा नं.५ काडामाण्डाैका महिलाहरूलाई न्यानो कपडा कम्मल वितरण गर्नु भएकाे छ ।
अन्य वडा हरुमा समेत क्रमिक रुपमा न्यानाे कपडा वितरण गरिने बताईएकाे छ ।

आमा र बच्चाकाे स्वास्थ्यलाई मध्यनजर गरेर चिसाेबाट बच्न कालागि थाेरै भएपनि रहात हाेस भन्ने उदेश्यले उपाध्यक्ष संग एक वर्ष भित्रका सुत्केरी महिला कार्यक्रम गरेकाे गाउपालिका उपाध्यक्ष खड्काे बताउनु भयाे ।

अफु निर्वाचित भैसके पछि सुत्केरी महिला ,एकल महिला ,टुहरा बालबालिका , सामाजिक,आर्थिकरुपले पछाडि परेका वर्गकाे स्थिति मजबुत बनाउन विभिन्न खालका कार्यक्रम गर्दै आएकाे र आफ्नाे कार्यकालमा आफुले बाेलेका कुरा पूरा गर्ने गरि काम गर्ने समेत बताउनु भयाे ।

डोटी,यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डोटीबाट बाट ४ हजार बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ४हजार ७५ विद्यार्थी सहभागी हुने भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई डोटीले शुक्रबार सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।शिक्षा इकाई प्रमुख भिमप्रसाद पनेरुका अनुसार एसईई परीक्षामा साधारणतर्फ नियमित ३हजार ३५ र ग्रेडवृद्धिका १ हजार ४० विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय १८ नियमित र ४५जना ग्रेडवृद्धिका गरी १६३ जना सहभागी हुने छन् । इकाई प्रमुख पनेरुले जिल्लाका ९ वटै पालिकाका १५वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएको जानकारी दिएका छन् । उनका अनुसार १३ वटा परीक्षा केन्द्रबाट गत बर्षका ग्रेडवृद्धि तथा यस बर्षका नियमित विद्यार्थी परीक्षा दिने छन् भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढी परीक्षा केन्द्र (ख) तोकिएको छ ।
त्यस्तै शिक्षा इकाईले जारी गरेको सूचनाअनुसार २०७८ र ०७९ मा नियमित एसइईमा सहभागी भई २०८१ मा ग्रेडवृद्धितर्फ पुराना प्रश्नपत्रको परीक्षा दिने १९ विद्यार्थी छन् । तिनीहरुका लागि पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्र(ग) तोकिएको शिक्षा विकास तथा समुन्वय एकाई डोटीले जनाएको छ ।
डाेटी,,,,फागुन २,,,
नेपाल शिक्षक संघ पुर्विचाैकी गाउँपालिका वडा नं.२ बगलेककाे संयोजकमा घनश्याम बिस्ट चयन भएका छन् ।
डोटीको पुर्वीचाैकी गाउँपालिका वडा नं.२ बगलेकमा शुक्रवार भएको भेलाले बिस्टको नेतृत्वमा नौ सदस्यीय समिति चयन भएको छ ।
नेपाल शिक्षक संघ डोटी जिल्ला कार्यसमिति सह-सचिव रमेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्वीचाैकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, विशिष्ट अतिथि पुर्विचाैकी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष याेगेन्र्द ठकुल्ला र अन्य अतिथिहरूको उपस्थितमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।
जसमा संयोजक घनश्याम बिस्ट ,सदस्यमा हनुमान साफि भरत ब.साउद ,डम्बर सिं ठकुल्ला,सुनिता ठकुल्ला, नेत्र बहादुर धामी ,रामस्वरुप चौधरी,खेमराज चौधरी, र हरि प्रसाद चौधरी रहेका छन् ।
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।
त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।
विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ।
सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ। रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ। सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।
आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए।
उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ। यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन्। आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।





