२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

• माघ २९ डोटी ,डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका ७३ जना ज्येष्ठ नागरिक हरूलाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिकहरूले आफ्नो युवा अवस्थामा आफ्नो गाउँ ठाउँ र समाज निमार्ण मा खेलेको भूमिकाको कदर गर्दै उनीहरूको देनलाई सम्झिँदै ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् ज्येष्ठ नागरिकहरूलाई हाम्रो पनि घरदैलोमा स्थानीय सरकार छ, हामीलाई पनि सम्झिने गर्छ भन्ने महसुस गराउनु हाम्रो दायित्व रहेकोले सम्मान स्वरूप कम्मल र टर्च लाइट उपलब्ध गराई सम्मान गरेको बताइन् ।

हामीले ज्येष्ठ नागरिकहरूलाई धेरै ठुलो सहयोग त गर्न सकेका छैनौ समय समयमा सम्झिने, आर्सीवाद लिने कार्य मात्र गरेको समेत बताइन् ।

पालिकाले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार, सम्बन्धित वडाबाट भत्ता वितरण,लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत उपाध्यक्ष विष्ट कलेलले बताइन्।

पालिका अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि ज्येष्ठताका आधारमा केहीलाई मात्र यस वर्ष सम्मान गरेको र अन्यलाई आगामी दिनमा गरिने पालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम पालिकाले सम्बन्धित वडामा गएर गरेको थियो ।

पालिकाले ज्येष्ठ नागरिकहरूलाई गरेको सम्मान कार्यक्रमको स्थानीयले प्रशंसा गरेका छन् । पालिकाले आगामी दिनमा ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाहरूका लागि पनि यस्ता कार्यक्रम समावेश गर्न सुझाव समेत दिएका थिए ।

ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रम वडा नम्बर १ देखि ५ सम्म सबै वडामा सञ्चालन भएको थियो । सम्मान कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक, स्थानीय, शिक्षक, बुद्धिजीवी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

अछाम । अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका–११ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको घर नजिकै बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा घाँस काट्न गएकी उनी लडेर घाइते भएकी थिइन् ।

लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

तिर्थ नेपाली …
रोजगारीका लागि भारत गएका डोटीका एक युवा ६ दिन देखि वेपत्ता भएका छ्न् ।

डोटी जिल्लाको पुर्विचौकी गाउँ पालिका वडा नं.५ काडामाण्डौ (धानुकाँडा)का शान्त नेपालीका २२ वर्षीय छोरा रोशन नेपाली भारतको चारबङ्गला भन्ने ठाउँ बाट

फेब्रुअरी ५ तारिखका दिन राती करिब ११ बजेको समयमा रुम बाट निसेकेर (ईन्टरनेट) वाईफाई चलाउछु भनि रुम बाहिर बसेको र त्यही समयदेखि बेपत्ता भएको उनकी श्रीमतीले बताएकी हुन् ।

फेब्रुअरी १० तारीख सम्म पनि कुनै आफन्त र परिवारको सम्पर्कमा रोशन नाआउँदा परिवार चिन्ता रहेको छ ।
परिवारले भारत जस्तो बिरानो देशमा २२ वर्षीय रोशन नेपालीको खोजी गरिदिन सम्पुर्ण प्रवासी दाजु भाइ तथा दिदिबहिनीहरुमा अपिल गरेका हुन् ।

रोजगारीका लागि रोशनको सम्पुर्ण परिवार भारतमा रहेका छ्न् । रोशनकी ७ महिनाकी छोरी र श्रीमती रहेकी छिन् ।
राेशन लाई देख्नु हुने महानुभावले उनका आफ्नहरुको फोन नम्बर 7710911390 र 7506731323 सम्पर्क गर्न सक्ने छ्न् ।

डोटी,,फागुन २८,,,  ग्लोबल आई.एम.ई बैङ्कमा आउने ग्राहकाले सडकमै बसेर सेवा लिइरहेका छन् ।

डोटीको पुर्वीचाैकी गाउँपालिकामा रहेको बैङ्कको शाखामा सेवा लिन आउने ग्राहक भवन भित्र ठाउँ नभए पछि सडकमै बसेर सेवा लिइरहेकाे पाइएको छ ।


सामाजिक सुरक्षा भत्ता लिन टाढा, टाढा बाट आउँछौ ,यसरी बाहिरै बसेर सेवा लिँदा असहज महसुस भएको सेवाग्राहीले बताए ।

केही दिन देखि  सामाजिक सुरक्षा भत्ता लिन आउने ग्राहक बढे सँगै सबैलाई भवन भित्र ठाउँ नभए पछि यसरी सेवा दिनु परेको बैङ्कले जनाएको छ ।

ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै आगामी दिनमा सम्भव भए सुविधायुक्त भवन बाट सेवा दिने पुर्विचाैकी शाखा प्रबन्धक डबल बोहराले बताए ।

डोटी । नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट खड्को अध्यक्षतामा नया कार्यसमिती निर्वाचीत भएको हो ।

जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल, कोषाध्यक्ष्मा लोक वहादुर खड्का निर्वाचीत भएका छन् । यस्तै सदश्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी रहेका छन् ।

यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।

२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।

डोटी । नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट खड्को अध्यक्षतामा नया कार्यसमिती निर्वाचीत भएको हो ।

जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल, कोषाध्यक्ष्मा लोक वहादुर खड्का निर्वाचीत भएका छन् । यस्तै सदश्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी रहेका छन् ।

यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।

२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।

अछाम । अछामको मेल्लेख गाउँपालिका–५, कौलेनामा ढुङ्गा निकाल्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब २ बजेको समयमा ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो खस्दा ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै ज्यान गएको छ भने उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

डोटी , डोटीमा एक घरमा आगलागी भएको छ। जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ का बाजी भुलको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आईतबार बिहान करीब ९: ३० बजेको समयमा खाना पकाउने क्रममा आगलागी हुदाँ आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी २ लाख ५ ०हजार बरारको क्षति भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयले प्रयास गरिहरेका छन।

माघ २६ डोटी
डोटीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराएका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका अन्तरगत वडा नम्बर ५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रजिअ जोशीले आफै घरमै पुगेर नागरिकता उपलब्ध गराएका हुन् ।

शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण नागरिकता लिन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने, “हामीले एक जना मानसिक तथा शारीरिक र एक जना शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई नागरिकता उपलब्ध गराएका छौ । उहाँहरूले पहिला बालक परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।

राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनीहरूको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताए । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही यस्ता व्यक्तिहरू छन् जो प्रशासन कार्यालय सम्म आउन सक्ने अवस्थाका छैनन् जानकारी पाएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने समेत प्रजिअ जोशीले बताए ।

गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए ।

माघ २३ डोटी
विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधवार नेपाल कम्युनिस्ट पार्टी डोटीको जिल्ला बैठकको समारोहमा नेकपा ऐमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विमल सिले बताएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा ऐमाले पार्टी परित्याग गर्नेमा दिपायल सिलगढी नगरपालिका ६ का दिल बहादुर बिक,३ का रोसश नेपाली २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका ११ का कृष्ण बलायर, दिसिनपा १ का शेर बहादुर बिक रहेका छन् भने नेकपा माओवादी पार्टी परित्याग गर्नेमा दिसिनपा ३ का पुष्कर बिक, ३ का प्रेम आउजी, १ का चन्द्र नेपाली, ४ की पार्वती भूल, ४ का अमृत भूल, ४ का कल्पना भुल, ४ की बसन्ती भुल, २ की कमला नेपाली, १ की नारु देवी बिक रहेको केन्द्रीय सदस्य विमल सिले बताए । नेकपा पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई केन्द्रीय सदस्य विमल सी र प्रदेश इन्चार्ज रणवीर सिले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका प्रदेश इन्चार्ज रणवीर सिको आतिथ्यमा सञ्चालन भएको बैठकमा जिल्ला स्थित नेता कार्यकर्ता हरूको सहभागिता रहेको थियो । बैठक दिपायलमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।