
माघ २३ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ ।
बुधवार वडा नम्बर १ को कार्यालय रिसेडीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।
सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत बताइन् ।
वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि अरूलाई अन्य कार्यक्रममा समावेश गरिने समेत बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।
ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए ।
ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सुविधाहरू आफै आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत अध्यक्ष बोहराले बताए ।
पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ ।
वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
माघ २२ डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा कृषकहरूलाई फलफूल बिरुवा प्रसारण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका कृषि शाखाले आयोजना गरेको तालिमको मङ्गलवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष गड्सिलाले तालिममा फलफूल बगैँचा निमार्ण, काट छाड, कृषि उत्पादनमा वृद्धि, नयाँ नयाँ फलफूलको बारेमा जानकारी गराउनुका साथै नयाँ प्रविधिको बारेमा जानकारी गराइने भएकोले तालिमको अति महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष गड्सिलाले भने कृषि उपज उत्पादन गर्ने किसान सबै भन्दा ठुलो भएकोले कृषकहरूलाई सदैव सम्मान गर्न आवश्यक रहेको समेत बताए ।
किसानहरूका लागि पालिकाले आफै विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य विभिन्न सङ्घ संस्था, ज्ञान केन्द्र प्रदेश सरकारको सहकार्यमा किसानहरूलाई सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताए । तालिमले बोगटान फुड्सिल गाउँपालिकाकाको कृषिमा टेवा पुर्याउन मदत गर्नुका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भएकोले तालिमबाट सिकेका कुराहरूलाई कृषकहरूले आफै व्यवहारमा उर्तानका साथै अरूलाई सिकाउन आवश्यक रहेको समेत बताए ।
कृषकहरूलाई फलफूल सम्बन्धी विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरेको बोगटान फुड्सिल गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र विक्रम बोगटीले बताए । तालिममा गाउँपालिका अन्तरगत सबै वडाबाट २१ जना किसानहरूको सहभागिता रहेको समेत बताइएको छ । तालिम गाउँपालिका सभा हलमा सञ्चालन भएको छ ।
काठमाडौं । आज विश्व क्यान्सर दिवस । दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ अभियान सुरु गर्दैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गते आज देखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुनेछ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ ।
यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको बताए । ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ ।
अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन्’, उनले भने, ‘दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने उद्देश्य छ ।’
काठमाण्डौ -बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजी कलेजमा अध्ययरत विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत डिप्लोमा ईन बायोमेडिकल ईन्जिनियर कार्यक्रममा द्रोस्रो वर्ष ,द्रोस्रो खण्डमा अध्ययनरत तथा सम्पुर्ण डिप्लोमा तथा प्रि-डिप्लोमा कार्यक्रम अध्ययनरत विध्यार्थीहरुको आयोजनामा सरस्वती पुजा अर्थात्, श्री पञ्चमीको अवसरमा विविध प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अतिथि बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीका शिक्षालय प्रमुख खुसिराम अधिकारी ले स्वागत मन्तव्य राख्दै सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताले सम्पुर्ण विध्यार्थीहरुको शैक्षिक उन्नति कामना गर्दै आयोजक प्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै बायोमेडिकल कार्यक्रमका संंयोजक राजन शर्माले
विध्यार्थीहरुको चौतर्फी विकासका लागि विध्यार्थी द्वारा अतरिक्त कृयाकलाप गर्नु खुशीको कुरा हो, यो बालाजुमा यहाँहरुले गरेको नयाँ थालनी हो । आगामी दिनहरुमा विद्यार्थीहरुको नेतृत्व विकासमा पनि यो कार्यक्रम थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

त्यस्तै अतिथि तर्फबाट शिक्षक विनय देवकोटाले मन्तव्य राख्दै सरस्वती माताले सबैको मनमन्दिरमा बास गर्न सकुन्न बालाजु स्कुलमा अध्ययनरत सम्पुर्ण विधार्थी उन्नति प्रगतिको कामना गरेका हुन्न ।

तेस्तै कार्यक्रममा विभिन्न विषयका विध्यार्थीहरुले गित , नृत्य, गजल, मुक्तक कविता लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा अजय सिं दिपक पार्की लगाएतका विधार्थीहरु रहेका थिए ।

तिर्थ नेपाली ले संचालन गरेको कार्यक्रमको समापन राजन शर्माले गर्नुभएको थियो ।
डडेल्धुराः डडेल्धुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई संकायको पढाइ सुरु भएको छ।
उक्त मेडिकल कलेजले आईतबार देखी वीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र वीएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) को अध्यापन सुरु गरेको हो।डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा मेडिकल कलेजले सफलता पाएको बताए।
उनले अस्पतालको स्तरोन्नती गरिरहेको र भविष्यमा एमबिबिएस पढाई हुने कलेजको अनुमती पाउने लक्ष्य रहेको समेत बताए। ‘विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार छ। उनले भने, अस्पतालको अझै स्तरोन्नति गर्दै छौं। तीनसय बेडको अस्पताल बन्यो भने एमबीबीएस पढाइ हुने मेडिकल कलेज पाउने छौं।’ सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको उक्त मेडिकल कलेजले यसअघि गत वर्षदेखि बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन शुरु गरेको थियो।
यो वर्षदेखी थप दुई संकायको सञ्चालनको अनुमती पाएसँगै अध्यापन सुरु गरिएको कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए। उनका अनुसार कलेजले वीपीएचमा १० र वीएस्सी नर्सिङ मा २० जनाको कोटा पाएको थियो। तर अहिलेसम्म वीपीएचमा ५ र वीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन। १० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा गत वर्ष ८ जना भर्ना भएकोमा यसवर्ष ६ जना भर्ना भएको उनले बताए। सरकारले डडेल्धुरा अस्पताललाई २०७८ माघ १० गते मेडिकल कलेजका रुपमा विस्तार गर्ने निर्णय गरेको थियो। एमबीबीएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शैय्यामा स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शैय्यामा संचालन हुदै आएको छ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो। वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताएका छन्।
वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले जानकारी दिए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ।
यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ
डोटी ,२० माघ–डोटीमा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको छ। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ।
आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा ३ हजार ४ सय ८.६२ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ।
उक्त सुन्तला बिक्री गरेर कृषकले ८ करोड आम्दानी गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए। उक्त आर्थिक वर्षमा २ सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।
डोटीमा आर्थिक वर्ष २०७८।०७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७९।८० मा आउँदा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख अवस्थीले बताए । गत वर्षको तुलनामा यस वर्ष १ सय ६८.६२ मेट्रिक टन बढी उत्पादन भएको कार्यालयको तथ्याङ्क छ।
जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१,२,७, र बडीकेदार गाउँपालिकाको वडा नमबर १ पातल मुडा रजेडा , वडा नम्बर २ को छेडा ,कोटक्यान्या, वडा नम्बर ४को खेतालि टिमुट्ट,रनुकाँडा,पुन्तडा र वडा नम्बरको ५को लानाका बस्तीमा सुन्तला खेती विस्तारको सम्भावना छ। डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरीया ,धनगढी ,महेन्द्रनगर नेपालगंजका व्यापारीले लैजाने गरेका छन्। सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्।
डोटीमा सुन्तला उत्पादनमा बढावा दिन ज्ञान केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ भने आगामी दिनमा कृर्षि उपजलाई ब्रान्डीङ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत ज्ञान केन्द्र प्रमुख अवस्थिले बताए ।
सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् तर जिल्लाका अन्य स्थानीयतहहरुमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले ४० हजार देखी १५ लाख सम्मको सुन्तला बिक्री वितरण गर्दै आइरहेको पाइन्छ ।
पछिल्लो समयमा कृर्षि उपज सङ्कलनको लागि व्यापारीहरू किसानहरूको घरदैलोमा आउने गरेकोले किसानहरूले उत्पादन गरेका सुन्तला लगायतका कृर्षि उपजको लागि बजारीकरणको समस्या नरहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रति केजी १ सय रुपियाँमा बिक्री वितरण हुने गरेको पाइए पनि किसानहरूले तुलनात्मक रूपमा प्रति केजी ५० देखी ६१ रुपियाँका दरले बारीमा बिक्री वितरण गर्ने गरेको पाइन्छ । डोटीको लागि सुन्तलाको मुख्य बजार धनगढी, नेपालगन्ज, बुटवल, काठमाडौँ रहेको छ ।
बझाङ,,माघ १९
बझाङकाे जयपृथ्वी नगरपालिका भित्रका दुर्घटनाको अति जोखिमयुक्त स्थानहरूको पहिचान गरी शनिवार ट्राफिक सचेतना बोर्ड राखिएको छ।
वडा नं ११ को सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले “ब्ल्याक स्पट”का रूपमा चिनिएको भोपुर स्थित मोडमा यो बोर्ड स्थापना गरेको हो।
उक्त क्षेत्र सवारी साधनहरू तीव्र गति र मनोमानी गतिमा चलाइने ठाउँ भएकाले दुर्घटना बढी हुने स्थान हो।
यसलाई ध्यानमा राख्दै, सम्भावित दुर्घटनाको जोखिम घटाउन र सवारी चालकहरूलाई सचेत गराउन बोर्ड स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
बोर्ड स्थापना गरेर चालकहरूलाई सचेत बनाउन सकिने र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद कुमार बिष्टका अनुसार, यो प्रयासलाई अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना छ, स्थानीय तहसँग समन्वय गर्दै।
त्यसैगरी, तीव्र गतिमा गाडी चलाउनु, मादक पदार्थ सेवन गर्नु, यान्त्रिक गडबडी, ओभरटेक, पैदल यात्रुको लापरवाही, मौसम र सडकको दुरावस्थाजस्ता कारणहरू दुर्घटनाका प्रमुख कारक हुन्।
डोटी । प्रेस चौतारी नेपाल डोटीको अध्यक्षमा प्रेम नेपाली चयन भएका छन् ।
शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले नेपालीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा तेजबहादुर ओली, महिला उपाध्यक्षमा सुनिता धामी, सचिवमा गंगाराम कुन्जेडा, सहसचिवमा विमल रोकाया र रेखा दर्लामी तथा कोषाध्यक्षमा वसन्ती भट्टलाई चयन गरेको निवर्तमान उपाध्यक्ष सरस्वती साउदले जानकारी दिइन् ।
यस्तै सदस्यहरुमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा शिव ओली र सरस्वती साउद तथा प्रदेश प्रतिनिधिहरुमा सुनिता धामी र विष्णु कोली चयन भएका छन् ।
माघ १७ डोटी
सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख नजिर मियाँले तिनै तहका सरकार बिच समन्वय सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले नाटककार पहलमानसिंह स्वारको सम्मानमा डोटीको सिलगढीमा शुक्रवार आयोजना गरेको सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौती विषयक बिचार विमर्श तथा बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले उक्त कुरा बताएका हुन् ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाले तिनै तहका सरकार बिच एक आपसमा समन्वय सहकार्य हुन आवश्यक छ, तब मात्र सबै तहका सरकार बलियो हुन्छन् विकासले गति लिई दिगो विकास हुने बताए ।
प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त पश्चात् सुदूरपश्चिममा आउनु भएका प्रदेश प्रमुख मियाले सुदूरपश्चिम नामको सुदूरपश्चिम मात्र नभई यहाँको एकता,सत भाव हेर्दा साचीकै सुन्दर पश्चिम आएको अनुभूति भएको बताए । उनले भने सुदूरपश्चिम प्रकृतिको खानी छ यहाँ आआफ्नै प्रकारका कला, संस्कृति, भेष भूषा रहेका छन् देउडा, गजल, हुड्केली, फाँक, बिसु, कौणा, पञ्चेबाजा, जस्ता आफ्नै संस्कृतिले भरपूर्ण छ, त्यसैले यिनीहरूको जर्गेना गर्नु राज्यको दायित्व रहेको समेत बताए । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट साहित्यिक स्रष्टा बोलाई सम्मान गरेको प्रशंसा गदै साहित्यिक स्रष्टाको सदैव सम्मान गर्न आवश्यक रहेको समेत बताएका थिए ।
दिपायल सिलगढी नगरपालिका र नेपाली लेखक सङ्घ डोटीको सहकार्यमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश र भारतका विभिन्न क्षेत्रका साहित्यकारहरूले आ आफ्नो प्रस्तुति राख्नुका साथै सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौती र प्रदेशको बहुभाषिक स्थितिबारेमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा साहित्यिक पत्रकारिता र भाषाका क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको नेपाली लेखक सङ्घ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टी एन जोशीको अध्यक्षतामा सञ्चालन भएको सङ्गोष्ठीमा डोटी जिल्लाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओली र प्रदेश सभा सदस्य चक्र मल्ल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, संस्कृत बिद, साहित्यिक स्रष्टा , नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।





