२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

माघ ८, डोटी । बडीकेदार गाउँपालिका-२ पातलपुरानमा एक घरमा आगलागी भएको छ । मङ्गलवार साँझ करिब साढे ५ बजेको समयमा स्थानीय सरिता घर्तिमगरक‍ो घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बच्चाले आगो ताप्ने क्रममा आगो खेल्दा घरमा आगलागी  हुँदा ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घर जलेको हो । घर भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ता कपडा, फर्निचर लगायत घर सामान पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

डोटी ८ माघ/डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट तल खसेको थियो ।

दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ ।

डोटीको आदर्श गाउँपालिकामा बिहेको भोज खादा मानिसहरू बिरामी परेका छन् ।

यही माघ ५ गते भएको विवाहमा भोज खादा आदर्श गाउँपालिका १ बाँझको टाक ९० जना बिरामी परेको आदर्श गाउपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काले बताए

आदर्श गा.पा. वडा नं. १ बाँझ बस्ने नर बहादुर बि.क.को छोरीको विवाहमा दुलही पक्षका व्यक्तिहरूले मिति २०८१।१०।०५ गते विवाहको भोजमा सुजीको हलुवा लगायत अन्य खानाका परिकारहरू खाई भोजमा आएका मध्ये ३० जनालाई १०३ डिग्री भन्दा बढी ज्वरो आउने, बान्ता हुने र पखालाको समस्या भएको र आज मिति २०८१।१०।०६ गते दिउँसो दुलही पक्षका ६० जनाको स्वास्थ्यमा सोही समस्या देखा परेको हुँदा स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको, स्वास्थ्य शाखा प्रमुख खड्काले बताए ।

आदर्श गा.पा. स्वास्थ्य शाखाको टोली सहित उपचारमा खटिएको र निजहरूको रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परीक्षण भइरहेको,र बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

डाेटीकाे पूर्वीचौकी गाँउपालिका वडा नं.१ खीरसैन लाई जिल्लाकाे पहिलाे बालमैत्री वडा घोषणा गरिएको छ । 

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो ।

बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका बिच आज (शनिबार ) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खडकाले बालमैत्री वडा घोषणा गरेका हुन् ।

बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

५१ ओटा सूचक अन्तर्गत ८८ प्रतिशत भन्दा बढी सुचक पुरा गरेकोले सो वडा बालमैत्री घोषणा गरेको पालिका अध्यक्ष उपाध्यायले बताए ।

बालमैत्री वडा घोषणा पश्चात् यहाँका बालबालिकामा विभेद,डर, त्रास र हिंसाबाट मुक्त भएको पालिका अध्यक्ष उपाध्यायले बताए ।

बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्म दर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

वडामा भएका सबै आधारभूत कुरा पुरा गरेको वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष अंक बहादुर खड्काले बताए ।

अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्’खड्काले, भने बालबालिकाका धेरै अधिकारहरू पुरा भएका छन् , अझै पनि हामी थप काम गर्न प्रतिबद्ध छौँ ।’

बाल अधिकारका बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरी चार वटा पक्षलाई मुख्य आधार मानेका छौ ।

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय वल्र्ड भिजन इन्टरनेश्नल, समान पहुँच विकास केन्द्र (सिड) र सामुदायिक विकास केन्द्र (सिडीसी) साझेदारीले बालमैत्री भौतिक संरचना निर्माण,बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए । 

सन १९८९ नोभेम्बर २० मा बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन भइसकेपछि नेपाल एक पक्ष राष्ट्र भएको हुँदा महासन्धिले प्रबन्ध गरेका बाल अधिकारहरूलाई व्यवहारिक रूपमा प्रत्याभूत गर्ने सन्दर्भमा नीतिगत, कानुनी र संरचनात्मक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।

बालबालिका सम्बन्धी ऐन २०४८, नियमावली २०५१, बालश्रम निषेध गर्न बनेको ऐन २०५६ जारी गरी बाल अधिकारलाई कानुनी रूपमा व्यवस्थित गरेको थियो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले बाल अधिकारको प्रवर्धन गर्ने दायित्व स्थानीय निकायलाई प्रदान ग¥यो ।

नेपालको संविधान २०७२ को धारा ३९ ले बाल अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ ।

यसरी संवैधानिक र कानुनी रूपमा स्थापित भएको बाल अधिकारलाई व्यवहारिक रूपमा अभ्यास, अनुभूति र प्रयोग भएको सुनिश्चित गर्न नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ र घोषणा कार्यविधि २०६९ जारी गरी बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरेको हो ।
बदलिएको परिवेश र सङ्घीयताको कार्यान्वयन संगै जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४, निर्देशन २०७४, बाल अधिकार ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले बालमैत्री स्थानीय शासन कार्यक्रमको अवलम्बन, तयारी, र घोषणाका प्रक्रिया र सूचकहरू निर्धारण गरेको छ । 

त्यस्तै, १५ वटा संस्थागत सूचकहरू गरी जम्मा ५१ वटा सूचकहरू पुरा गरी डोटीको पहिलो वडाका रूपमा यो वडा पहिलो वडाका रुपमा स्थानीय बलमैत्रि शासान वडा घोषणा भएको छ ।

बाजुरा :  रुखबाट लडेर बाजुरामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्यायको रुखबाट लडेर मृत्यु भएको हो । 

विहीबार भैसीका लागि घर नजिकै रहेको रुखमा डाले घाँस काट्ने क्रममा रुखको हागोँ भाचिएर खसेपछि गम्भीर घाइते भएकी थिइन् । उपाध्ययलाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकी लिएकोमा घटनास्थलमै मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाँस काट्ने रुख नजिकै खानेपानीको धारा भएकाले टाउकोमा गम्भीर चोट लागेपछि मृत्यु भएको हुन सक्ने प्रहरी जनाएको छ । उपाध्याय चौपाखे सामुदायिक सिकाइ केन्द्र ब्रह्मतोलामा कार्यरत थिईन् । उनका दुई छोरा छन् ।

डोटीको पुर्वीचौकी गाउँपालिकामा सञ्चालन भएको छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मष्टामाण्डौमाध्यामीक विद्यालय पुर्वीचौकी ७ पोखरीले हात पारेको छ ।

सरस्वती माध्यामीक विद्यालय सानागाउमा यही पुस २६ गतेदेखी सञ्चालन भएको छैटौ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ५ रजक, ५ कास्य सहित माष्टामाण्डौ माध्यमिक विद्यालय पोखरी प्रथम भएको हो ।

त्यस्तै ७ स्वर्ण, १ रजक कास्य ४ सहित सरस्वती माध्यामिक विद्यालय सानागाउँ द्धितिय भएको छ भने ४ स्वर्ण ११ रजक ६ कांस्य सहित शाजेन्द्रश्वर माध्यामिक विद्यालय खिरसैन तृतीय भएको छ ।

विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्छैन माध्यामीक विद्यालय बडीकेदार २ बर्छैनले हात पारेको छ ।

बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५ स्वर्ण ६ रजक, ५ कास्य सहित बर्छैन माध्यमिक विद्यालय बर्छैन प्रथम भएको हो । त्यस्तै ९ स्वर्ण, २ रजक सहित दुर्गा माबी देवली द्धितिय भएको छ भने ३ स्वर्ण ७ रजक ७ कांस्य सहित शिबजी माबी भुज्याली तृतीय भएको छ भने ३ स्वर्ण २ रजक १ कांस्य सहित बिरेन्द्र माबी घाङगल चौथो भएको छ ।

प्रतियोगितामा सहभागी अन्य बिष्णु माध्यामीक बरलगाउँले २ स्वर्ण २ रजक ८ कांस्य प्राप्त गरेको छ । त्यस्तै लक्ष्मी माबी रिसेडीले १ स्वर्ण ६ रजक १ कांस्य प्राप्त गरेको थियो ।

त्यस्तै विष्णु माध्यामीक विद्यालय मुलेचौरले १ स्वर्ण ३ रजक २ कांस्य प्राप्त गरेको छ । भने केदारेश्वर माध्यामीक विद्यालय लानाले ० स्वर्ण २ रजक र ४ कांस्य प्राप्त गरेको छ भने जनता माबी सडेखानले ० स्वर्ण १ रजक र २ कांस्य हात पारेको छ ।

विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।














काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ।

थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ।

पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।