
बाजुराः बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
डाेटी जिल्ला स्थिति सरकारि कार्यालयबाट हुने सेवा प्रबाह सम्बन्धि सार्वजनि सुनुवाइ कार्यक्रम गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय डाेटीकाे आयाेजना पत्रकार महासंघ डाेटीकाे सहजिकरणमा शुक्रबार कार्यक्रम गरियकाे हाे ।
प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशि अध्यक्ष रहनु भएकाे कार्यक्रममा जिल्ला स्थिति सम्पुर्ण सरकारि कार्यालयका प्रमुख, उद्योगबाणिज्य संघ ,यातायात ब्यबसायी ,हाेटल व्यवसायी संघ,गैरसरकारी संस्था महासंघ , सिलगढी खानेपानी कार्यालय ,तथा नागरिक समाजका अगुवाहरु र पत्रकारहरुकाे सहभागीतामा कार्यक्रम गरिएको थियाे ।
सेवा प्रदायक संस्थामा हुने कार्य सम्पादन र नागरिककाे सन्तुटीकाे स्तर मापन गर्ने उदेश्यले कार्यक्रमकाे आयाेजना गरेकाे बताउदै प्रमुख जिल्ला अधिकारी जाेशिले याे छलफलले आफ्नाे भुमिका र ओेैचित्यता पुष्टि हुने गरि सेवाप्रदान गर्न सबै निकायका कर्मचारी लाई अनुराेध समेत गर्नु भएकाे छ ।
सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिले आफ्नाे कार्यालयमा भए गरेका कमकाे प्रगति र गर्ने कार्य प्रस्तुत गर्दै काम गर्दाका चुनाैति समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ डाेटीका अध्यक्ष प्रकाश बमले जिल्ला प्रशासन कार्यालयले आयाेजना गरेकाे याे कार्यक्रमले सरकारि कार्यालले गरेका काम सम्बन्धि जनतालाई प्रस्ट जानकारी हुने भन्दै सेवा प्रदायक संस्थाका गतिविधि जनताले नजिक बाट नियल्ने अवसर मिलेकाे बताउनु भयाे ।
जिल्ला स्थिति सरकारि कार्यालयबाट हुने सेवा प्रबाह सम्बन्धि सार्वजनि सुनुवाइ कार्यक्रम जिल्लामा याे पहिलाे पटक हाे ।
एकेन्द्र चन्द ,डोटी : नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा सुदुरपश्चिम रोयल्स बाट नेपाल प्रिमियर लिग (एनपीएलमा )मा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर नरेन साउद गृहपालिकामा सम्मानित सम्मानित भएका छन्।
उनको गृहपालिका बडिकेदार गाउँपालिकाले आज बाट सुरु भएको बडीकेदार गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अबसर पारेर नगद ३ लाख ५५ हजार रुपैयाँ र प्रमाणपत्र ले सम्मान गरेको हो ।
डोटीको पनि दुर्गममा क्षेत्रमा जन्मिएर खेलमार्फत पालिकालाइ देश बिदेशमा चिनाउ सफल नरेनलाइ नगद सहित सम्मान गरेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो ।
क्रीकेटर नरेन साउदले आफ्नै गृह पालिकामा सम्मानित हुन पाउँदा खुशी लागेको बताउदै उनले यस्ता सम्मानले खेल प्रती थप हौसला बढ्ने बताउनु भयो ।
डोटीको पूर्वीचौकी गाउपालिकामा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ ।

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता पुर्वीचौकी गाँउपालिकाको आयोजना सरस्वती माध्यमिक विद्यालय सानागाँउको सहकार्यमा आज (शुक्रबार)देखी पालिकाको वडा नं.४ सानागाउमा रहेको सरस्वती माध्यमिक विद्यालय को प्राङ्गणमा सुरु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर खड्काको सभाध्यक्षयतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष रामप्रसाद उपाध्याय रहनु भएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष पशु पति खड्का,र प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ रहनु भएको थियो ।
त्यस्तै अतिथिमा पुर्वीचौकी गाउँपालिका वडा नं.१ देखी ७ सम्मका वडा अध्यक्ष कार्यपालिका सदस्य,वडा सदस्य, शिक्षा शाखा प्रमुख, गाउँपालिका कर्मचारी,शिक्षक महासङ्घ पुर्वीचौकीका अध्यक्ष ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,शिक्षक खेलकुद प्रशिक्षक, नेपाल रेडक्रसका प्रतिनिधि र विद्यार्थिहरु को सहभागितामा कार्यक्रम गरिएको हो ।
राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा पुर्वीचौकीका ८ ओटा विद्यालय बिच विभिन्न विद्याका खेलहरूमा यही पुस २८ गते सम्म प्रतिस्पर्धा हुने छ ।
काठमाडौं : कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ। विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो।
बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्यांक अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन्।
तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन्। बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ ।
विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो।
बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन्। ‘त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरैजसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला’, उनले भने,‘कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला।’
तर शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले भने पढेर उपलब्धि हुनेमा सशङ्कित हुनेको जमात धेरै भएका कारण मौका परीक्षामा सहभागी हुन अरुचि देखिएको हुनसक्ने बताए। २१ वर्षअघि परीक्षामा अनुत्तीर्ण भएकाहरू अहिले आआफ्नो पेशा व्यवसायमा लागिसकेका हुनाले पनि परीक्षा फाराम भर्ने थोरै भएको उनको भनाइ छ।
डाेटी पुस २४—५ औँ अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डोटीको बोगटान फुडसिल गाउँपालिका वडा नं.७ चवराचौतारमा रहेको खत्याडीे माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

बेगटानफुड्सिल गाउँपालिकाले पालिकामा रहेका ९ माध्यमिक विद्यालय बिच गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै खत्याडी पहिलो भएको हो ।
खत्याडीले ९ स्वर्ण, रजत, ६ कांस्य ४ गरी जम्मा १९ पदक हात पारेकाे खत्याडि मा.वि का प्रधानाध्यापक शान्त बटालाले बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दर्जाकोट माध्यमिक विद्यालय दोस्रो भएको छ । दर्जाकोटले ६ स्वर्ण, ७ रजत, ५ कांस्य गरी जम्मा १८ पदक हात पार्दै दोस्रो भएको र भगवतेश्वर मा.वि.ले ५ स्वर्ण, १ रजत, २ कांस्य गरी ८ पदक हात पारदै तेस्रो स्थान हासिल गरेको बाेगटानफुडिसल गाउपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख चेतराज बिनाडिले जानकारी दिए ।
यहि पुस २१ गते देखी जोरा घाट मा.वी मा भएको खेल बुधवार सम्पन्न भएको हो ।
डाेटी पुस २४ —
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिबेशनबाट सर्वसहमत अध्यक्षमा किरण धामी निर्बाचित भएका छन ।
उपाध्यक्षमा कृष्ण चन्द महिला उपाध्यक्ष : लक्ष्मी खड्का सचिव तेजबहादुर डुम्रेल कोषाध्यक्ष- सीता महता सचिव : भरत बम सह-सचिव बिमला थापा सदस्यहरू बिरेन्द्र धामी मनमोहन सिं ठकुल्ला प्रशान्त ओली शुसिला पन्त शान्ति जोशी रमेश जोशी निर्बाचित भएका हुन्।
अछाम र बाजुरामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनकाे बिद्युतिय सेवा अबरुद्ध भएको छ ।
डाेटीमा रूख ढलेर तार चुँडिएपछी बाजुरा र अछामकाे बिधुत सेवा अबराेध भएकाे नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएको छ।
दिपायल- साफेबगर ३३ के.भि लाईनमा हिजो राती डाेटिकाे उडिताेलामा रूख ढलेर लाईनमा परी तार चुँडिएर बिधुत सेवा अवराेध कार्यालयले जनाएको छ।
लाईनकाे मर्मत गरि पुनः विद्युत सेवा सुचारु गराउन कर्मचारी परिचालन भईसकेका र मर्मत गरि लाईन सुचारू गर्न केहि समय लाग्ने बताईएकाे छ।
पटक- पटक बिद्युतिय सेवा अनियमित हुँदा दैनिक कामकाजमा समस्या हुनुका साथै सरकारी,गैरसरकारी कार्यालय संगै सञ्चार माध्यमका कामहरु प्रभावित बन्दै गएका छन् ।
पुस २४, डोटी ।
डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेकोे अवस्थामा मृत्युु भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनी बिहान ३ बजेदेख ६ बजे सम्मको कार्यालय ड्युटीमा थिए । ड्युटीमै भएको बेला एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारको लागि तत्काल स्थानिय बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँच पश्चात थप उपचारको लागी बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीको लागी रिफर गरिएको थियो । सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा साढे ६ बजेतिर पुर्याएको र ६ बजेर ४० मिनेटमा उनलाई डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।
पुस २३ गते, डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका –६ लामाडाडा स्थित जङ्गलमा महिलाको शव फेला परेको हो ।
मङ्गलवार बिहान ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेको अवस्थामा पुगिसकेकाले एक महिना अगाडीको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शवको साथमा ब्लाउज, व्लाकेट, स्विटर,काटा फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराइले बताए ।





