२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

काठमाडौं । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। 

तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ।  

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। 

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

डोटीमा कालाजार रोगसम्बन्धी स्वास्थ्यकर्मीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

दिपायल राजपुरमा स्वास्थ्य सेवा विभाग, इपिडेमोलोजी रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन ,जनस्वास्थ्य तथा सरुवारोग अनुसन्धान केन्द्रको आयोजनामा आईतवार अभिमुखीकरण कार्यक्रम गरिएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय डोटी र स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा डाेटीका ९ वटै पालिकाका स्वस्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मी हरुकाे सहभागीतामा कार्यक्रम भएको थियोे ।

कालाजार राेग उलमुलन कालागि सरकारकाे लिएको लक्ष्य अनुसारकाे कार्य गर्नकालागि, कालाजार राेगकाे पहिचान,उपचार र नियन्त्रणमा सहयाेग पुग्नका लागि र छालामा हुने कालाजार पहिचान , उपचारका र नियन्त्रणका लागि बिज्ञहरुकाे सहजिकरणमा अभिमुखिकरण गरिएकाे हाे ।

अभिमुखिकरण कार्यक्रमले कालाजार राेगकाे पहिचान गरि उपचारकालागि सहज हुने सहभागी ले बताए ।

कालाजार एक स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ।

विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख सङ्क्रमण हुने गरेको पाइन्छ ।

पुस २०, डोटी । डोटीमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६ दल्लेख बस्ने अन्दाजी २३ वर्षिया शान्ति नेपालीको आज (शनिवार) शङ्कास्पद मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले दिएको जानकारी अनुसार शान्तिको मृत्यु शङ्कास्पद देखिएपछि मृतकका श्रीमान् भिम नेपालीलाई नियन्त्रणमा लिइएको छ । डिएसपी भट्टराईका अनुसार मृतकका श्रीमानले बिहान करिब ४ बजे शान्तिको मृत्यु भएको शङ्कास्पद खबर माइती पक्षलाई दिएको बुझिएको छ । शान्तिको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटना बारे प्रहरीलाई जानकारी गराएका थिए ।

मृतकका काका नाता पर्ने के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ बस्ने लाले नेपालीले प्रहरी चौकी वायलमा मौफिक जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी भट्टराई बताए ।

बझाङ, १९ पुस । बझाङमा जीप दुर्घटना पाँच जनाको ज्यान गएको छ ।

गएराति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से ००१ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको बझाङ प्रहरीले जनाएको छ । 

त्यसैगरि गयराती मष्टा गाउँपालिकाको भातेखोला बाट कोटदेबल तर्फ आइरहेकोको सु प्र ००१ ज १३९८ नम्बरको जिप दुर्घटना हुँदा मष्टा १ रनाडाका धर्म थापाको मृत्यु भएको छ।

 प्रहरीका अनुसार तलकोट को धमेना हाइड्रोपावर नजिकै तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।
जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै ज्यान गएको हो भने धामीकै नातिनी छ वर्षीया आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले डिजिटल पत्रिकाको विमोचन गर्दै पत्रिका मार्फत आम जनमानसमा श्रमिकका सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

अध्यक्ष कुँवरले श्रमसम्बन्धी गतिविधि सरोकारवाला सम्म पुर्‍याउनु डिजिटल पत्रिकाको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका महिला उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख राधिका कुइँकेलले डिजिटल पत्रिकामा ट्रेड युनियन काँग्रेस आबद्ध तथा जिल्ला कार्य समितिहरूले श्रमिकका सवालमा गरेका कार्यक्रम र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा भएका श्रमिकसम्बन्धी विषय समेटिने बताउनुभयो ।

डिजिटल पत्रिकाले ट्रेड युनियन प्रति सकारात्मक भावना विकास गर्ने अपेक्षा गरिएको उपाध्यक्ष कुइँकेलले उल्लेख गर्नुभयो ।
श्रमिक पोष्ट डिजिटल पत्रिका ट्रेड युनियन काँग्रेसको वेभ साइट ntuc.org.np मा हर्न र पढ्न सकिने छ ।

आर्थिक वर्ष २०८०/०८१ मा डोटी विमानस्थलले ४ सय ७४ रुपैयाँ मात्रै आम्दानी गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।

नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसरी सञ्चालन हुन नसकेका विमानस्थलहरूमा बझाङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, कालिकोट, अछामको कमल बजार, कंगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, खोटाङको लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचौर, चितवनको मेघौली, रोल्पा, ओखलढुंगाको रुम्जाटार, सोलुखुम्बुको स्याङ्बोचे रहेका छन् । प्राधिकरणको रिपोर्टमा टीकापुरलाई बन्द विमानस्थलको सूचीमा राखेको भए पनि अहिले यो सञ्चालनमा आइसकेको छ ।
त्यसबाहेक अन्य ३५ विमानस्थल भने सञ्चालनमा छन् ।

यसरी सञ्चालित विमानस्थलमध्ये त्रिभुवन, पोखरा र गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । आन्तरिक विमानस्थलमध्ये विराटनगर, नेपालगन्ज र धनगढीलाई हब विमानस्थलको रूपमा वर्गीकरण गरिएको छ ।

यो विमानस्थलबाट विभिन्न विमानस्थलमा उडान हुने गरेको छ । बाँकी २९ विमानस्थल आन्तरिक विमानस्थल पनि अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेको विमानस्थलहरूमा बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पाको जुफल, डोटी, इलामको फाल्गुनन्द सुकिलुम्बा, गुल्मीको रेसुङ्गा छन् ।

त्यस्तै, जनकपुर, जोमसोम, जुम्ला, खानीनन्द, पोखरा, फाप्लु, राजविराज, रामेछाप, मुगुको ताल्चा, रुकुमको सल्ले, अछामको साँफेबगर, बाराको सिमरा, हुम्लाको सिमकोट, सुर्खेत, ताप्लेजुङ, सोलुखुम्बुको लुक्ला, खोटाङको थामखर्क र संखुवासभाको तुम्लिङटार विमानस्थल समेत सञ्चालनमा रहेका छन् ।

काठमाडौँ– सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ ।

नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका महासङ्घले जनाएको छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासङ्घले मिडिया मिसन खटाउनुपर्‍यो । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुव्र्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घ ठहर छ ।

सन् २०२४ मा नेपाली प्रेस जगत्ले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन । लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासङ्घले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

महासङ्घ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासङ्घले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, महासङ्घले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले जिल्ला प्रशासन कार्यालय डोटी लाई आईतवार ध्यानाकर्षण पत्र बुझाएको छ ।

हरेक जनताहरुलाई शुसासनको अनुभूति गराउन राज्यका निकायहरुले तदारुकता र जिम्मेवारी देखाउने गरि काम हुनु पर्ने भएकाले प्रशासन कार्यालयकाे ध्यानाकर्षण हुनु पर्ने रा.स्व.पा.डाेटीका सभापति केशव बलायरले बताए ।

सभापति बलायर द्वारा हस्ताक्षरित पत्रमा भनिएकाे छ ।

लामो समय देखि डोटी जिल्ला अस्पताल सम्म जाने सवारी साधन नहुदा बिरामीहरुलाई मर्का पर्दै आईरहेका छन।

दिपायलवाट आउँने सार्वजनिक सवारी साधनहरुको अन्तिम रोक्ने ठाउँ सिलगढी स्थित  प्रहरी चेक पोस्ट सम्म मात्र हुँदा दिर्घ रोग  बिरामीहरुलाई र बृद्ध आमाबुवाहरुलाई जिल्ला अस्पताल सम्म आउन असहज वातावरणको स्थिति सिर्जना भएको छ।

जिल्ला अस्पताल डोटीमा कुरुवा घर नहुदा पनि बिरामिका आफन्तहरूलाई बस्नको लागि असहज भएको ब्यापक गुनासो आएको छ।

दुई वटा नव निर्मित भवनहरुको काम ढिलासुस्ती हुँदा  अस्पतालको सेवा प्रवाहमा पनि समस्या देखिएको छ त्यसको प्रत्यक्ष प्रभाव जिल्ला अस्पताल सम्म जाने सेवाग्राहीलाई पर्दै आईरहेको छ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नि:शुल्क उपचार पाउने जेष्ठ र बिपन्न नागरिकहरुलाई अस्पताले आवश्यक सहजीकरण गर्नुपर्ने देखिन्छ।

एकातिर बिरामी शरीर अर्कोतिर उपचार नपाई फिर्ता हुनुपर्दा असाध्यै पिडा हुँदो रहेछ। नि:शुल्क उपचार लिन आउने नागरिकले ल्याउनुपर्ने अति आवश्यक कागजातको वारेमा रेडियो वा अरु सजिलो माध्यमवाट सार्वजनिक सूचनाको आह्वान गर्दा सेवाग्राहीलाई सहज हुने आम नागरिकको बुझाई रहेको छ। 

तसर्थ , माथी उल्लेखित महत्वपूर्ण र सबै जनताले भोग्दै आईरहेका  समस्याहरुलाई समाधान गर्नको लागि आवश्यक समन्वय र निर्देशन गरिदिन हुन यो पत्र मार्फत गम्भिर ध्यानाकर्षण गराउदछौ।

रा.स्व.पा डाेटीले जिल्लाका जनताले भाेगेका समस्यामा का विषयमा बेलबेलामा सम्बन्धित निकायलाई झकझक्याउदै आईरहेकाे छ ।

डाेटीमा यतिबेला भुवा पर्वकाे राैन सुरु भएकाे छ ।

शुदुरपश्चिमकाे विभिन्न जिल्लामा मनाईने भुवा पर्व डाेटीमा समेत उल्लास का साथ मनाईन्छ ।

पुस महिनाको औँसीको रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले टाउकामा सेताे पगणि ,सेताे सट र सेताे झकुलाे (सेताे जामा) लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि डाेटीमा भुवाकाे रौनक छाउन थालेको छ । 

त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व डाेटी वासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाउदै छन ।
डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ४ सानागाउँमा १९ गते रतेडि र २० गते दिउसेडी मेला हुने गरि भुवा राैनक छाएकाे हाे ।
शुदुर पश्चिमका जिल्ला हरुमा मनाइने भुवा मध्य सानागाउँकाे भुवा बिशेष रुपमा प्रख्यात रहेकाे छ ।

तिर्थ नेपाली पुस १६ काठमाण्डाै

बालाजु स्कुलमा अफ ईन्जिनियरिङ्ग कलेजमा खेलकुद सप्ताह सुरु भएको भएको छ ।

काठमाडौ महानगरपालिका वडा नं. १६ अवस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिसद् अर्न्तगत, बालाजु स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीको  ६३ औ वार्सिक उत्सवको अवसरमारास्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भने मुल नाराका साथ विद्यार्थीको चौतर्फी विकासको लागि हरेक बर्ष आयोजना गर्ने कार्यक्रम अर्न्तगत सञ्चालित खेलकुद सप्ताह यस वर्ष पनि आयोजना गारिएको बालाजुका प्रधानाध्यापक खुशीराम अधिकारीले बताए ।

खेलकुद सप्ताह अन्तर्गत म्याराथन ,चेस,ब्याट्मिटन म्युजिकल चेयर, हाजिर जवाफ,वतृत्व कला,टेबल टेनिस भलिबल ,फुटसल, क्रिकेट , बास्केटबल,टग अफ वार लगाएतका खेलहरु समावेश छ्न् ।

त्यस्तै खेलकुदले विभिन्न भूगोलबाट आएका विध्यार्थी भाईबहिनीहरुको एक अर्का प्रतिको आत्मियता सद्भाव, भाईचाराको सम्बन्ध स्थापित गर्ने माध्यम खेलकुद रहेको सप्ताहाका सयोजक सुदन भक्त अधिकारीले जानकारी गराए ।

पुस १४ गते बाट सुरु भएको खेलकुद सप्ताहको सम्पुर्ण नतिजा तथा पुरस्कार वितरण कार्यक्रम फाल्गुन १३  गते  रहेको खेलकुद संयोजक सुदन भक्त अधिकारीले बताए ।

सप्ताहाका विजेता उपविजेताहरुले मेडल ,ट्रफी ,र प्रमाणपत्र पाउनेछन् ।
वि.सं.२०४५ सालमा स्थापना भएको बालाजुमा स्कुल अफ ईन्जिनियरिङग एण्ड टेक्नोलोजीबमा ,डिप्लोम ईन सिभिल,ईन्जिनियरिङ ,डिप्लोमा ईन बायोमेडिकल ईन्जिनियरिङ ,मेकाट्रोनिक ,मेकानिकल,अटोमोबाईल ,ईलेक्ट्रीकल ,प्रमाणपत्र तह अप्थालमिक साईन्स र प्रि- डिप्लोमा तह ईलेक्ट्रीकाल ,मेकानिकल लगाएतका कार्यक्रमहरु अध्यापन गराईन्छ ।

ईन्जिनियरिङ उत्पादन प्रतिष्ठित कलेजको रुपमा बालाजुलाई लिईन्छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।