२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटीको पूर्विचाैकी गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तरगत पालिका स्तरीय एक  दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वीचाैकि गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सोमबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएकाे कार्यक्रममा पालिका उपाध्यक्ष पशुपति खड्का,प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जाेशि, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरू, पालिकाको विषयगत शाखा प्रमुख, ग्लोबल आइ.एम.ई बैंक पूर्वीचाैकी शाखाका प्रतिनिधि,एन.आइ.सि.एसिया लघुवित्त वित्तीय संस्था पूर्वीचाैकी शाखाका प्रतिनिधि ,उद्योग वाणिज्य सङ्घ डोटीका प्रतिनिधि, सातै वडाका कर्मचारी लगायतकाले उपस्थिति रहेको थियो ।

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम पालिकामा रहेका बेरोजगार व्यक्ति ,रोजगारीको खोजीमा रहेको व्यक्ति ,वैदेशिक रोजगार बाट फर्किएका व्यक्ति र राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरूको अभिलेख ,पहिचान गरी रोजगारी सृजना गर्न पालिका लागि पर्नु विषयमा छलफल गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण रोजगार संयोजक हरिभक्त साउँदले गर्दै आर्थिक वर्ष २०८३/०८४को लागि रोजगारीमा संलग्न हन चाहने बेरोजगार व्यक्तिले यही चैत्र मसान्तसम्म नजिकैको वडा कार्यालयमा निवेदन पेस गर्न अनुरोध समेत गरेका छा । 

डोटीको पूर्वीचाैकी गाउँपालिकामा बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तरगत पोषण खाद्य सुरक्षा निर्देशन समिति पदाधिकारी र विषयगत शाखा सँग एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

शुक्रवार पूर्वीचाैकी गाउँपालिका बहु क्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पालिका अध्यक्ष रामप्रसाद उपाध्यायको सभापतित्व ,पालिका उपाध्यक्ष पशुपति खड्का आतिथ्य ,पालिका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशी, कार्यपालिका सदस्य ,पालिका विषयगत शाखा प्रमुख ,गैरसरकारी महासङ्घका प्रतिनिधि ,उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायतकाे उपस्थितमा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बहु क्षेत्रीय पोषण कार्यक्रमका लागि संघ सरकार बाट स्वीकृत बजेटको जानकारी सँगै बजेट कार्यान्वयनकाे शिर्षक बारे अभिमुखीकरण गरी  पोषण सहजकर्ता मेनका कुमारी खड्का कुवरले बताइन ।

अत्तरिया – प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ मतदाताबीच पुगेर धन्यवाद तथा आभार व्यक्त गरिरहेका छन्।

निर्वाचन सम्पन्न भएपछि बिष्टले गाउँ–टोलमा पुगेर शुभेच्छुक, समर्थक तथा मतदाताहरूसँग भेटघाट गर्दै निराश नहुन आग्रह गरेका छन्। उनले मतदाताको गाउँ टोलमा पुगेर प्रत्यक्ष रूपमा धन्यवाद व्यक्त गर्दै चुनावमा साथ र समर्थन दिएकोमा कृतज्ञता प्रकट गरेका हुन्।

बिष्टले प्रतिनिधि सभा निर्वाचनमा मतदाताहरूले दिएको अमूल्य मत, विश्वास र साथका लागि आफू हृदयदेखि नै आभारी रहेको बताए। उनले सम्भव भएसम्म सम्पूर्ण मतदाताको गाउँ टोलमा पुगेर धन्यवाद व्यक्त गर्ने अवसर पाएको उल्लेख गर्दै मतदाताहरूले देखाएको आत्मीयता, माया र समर्थनले आफूलाई अझै जनताको सेवामा काम गर्न थप प्रेरणा दिएको बताए।

उनले मतदाताले देखाएको विश्वासलाई सधैं सम्मान गर्दै यस क्षेत्रको विकास, समृद्धि र जनताको हितका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन् । गाउँ पुगेका आनन्दलाई मतदाताले आफूहरुलाई नछाड्न बताएका छन् । उनीहरुले निर्वाचनमा पराजय भए पनि क्षेत्र नम्बर ४ का जनताको दु:ख सुखमा साथमा रहिरहन बताएका छन् ।

तिर्थ नेपाली
काठमाण्डौ
सुदूरपश्चिमको मौलिक संस्कृतिलाई समेटिएको नयाँ देउडा गीत ‘मुटुका अन्तर बोल’ सार्वजनिक भएको छ। शनिवार सार्वजनिक गरिएको उक्त गीतमा नवउद्यमान मोडल कैलाश तिरुवा र चाँदनी बडैलाको अभिनय देख्न सकिन्छ।

गीतमा चर्चित देउडा गायिका लक्ष्मी नेपाली र शुवास सिंहको स्वर रहेको छ भने संगीत प्रकाश सिंह कोलीले भरेका छन्। गीत खप्तड म्युजिक नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा सुदूरपश्चिममा प्रचलित देउडा खेललाई समावेश गरिएको छ। भिडियोमा डोटीको प्रसिद्ध शैलेश्वरी लगायत पश्चिमतिर प्रचलित माया–पिरतीका प्रसंगहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। विशेषगरी “हिट बाइजाउ धनगढी तिर” भन्ने टुक्का अहिले सामाजिक सञ्जालमा निकै भाइरल बन्न थालेको छ।

गीतको भिडियो निर्देशन तथा भने लय संगीत पनि प्रकाश सिंह कोलीकै रहेको छ भने गीतको शब्द कुमार मटेलीको रहेको बताइएको छ।

नव उदयमान मोडल कैलाश तिरुवाले ‘मुटुका अन्तर बोल’ गीतमा आफूले गरेको अभिनयप्रति दर्शक–स्रोताको सल्लाह र सुझाव अत्यन्त महत्वपूर्ण हुने बताए। उनले गीतलाई माया गरिदिन सम्पूर्ण दर्शक तथा स्रोतासँग आग्रह समेत गरेका छन्।

गायिका लक्ष्मी नेपालीले यसअघि पनि धेरै देउडा गीतहरूमा आफ्नो आवाज दिएकी छन्। उनका गीतहरू दर्शक–स्रोतामाझ निकै लोकप्रिय रहँदै आएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डाेटी बाट ५२ हजार ४८५ मतदाताले मतदान गरेका छन ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि जम्मा ५२ हजार ४८५ जनाले मतदान गरेका छन् ।

काठमाण्डौ: मौन अवधि शुरू भएसँगै निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी बढाएको छ । यस पटक चुनावको प्रचारको समयदेखि नै सामाजिक सञ्जालको निगरानी र आचारसंहिता विपरीत भएमा कारबाहीलाई तीव्र बनाएको आयोगले मौन अवधिमा सामाजिक सञ्जालको निगरानी बढाएको हो ।

अघिल्ला चुनावहरूमा मौन अवधिका बेला भोजभतेर तथा पैसाको लेनदेन, दबाव जस्ता गतिविधि बढी निगरानीमा पर्ने गरेकामा यस पटक सामाजिक सञ्जालको दुरुपयोग सबैभन्दा मुख्य विषय बनेको छ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी अन्तिम समयमा उम्मेदवारहरूले विभिन्न हल्लाहरू पनि चलाउन सक्ने, शुभेच्छुक र शुभचिन्तकहरूले त्यस्ता सामग्रीहरूको दुरुपयोग गर्ने सम्भावना धेरै रहेकोले त्यसतर्फ निगरानी बढाएको बताउनुभयो । यदि त्यस्तो दुरुपयोग भएको पाइएमा उम्मेदवार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्ने उहाँको चेतावनी छ ।

पर्सि बिहीवार हुने चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । मौन अवधिमा दल तथा उम्मेदवारले कुनै पनि प्रचारप्रसार, छलफल, सभा, भोजभतेर वा मत माग्ने गतिविधि गर्न पाइँदैन ।

मौन अवधिको पालना नगरी मतदातालाई प्रभावित पार्ने, प्रलोभन दिने वा निषेधित गतिविधि गर्ने प्रवृत्तिले चुनावको मर्यादा र स्वच्छता खल्बल्याउने खतरा रहने भएकोले यसको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ । निगरानी कडा पारेको र आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने आयोगको चेतावनी छ ।

बैतडीः आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडी जिल्लास्थित भारतसँग जोडिएको झुलाघाट नाका तीन दिनका लागि बन्द गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नाका बन्द गरिनेछ।
फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका पूर्ण रूपमा बन्द रहने जनाइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यो निर्णय गरिएको हो।

जिल्लाको करिब ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बिओपीमार्फत निगरानी बढाइएको जिल्ला सुरक्षा समिति बैतडीले जनाएको छ।

यस्तै, जिल्लाको तल्लोसोराड क्षेत्रमा पर्ने महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि निर्वाचन अवधिभर पूर्ण रूपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए।

यसअघि पनि निर्वाचनका बेला ७२ घण्टा सीमानाका बन्द गर्ने प्रचलन रहँदै आएको छ। अत्यावश्यक काम परेमा भने दुवै देशको आपसी समन्वयमा नाका खोल्न सकिने बताइएको छ।

डोटीको पूर्विचाैकी गाउँपालिकामा बाल क्लबका पदाधिकारीहरूका लागि क्षमता  विकास तालिम सञ्चालन गरिएको छ ।

पूर्वीचौकी गाउँपालिकाको आयोजना,वर्ल्ड भिजन  ईन्टरनेस्नल नेपाल तथा समान पहुँच विकास केन्द्र (सिड) नेपालको सहयोगमा शुक्रवार देखि तालिम सञ्चालन भएको हो ।

वडा तथा पालिका स्तरीय बाल क्लबका २७ जना बालबालिका सहभागी रहेको तालिम ३दिन सम्म सञ्चालन हुने पूर्विचाैकी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।

३ दिने क्षमता विकास तालिममा बाल अधिकार, बालश्रम, नेतृत्व विकास, बाल क्लबका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार, प्रजनन स्वास्थ्य, बालविवाह, बाल संरक्षण, अनलाइन सुरक्षा, बालश्रम, मानव बेचबिखन, पर्यावरण मैत्री वातावरण सम्बन्धी जानकारी गराइने शाखा संयोजक साउदले जानकारी दिए

तालिममा ५ जना प्रशिक्षकहरूले तालिम प्रदान गर्ने बताएको छ ।

डोटीको पूर्विचाैकी गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल  पुनः गठन गरिएको छ ।

अघिल्लो कार्यसमितिको समयावधि सकिए पछि बुधवार सञ्जाल पुनः गठन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा संयोजक हरिभक्त साउदले बताए ।

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता पालिका उपाध्यक्ष पशुपति खड्का ,नि.प्रमुख प्रशासकीय अधिकृत गगन भण्डारीको आतिथ्यमा सञ्जालको पुनः गठन गरिएको हो ।

पुनः गठित बाल संजालकाे अध्यक्षमा पूर्विचाैकी गाउँपालिका वडा नं. ४ सानागाउका विवेक खड्का ,उपाध्यक्षमा पूर्विचाैकी गाउँपालिका वडा नं. ७ पाेखरिका भागरति साउद,सचिवमा पूर्विचाैकी गाउँपालिका वडा नं. २ बगलेकका धन बहादुर भुल,सह- सचिवमा पूर्विचाैकी गाउँपालिका वडा नं. ६ गाँजरिका सेती कुमारी भुल,काेषाध्यक्षमा पूर्विचाैकी गाउँपालिका वडा नं. १ खिरसैनका प्रकाश डाैडी ,सदस्यमा लक्ष्मी नेपाली,प्रकाश धामी ,पार्वती नेपाली,दुर्गा बटाला,शिव भुल, र गोविन्द नेपाली गरी एघार सदस्यीय समिति चयन गरिएको संयोजक साउदले बताए ।

यस गाउँपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लबका प्रतिनिधीहरुको भेलाले सञ्जाल पुन:गठन गरेको हो ।

बालबालिकाको क्षेत्रमा छुट्टिने बजेट परिचालन गरी बालबालिकाको हितमा लगाउने, बाल विवाह न्यूनीकरण तथा सर्वाङ्गीण विकासका लागि पालिका स्तरीय बाल सञ्जालले काम गर्ने बताइएको छ ।

माघ ६-

डोटीको बडिकेदार गाउँपालिकामा लागुपदार्थ दुरुपयोग, छाउपडी प्रथा तथा बालविवाह न्यूनीकरणसम्बन्धी ३ दिने सचेतनामूलक तथा किशोरी आत्म–सुरक्षा कार्यक्रम सुरु भएको छ ।

फागुन ०६ गतेदेखि ०८ गतेसम्म बर्छैन माध्यमिक विद्यालय, बर्छैनमा सञ्चालन गरिएको उक्त कार्यक्रम समता विकास नेपाल, डोटी का प्रतिनिधि रोशन कोलीको सभाध्यक्षतामा तथा बडिकेदार गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा किशोरीहरूलाई लागु पदार्थको दुरुपयोगबाट हुने असर, छाउपडी प्रथाका स्वास्थ्य जोखिम, बालविवाहका कानुनी तथा सामाजिक प्रभावका विषयमा जानकारी दिइनुका साथै आत्म–सुरक्षासम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको थियो।

स्थानीय तहमा विद्यमान सामाजिक विकृति न्यूनीकरण गर्दै किशोरीहरूलाई सचेत, आत्मविश्वासी र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको आयोजना बडिकेदार गाउँपालिका, डोटीले गरेको थियो भने सहजीकरण समता विकास नेपाल, डोटीले गरेको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।