
सुदूरपश्चिम प्रदेशमा आज पुसे १५(पन्ध्रकी रात ) पर्व मनाइने गरिन्छ । हरेक वर्ष पुस १५ गते मनाइने पुसे पन्ध्रमा रातभरि दन्त्य कथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड, निसौसे रोटी लगायत मिठा परिकारहरू पकाएर खाने चलन रहेको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाइ गर्ने चलन रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए ।
यस दिन डोटेली संस्कृति अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर सुदूरपश्चिम बासीले पुसे १५ मनाउने गर्छन् । यो पर्वलाई ‘पन्ध्रकी रात’ पनि भन्ने चलन रही आएको छ । पुस पन्ध्रका राति टोल छिमेकका भेला भएर मुढाको आगो बालेर ताप्ने, जाग्राम बस्ने, चामलको पिठोबाट बनेको निसौसे रोटी, तरुल, पिँडालु, सखरखण्ड, फर्सी लगायतका खानेकुराहरू खाने र दन्त्य कथा भन्ने सुन्ने, सुनाउने समेत गरिन्छ ।
पर्व मनाउन एक ठाउँमा भेला भई मुढाको आगो ताप्नुपर्ने र एक–आपसमा हाँसो—ठट्टा गरी रमाइलो गर्दै रात बिताउने चलन पनि रही आएको छ । आज अर्थात् पुस पन्ध्रको रातको लागि के–के पकाउने भन्ने दिउँसो नै तयारी स्वरूप हरेक घरका गृहिणी खानाका मीठा परिकार पकाउने तयारीमा लागेका हुन्छन् । सो पर्वमा विवाहित छोरी बेटीहरूलाई समेत माइती घरमा आमन्त्रण गरी स्वागत एवम् सत्कार गर्ने चलन पनि रहेको छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको छ ।
घरको बुढ्यौली अर्थात् पाको मान्छेले दन्त्य कथा र बातै सुनाउने र आगो ताप्दै सुन्ने गरिन्छ । पुस १५ को यो अवसरले पुराना संस्कार सिक्न पाउने एक अवसर पनि रहेको छ । तर आधुनिक प्रविधिको विकास, आधुनिकतातिर ढल्कँदै गएको समाज र व्यस्त समयका कारण यो प्रचलन पातलिँदै गएको भन्ने बुढ्यौलीको गुनासो रही आएको छ ।
डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
३९ वर्षीया भूमिसरा खड्काको आज सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु स्थानीयले बताए छन् ।
उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाएर उनी तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको स्थानीय उमेश साउँदले जानकारी दिए ।मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।
आज पुस १५, डोटी लगायत सुदूरपश्चिमका जिल्लामा ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो ।
आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ ।
यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ ।
कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । सिलगढी, दिपायल,बिपिनगर लगायत डोटीका विभिन्न बजारमा केही दीन पहिला देखी नै यस्ता तरुल, सखरखण्ड लगायतको व्यापार सुरु भएको थियो ।
पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिढीबाट अर्को पिढीमा सम्झिदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउदै यो पर्व मनाउदै आईएको छ ।
पुर्वजका पाला देखि चल्दै आएका चाडपर्वहरु र यी चाडपर्वहरु मनाउने तिथि मितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरन्जन लिने र दिने सोचका साथ तय गरेको पाईन्छ ।
यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वहरु अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात पुसे पन्ध्र । गहुँ छरिसके पछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाको रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुसपन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वको रुपमा पनि अर्थाइएको पाइन्छ ।
सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीका रुपमा लिन सकिने साहित्यकार हेमन्त विवस बताउँनु हुन्छ । उहाँले भने,‘पुसे पन्ध्र जुन सदियौदेखि चल्दै आएको पर्व हो ।
जहाँ केटाकेटीहरु देखि बुढापकाहरुसम्मले मनोरञ्जन लिने गर्दछन् । समाजशास्त्रीय आँखाले हेर्ने हो भने यो पर्वलाई सामाजिक सद्भाव बढाउने अपनत्वको आभाष दिलाउने र नैतिकताको पाठ सिकाउने महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ ।’
घरघरबाट बिभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने बाडिचुडि खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्दछ । एउटा जिज्ञाषापूर्ण पलको सिर्जना गर्दछ ।
सहयोगी भावना र आफुभन्दा ठुलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्न समेत सघाउ पु¥याउँछ ।
रातभर बिभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने सुनाउने साथै गीत संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुसपन्ध्रलाई ।
जसले युवा युवतीहरुमा सिर्जनात्मक कलाको समेत बिकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पु¥याउँछ । यो पर्व स्वतन्त्रताको प्रतीक पनि हो ।
डोटीमा झुन्डिएको अवस्थामा एक युवकको सव फेला परेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घोल्तडा बस्ने बालु राम कोलिका छोरा बर्ष २९ का कमलेश कोलिको सव फेला परेको ईलाका प्रहरी कार्यालय डोटीले जनाएको छ । आज बिहान आफू सुत्ने कोठाको पंखाको सिलिङ्गमा दोपट्टाको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको सोहि वडाका वडा अध्यक्ष गणेश भण्डारीले जनकारि दिएका छन् ।
घटना के कति कारणले घटेको हो भन्ने एकिन नभएको उक्त घटनामा खटिएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नाइब उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।
पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।
पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ ।
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।
विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको सम्वद्ध जानकारको भनाइ छ ।
मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ ।
गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरे बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हिजोदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो ।
आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।
विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद हरूले आग्रह गरेका छन् ।
धनगढीः मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मिको धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक हुन्।
प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडी सवार शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन्।
धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो। सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले परीक्षा र रजिष्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भए हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिष्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन।
यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ।
शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसदमा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिष्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो ।
तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट संकलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिष्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो ।
अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो ।
बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिष्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिष्ट्रेसन फारामबापत विद्यार्थीले ३०० रुपैयाँ तिर्दै आएका छन् ।
त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसइई० का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत ५०० रुपैयाँ राजस्व तिर्दै आएका छन् ।
कक्षा ११ मा रजिष्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई ६०० रुपैयाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिष्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ ।
शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ। परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ ।
विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो।
साथै रजिष्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न टोलहरुलाइ छाउपडी गोठ मुक्त टोल घोषणा गरिएका छन्। वडा नम्बर ६ को गाबर, डाँडागाउँ, कफल्तडि टोल लाई छाउपडी गोठ मुक्तटोल घोषणा गरिएको हो।
सृजनशील स्वास्थ्य आमा समूहको सक्रियतामा वडास्तरीय बालअधिकार समिति सामुदायिक विकास मञ्च डोटी लगायत वडा नम्बर ६ को वडा कार्यालयको सक्रियतामा छाउपडी गोठ मुक्त टोल घोषणा गरिएको हो।
सबै प्रकारको बिभेद अन्त गर्नको लागी सरोकार वालाले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
छाउपडी कु प्रथाले किसोरि, महिला बालबालिकामा असर पर्ने भएकाले यसको अन्त्यका लागि स्थानीय सरकार राजनीतिक दलका बुद्धिजिबि लगायत आम नागरिकले जनचेतना जगाउदै एक जुट भएर लाग्नु पर्ने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।
देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको स्थानीयले बताएका छ्न ।

एकेन्द्र चन्द,डोटी/ विगतमा घरायसी प्रयोगका लागि मात्रै आलु खेती गर्दै आएका डोटीका किसान अहिले व्यावसायिक आलु खेती तर्फ आकर्षित भएका छन् ।
डोटीमा १ हजार ३ सय ६५ हेक्टर जमिनमा हिउँदेआलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

चक्लावन्दिमा आलु खेति तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अहिले जिल्लाको शिखर नगरपालिका, केआई सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका किसानहरुले चक्लावन्दिमा आलु खेति गरिरहेका छ्न ।
जिल्लामा लगभग २ सय जनाको हाराहारीमा ब्यवसायिक आलु खेती गर्ने किसानको संख्या रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्तथिले बताउनुभयो।
शिखर नगरपालिका- १ कपल्लेकी (गुठेउरी)का किसान इन्द्र खत्रीले १५ रोपनी जमिनमा हिउँदे आलु खेती गर्नु भएको छ।
गाउँ सम्म पुग्ने सडक निर्माण भएको भएपनी यो बर्ष रोड सफाइको काम नहुदा आलु लगायत कृषि उपजहरु बजार सम्म पुर्याउन समस्या हुने उहाँले बताउनु भयो ।
पोहोर साल केजिको ४० रुपैयाँ सम्ममा आलु बिक्रि गरेको बताउदै आलु खेती लगायत टमाटर लसुन लगायतको खेती गर्दै आएका छु कृषि गरेर छोरा छोरी लगायत घर खर्च चलाउन सहज भएको उहाँले बताउनु भयो ।
हिउँदे आलुमा देखिने रोग किराको लागि निःशुल्क रुपमा विषादी बिउ आलुमा अनुदान यस वर्षबाट नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मलचिङमा आलु खेती विस्तार र जसले कम पानीमा पनि आलुको उत्पादन बढाउन सकिने लगायत सिचाईमा पनि सघाउने गरेको छौ यो वर्ष पनि आलुको अवस्था राम्रो रहेको छ ।
मौसमले साथ दियो भने यस वर्ष हिउँदे आलुको उत्पादन बढ्ने आँकलन रहेको प्रमुख अवस्तथिले बताउनु भयो ।
किसानहरूले लसुन खेती पनि गर्दै आएका र धेरै जस्तो झारपातको समस्या हुने गरेको छ। यसलाई रोक्न यस वर्षदेखि नयाँ प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङमा लसुन खेती गर्ने कार्यक्रम समेत सुरु भएको उहाँले बताउनुभयो ।
पछिल्लो समय डोटीमा व्यवसायिक कृषि पेशा गर्नेको संख्या समेत वृद्धि हुँदै गएको देखिन्छ ।





