२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं.३ काे कानाचाैरबाट २८० जना बसाइ सरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालय बाट यश वर्ष सबै भन्दा बढीले बसाई सराइको सिफारिस लिएको वडा सचिव केसर सिंह बुढा ले बताए ।

यो क्षेत्रमा भौगोलिक विकटता, विद्धुत,सञ्चार,सडक, गुणस्तरीय शिक्षा,स्वास्थ्य  जनताको पहुँचमा नहुनु , र स्थानीय सरकारले जनतालाई आयआर्जन मुखी बनाउन नसक्दा र रोजगारी सृजना गर्न नसके कारण बसाई सराई दर बढेको स्थानीय ले बताए ।

यो क्षेत्रमा जे गरे पनि बसाइ सराई रोक्न नसकिने वडा अध्यक्ष कृष्ण बहादुर बमले बताए । उनले भने आजभोलि सबै रोजगारीका लागि भारत र अन्य तेस्रो मुलुक जान्छन् उतैबाट तराई तिर घर वास जाेड्छन, हुने खाने पहिल्यै गइसके आज भोलि सबै जेनतेन गरेर पैसा जम्मा गर्छन् हिन्छन ।

मानिसलाई जति जति सेवा सुभिदा भयो झन् बढी सुविधा खाेज्छन त्यस कारण बसाई सराई रोक्ने कुरा चुनौती भएको अध्यक्ष बमले बताए । 

यसरी पहाड बाट बर्सेनि बसाइ सराई बढ्दै जानुले सरकार जनता प्रति उत्तरदायी नभएको देखिएको छ ।

डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं. ३ कानाचाैरमा आज (शनिवार) सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

बाेगटानफुडसिल गाउँपालिका वडा नं. ३ को आयोजना ,सिड नेपाल डोटी र यु,एम,एन को सहयोगमा आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

वडा सचिव केसर सिंह बुढा हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा स्थानीयले
फलफूलका बिरुवामा लागेको बिरुवा को निराकरण गर्नु पर्ने ,खेलकुदको बजेट योजना बनाई विनियोजन हुनु पर्ने, वडा कार्यालयमा कृषि प्राविधिक हुनु पर्ने, योजनाको काम अनुगमन गरिनु पर्ने,लगायतका विषयमा सवाल जवाफ भएको थियो।

कार्यक्रमका प्रमुख जबाफदेही वक्ता वडा  अध्यक्ष कृष्ण बहादुर बम आफूले चाहेर पनि सोचे अनुसारको काम गर्न नसकेको बताउँदै,पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको सबै समस्या  सम्बोधन गर्न नसके पनि आगामिदिन मा सम्बोधन हुने बताएका छन् ।

डोटीको बाेगटानफुडसिल गाउँपालिकाको केदारअखडामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।

गाउँपालिकाको वडा नम्बर–२ को वडा कार्यालय केदारअखडाले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगतिसहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका कार्यपालिकाको कार्यालयले वडामा गरेको अघिल्लो आर्थिक वर्षमा गरेका कार्य प्रगति प्रस्तुत गरेको छ ।

वडा सचिव जगत् बमले हालसम्म गरेका प्रगतिको प्रतिवेदन सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाइमा गोरेटो बाटोहरूको स्तरोन्नति हुनु पर्ने, केदारअखडा प्राथमिक स्वस्थ केन्द्र देखि मल्लो चाल्स सम्म जाने सडक सुचारु हुनु पर्ने ,लक्षित बर्गकाे दलितको लागि बजेट विनियोजन हुनु पर्ने,कृषि समूह गठन गरी बजेट व्यवस्थापन हुनुपर्ने लगायतका
विषयमा छलफल भएको थियो

सार्वजनिक सुनुवाइका प्रमुख जबाफदेही वक्ता वडा  अध्यक्ष भरत बमले आफूले चाहेर पनि साेचे अनुसारकाे काम गर्न नसकेको बताउँदै,पालिकाबाट आउने बजेट कम हुने हुँदा वडा बासिन्दाको समस्या समयमै सम्बोधन गर्न नसके पनि आफ्नो कार्यकाल भित्रै सम्बोधनको भरपुर प्रयास रहने बताए ।


डोटीको बाेगटानफुडसिल गाउँपालिका वडा नं ५ धिर्कामाण्डाैमा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न भएको छ ।

बिहीबार  बाेगटानफुडसिल गाउँपालिका वडा नं ५को आयोजना सिड नेपाल डोटीको आर्थिक सहयोगमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा विशेष गरी सडकको स्तराेन्नति हुनु पर्ने, सञ्चारको सबै ठाउमा २४ घण्टा पहुँच हुनुपर्ने, वडा स्तरमा हुने निर्माण का कार्यहरू उपभोक्ता समिति  मार्फत गरिनु पर्ने, पालिकाले सहकारी सञ्चालन कार्यविधि बनाई सहकारी सञ्चालनका लागि पहल गरिनु पर्ने ,सहकारी र वडाकाे सम्झौता अनुसारको काम हुनु पर्ने , सिचाई कुलाेहरु मर्मत तथा निर्माण गरिनु पर्ने ,सबै टोलहरू महिला स्वास्थ्य स्वयम सेवीकाको पहुँच हुनु पर्ने,मदिरा नियन्त्रणका लागि गरिएका कदम अगाडि बढ्नु पर्ने ,उपभोक्ता समिति गठन गर्दा आफु अनुकुलका व्यक्ति नहुनु पर्ने र विद्धुत विस्तारका क्रममा गरेका कामकाे भुक्तानी हुनु पर्ने लगायतका विषयमा प्रश्न माथि छलफल गरिएको थियो ।

वडा कार्यालयका विभिन्न गतिविधि हरू सबै संग छलफल गरेरै सञ्चालन भएको भन्दै ,सार्वजनिक सुनुवाइ मा उठेका प्रश्न र सुझाव लाई आगामी दिनमा सम्बोधन गर्ने वडा अध्यक्ष राम बहादुर बोहराले प्रतिबद्धता गर्नु भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।