
डोटीको पूर्वीचौकी गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूसँग वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऊँ भन्ने मूल नाराका साथ सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
पूर्वीचौकी गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा मङ्गलवार वैदेशिक रोजगार बाट फर्किएका व्यक्तिहरू सँग एक दिने अभिमुखीकरण कार्यक्रम तथा पालिका स्तरीय आप्रवासी श्रमिक सञ्जाल गठनपालिका स्तरीय आप्रवासी श्रमिक सञ्जाल गठन गरिएको रोजगार संयोजक हरिभक्त साउदले बताए ।
पूर्वीचाैकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता बसेको बैठकले पालिका स्तरीय आप्रवासी श्रमिक सञ्जालको अध्यक्षमा पूर्वीचाैकी गाउँपालिका वडा नं. ५ काडामाण्डाै डोटीका गणेश ब. बोगटी अध्यक्ष , उपाध्यक्षमा पूर्वीचाैकी गाउँपालिका वडा नं.६ गाँजरिका यशोदा कुँवर,सदस्यमा पूर्वीचाैकी गाउँपालिका वडा नं. १ खिरसैनका सुमित्रा खड्का ,पूर्वीचाैकी गाउँपालिका वडा नं. २ का कम्मर सिं ठकुल्ला,पूर्वीचाैकी गाउँपालिका वडा नं. ३ का मनीषा धामी, पूर्वीचाैकी गाउँपालिका वडा नं.४ का विष्णु बि.क.,पूर्वीचाैकी गाउँपालिका वडा नं. ७ का बिस्ना खड्का गरी सात सदस्यीय समिति गठन गएको छ ।
वैदेशिक रोजगारीमा संलग्न घरपरिवारका सदस्यहरूलाई एकबद्ध बनाउने र सङ्गठित गराउने, आप्रवासी श्रमिक तथा तिनका परिवारको क्षमता विकासमा सहयोग पुर्याउने वैदेशिक रोजगारीलाई शोषणमुक्त सुरक्षित व्यवस्थित गर्न प्रतिफलयुक्त रोजगारी र अधिकारको प्रत्याभूतिका लागि सरकार लगायत सबै सरोकारवालासँग समन्वय र सहकार्य गराउन , वैदेशिक रोजगारीमा संलग्न कामदार र तिनका परिवारको श्रम र रोजगारी सम्बन्धी हक र हितको सुनिश्चितता गरी सोको संवर्द्धन र प्रवर्धन गराउने, आप्रवासी श्रमिक तथा तिनका परिवारले चुकाउनुपर्ने सामाजिक मूल्यलाई न्यूनीकरण गराउने वैदेशिक रोजगारबाट आर्जन भएको पुँजी सीप प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।
डोटीको पूर्विचाैकी गाउँपालिकामा एच.पि.भि खोप अभियानको पहिलो दिनमै एक सय सोह्र छात्रा तथा किशोरीहरूलाई एच.पि.भि खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख पूर्ण धानुकले जानकारी दिए ।

मङ्गलवार देखि सुरु भएको खोप अभियान पालिका भरिका १५ विद्यालयमा फागुन १ गते सम्म संचालन हुने शाखा प्रमुख धानुकले बताए ।

पाठेघर को मुखको क्यान्सर विरुद्धको खोप एच.पि.भि खोप पालिका भरिका दुई सय बहत्तर जना कक्षा छ मा अध्ययनरत छात्रा तथा दस वर्ष देखि चौध वर्ष भित्रका किशोरीलाई लगाइँदै छ ।

डाेटी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिकाले वडाबाटै योजना सम्झौता सुरु गरेको छ ।
गाउँपालिकाको कार्य योजना अन्तर्गत प्रत्येक वडाबाटै योजना सम्झौता गर्न शुरु गरिएको हो ।
गाउँपालिकाले मंगलबार देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको गाउपालिका प्रमुख प्रशासकीय अधिकृत देवि प्रसाद जाेशिले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित पहिलो दिन मंगलबार वडा नं २ बगलेक र वडा नं.६ गाँजरि पुगेर योजना सम्झौता गरेको हो ।
मंगलबार वडामा चालु आर्थिक वर्षमा छनौट भएका योजनाको सम्झौता तथा उपभोक्त समितिका पदाधिकारीलाई अभिमुखिकरण समेत गरिएको पालिकाले जानकारी दिएकाे छ ।

पुर्वीचाैकी गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको प्रशासकीय अधिकृत जाेशिले बताए ।
प्रमुख प्रशासकीय अधिकृत जाेशिले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दु ख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताए ।

गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । पुर्वीचाैकीले सबै वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिने जनाएको छ ।
माघ २६-
एकेन्द्र चन्द ,
डोटी : सुन्तलाजात फलफुल खेतीलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सुन्तलाजात फलफुल जोनले जिल्लास्तरीय सुन्तलाजात फलफुल खेती सम्बन्धी उन्नत प्रविधि तालिम हिजो आइतबार देखि बडीकेदार गाउँपालिकाको खड्यौलीमा सुरु भएको छ। २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तीनदिने तालिममा स्थानीय कृषक तथा प्राविधिकहरूको सहभागिता रहेको छ।
बडीकेदार गाउँपालिकाका प्राविधिक तथा सुन्तलाजात फलफुल खेतीमा संलग्न २१ जना उद्यमी कृषकसहित ३१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममा सुन्तलाजात फलफुल खेतीलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन आवश्यक उन्नत प्रविधि, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने बताएको छ ।
माघ २६
एकेन्द्र चन्द
बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको बडीकेदार गाउँपालिकाको स्वाथ्य शाखाले आयोजना गरेको अभिमुखीकरणमा कुपोषणका कारण बालबालिकाहरुमा हुने मृत्यूदर, होचो पुड्को हुने, ख्याउटे, उमेर अनुसारको तौल नहुने उमेर अनुसारको उचाइ नहुने साथै शारीरिक र मानसिक समस्या समाधानलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
साथै पालिकाले बडीकेदार गाउँपालिका भित्र पोषण सम्बन्धि गरेका कामहरुको प्रतिबेदन पनि प्रस्तुत गरेको थियो ।
सुनौला हजार दिनका आमाहरुलाइ अनुदान लगायतका काम गरिरहेको र गाउँपालिका भित्र ४ सय ५६ सुनौला हजार दिनका आमाहरु रहेका सिअहेब अधिकृत तथा बडीकेदार गाउँपालिकाका पोषण संयोजक खडक धामिले बताउनुभयो ।
पोषणका कारण प्रजनन उमेर समूहका युवायुवतीमा समस्या नहाेस् भन्नका लागि सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले त्यसबारे जानकारी गराउनुका साथै जनचेतना जगाउनसमेत कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो ।
माघ २५ –
डोटी : स्थानीय सरकार जनताको नजिक पुग्ने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने अभ्यासलाई मजबुत र योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनु पर्ने लगायत उपभोक्ता समितिको समय, खर्च र झन्झट कम गर्ने उद्देश्यले
बडीकेदार गाउँपालिका डोटीले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिका र वडा स्तरका योजनाहरू वडा–वडामै पुगेर सम्झौता गर्ने अभियान सुरु गरेको छ।
गाउँपालिका तथा वडाबाट छनोट भएका योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्नका लागि माघ १५ गतेदेखि वडा–वडामा पुगेर सम्झौता प्रक्रिया सुरु गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताउनु भयो । उहाँले साथै वडा स्तरमा उपभोक्त समितिका पदाधिकारीहरुलाइ योजना प्रभाबकारी रुपमा सम्प्नन्न गर्नका लागि अनुशिक्षण समेत दिएको बताउनु भयो ।
विकास निर्माणका काम गर्न उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता रहेको र गाउँपालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमै योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका काम समयमै सम्पन्न हुन नसकेका कारण जनताको घर–आँगनमै पुगेर सेवा दिने दिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो ।
स्थानीय सरकारले नागरिकको घर–आँगनमै पुगेर सेवा दिनुपर्छ गत वर्षहरूमा पनि गाउँपालिकाले वडा तहमा पुगेर योजनाको मात्रै सम्झौता गरेको र केही जहज भएको बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरि विष्ट कलेलले बताउनुभयो।
बडीकेदार गाउँपालिकाले ५ वटै वडामा कुल ८२ वटा योजना को सम्झौता सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
बैतडी: बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।
विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले दिएको जानकारी अनुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी छन् ।
यसैगरी बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।
यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ ।
अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर कच्याककुचुक भएको छ ।
प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी डाेटीले फलफुल वितरण गरेकाे छ ।
बिहीबार जिल्ला अस्पताल डाेटीमा रहेका बिरामीहरूलाई प्रेस चौतारी नेपालले फलफुल वितरण गरेको जिल्ला अध्यक्ष प्रेम नेपमलिले बताए ।
दिवसको अवसरमा डोटी शाखाले जिल्ला अस्पताल डोटीमा रहेका १५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको हाे ।
दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासि अस्पतालका मेसु सन्तोष कुमार गुप्ता, जिल्ला समन्वय समिति डोटी उप-प्रमुख स्मृति चुनारा बि.क नेपाल पत्रकार महासङ्घ डोटी शाखा अध्यक्ष प्रकाश बम नेपाल प्रेस युनियन डोटीशाखा अध्यक्ष चक्र कुवँर प्रेस सेन्टर डोटी शाखा अध्यक्ष किरण धामी लगायतकाे सहभागीतामा फलफुल वितरण गरिएकाे छ ।
डाेटीकाे पूर्वीचाैकी गाउपालिकामा पाठेघरकाे मुखको क्यान्सर बिरुद्धकाे नियमित एच.पि.भि.खाेप अभियान २०८२ संचालनका लागि पालिका स्तरीय खाेप समन्वय समितिकाे अभिमुखिकरण गाेष्ठि सम्पन्न गरिएकाे छ ।
गाउपालिकाकाे सभाहलमा बुधबार खाेप समन्वय समिति र सराेकार वालाकाे सहभागीतामा गाेष्ठि सम्पन्न भएकाे हाे ।
यहि माघ २७ गते पालिका भित्रका १५ विद्यालयमा खाेप संचालन हुने स्वास्थ्य शाखा प्रमुख पुर्ण धानुकले बताए ।
पालिका भरिका दस बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय बाहिर रहेका किशोरी र कक्षा ६ मा अध्यनरत दुइ सय बहत्तर जाना छात्राहरुमा खाेप लागाईने शाखा प्रमुख धानुकले जानकारी दिए ।
डोटीमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित एच.पी.भी खोप अभियान यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको निर्देशनमा आर्थिक वर्ष २०८२\८३ का लागि सञ्चालन हुन लागेको उक्त अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सम्पूर्ण छात्रा तथा विद्यालय नजाने किशोरीहरूलाई खोप लगाइने भएको हो ।
यसै गरी, गत वर्षको अभियानमा छुटेका कक्षा ७ मा अध्ययनरत छात्राहरूलाई पनि यस पटक खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यश वर्ष डोटीमा करिब २ हजार ५ सय ८३ किशोरीहरूमा खोप लगाउने लक्ष्य रहेको बताएको छ ।
खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक सोमबार डोटीमा सम्पन्न भएको छ।





