
माघ १७-डोटी –
डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय डाेटीकाे सरकारी गाडी जिल्लाको अमरगढी नगरपालिका ११, रडुवा खोला स्थित केआईसिंह राजमार्गमा दुर्घटना भएको हो।
डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ।
घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन्।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
डोटीको पूर्वीचौकीमा गाउपालिकामा सञ्चालित अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता मष्टामाण्डौ माध्यमिक विद्यालय पूर्वीचौकी ७ पोखरीले जितेको छ।
पूर्वीचौकीको मुकाममा रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न ७ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधिमा मष्टामाण्डौ माध्यमिक विद्यालयले ९ स्वर्ण १० रजत र ६ कांस्य पदकका साथ रनिङ शिल्ड जित्न सफल भएको हो।

शाजेन्द्रश्वर माध्यमिक विद्यालय पूर्वीचौकी १,खिरसैनले ९ स्वर्ण ८ रजत र १० कांस्य पदकसहित द्वितीय भएको छ। त्यस्तै ५ स्वर्ण ३ रजत र ५ कांस्य सहित नेत्रेश्वरी माध्यमिक विद्यालय पूर्वीचौकी २ बगलेक तेस्रो भएको छ ।

यस अघि पनि अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पनि मष्टामाण्डौ माध्यमिक विद्यालयले नै हात पारेको थियो ।
पुस २६ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
डाेटीकाे पूर्विचाैकी गाउपालिकामा माध्यामिक विद्यालय स्तरिय साताैं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगीता शुक्रवार देखि सुरु भएको छ।
पूर्विचाैकी गमउपमलिका डाेटीकाे आयाेजनामा
“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद”भन्ने मुल नाराका साथ वडा नम्बर ४ सानागाउमा रहेको सरस्वती माध्यमिक बिद्यालयकाे खेलमैदानमा प्रतियोगिता सुरु भएकाे हाे ।
गाउपालिका अध्यक्ष रामप्रसाद उपाध्यायकाे अध्यक्षतामा सञ्चालन भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंह रहेका थिए । भने विशिष्ट अतिथि पालिका उपाध्यक्ष पशुपति खड्का रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सिंहले खेल क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादन गर्न रनिङ्ग शिल्ड प्रतियोगीताकोे विशेष भुमिका रहेको बताए । खेलकुदको विकासको साथै शिक्षामा उच्चस्तर कायम गर्न स्थानिय सरकार,शिक्षक अभिभावक र विद्यार्थीहरुलाई सक्रिय रुपमा लाग्न आग्रह गरे ।
अहिलेका बालबालिका भविष्यका जिम्मेवार व्यक्ति भएकाले अनुशासित भएर अगाडी बढेमा हरेक क्षेत्रको प्रतिनिधित्व गर्दै देशको नेतृव्त गर्न सक्ने विश्वाश व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा पालिका अध्यक्ष उपाध्यायले सहभागी खेलाडीहरुलाई अनुशासनमा रहेर खेल प्रर्दशन गरी जिल्ला देखि प्रदेश स्तरको खेलमा छनोट हुन शुभकामना दिए ।
विकास र सुशासनको क्षेत्रमा काम गरि रहदा भौगोलिक समस्याका कारण सोचे जति सफलता हात पार्न नसकेको उनको भनाई छ।
गाँउपालिका भित्रका ८ वटा विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागीता रहेकाे छ। उनीहरूले भलिबल सहित हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, सटपुट, दौड, कबड्डी लगायत अन्य विधाका खेलमा प्रतिस्पर्धा गर्ने छन्।
डोटीमा मोटरसाइकलको ठक्करबाट एक महिलाकाे मृत्यु भएको छ।
शिखर नगरपालिका–१० बान्डुङग्रीसैन स्थित के.आई.सिंह राजमार्गमा धनगढीबाट दिपायल तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षकी तारा देवी बलायरको मृत्यु भएको हो।
शुक्रवार दिउँसो ३ः१५ बजे मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन्।
उनलाई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा सोही दिन साँझ ६ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
ग्लोबल आई. एम. ई. बैंक पूर्विचाैकि शाखाले वित्तीय साक्षरता एवं डिजिटल बैंकिङ सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार डोटीको पूर्विचाैकि गाउँपालिका वडा नं. ६ गाजरिमा रहेको शिशु सुधार माध्यमिक विद्यालयमा कार्यक्रम गरेकाे हो ।

विद्यार्थीहरूलाई पैसाको सही उपयोग, बचतको महत्त्व तथा अहिलेको डिजिटल युगमा डिजिटल बैंकिङ कारोबारमा कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्नेबारे कार्यक्रममा जानकारी गराइएको ग्लोबल आई. एम. ई. बैंक पूर्विचाैकि शाखा प्रमुख डबल बोहराले बताए ।

यो कार्यक्रम ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको हो।
कार्यक्रममा कक्षा नौ र कक्षा दसका ६३ जना विद्यार्थीको उपस्थिति रहेको थियो ।
डोटीमा आपाङ्गता भएका परिवार लाइ राहत सहयोग वितरण गरिएको छ ।
पुर्वीचौकी गाउँपालिका वडा नं.४ विरधन निवासी नारायण सिंहका परिवार लाइ बिहिवार राहत वितरण गरिएको हो ।
पुर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्काले हिजो राहत सामाग्री चामल,दाल,नुन,तेल,कम्मल,र न्यानो लुगाहरू वितरण गर्नु भएको छ ।

सामुदायीक रेडियो स्मार्ट एफ.एम.को फेसबुक पेज बाट पारिवारिक स्थिति सम्बन्धि समाचार प्रसारण भए पछि राहत वितरण भएको हो ।
गाउँपालिकाले सिंहका १२ बर्सिया छोरा नवीनको अपाङ्गता परिचय पत्र बनाइ दिने र उपचारको लागी आवश्यक सहयोग गरिदिने र परिवारको माग अनुसार परिवार लाइ आयस्रोत सँग जोड्ने गरी सहयोग गर्न पालिका तयार रहेको उपाध्यक्ष खड्का बताउनु भयो ।
विरधन निवासी सिंहको ६ जना परिवार मध्य ४ जना सदस्य अपाङ्ग र सुस्त मनस्थिति भएका छन् ।
घर मुली नारायण सिंह आफू पनि ७१ वर्षीय वृद्ध अवस्थामा भएका कारण कष्टकर जीवन बिताइ रहनु भएको छ ।
डाेटीकाे पूर्वीचौकी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही पुस २६ गते देखि संचालन हुने जानकारी दिइएको छ ।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पालिकाको वडा नं.४ सानागाउमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिता पालिका स्तरीय खेल पर्वको रूपमा मनाउन र विद्यार्थी खेलाडीहरूको स्वच्छ प्रतिस्पर्धा प्रदर्शन गर्न अवसर प्रदान गर्नको लागि आयोजना हुने र राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) अनुसार अनुसूची ४ मा समावेश भएका खेलाडीहरू बिच प्रतियोगिता सञ्चालन हुने खेलकुद सहजकर्ता दीपेन्द्र बहादुर कठायतले बताए।
पालिका भित्रका सम्पूर्ण माध्यमिक विद्यालयले आफ्नो विद्यालयका खेलाडी छनोट गरी विद्यार्थीहरूको नामावली र खेल शिक्षकको विवरण यही मिति २०८२ पुस २४ गतेभित्र आयोजकलाई बुझाउनुहुन अनुरोध समेत गरिएको छ।
मंसिर २६
एकेन्द्र चन्द डोटी : सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा गणेशराज जोशी नियुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोटीको बडीकेदार गाउँपालिका निवासी जोशीलाई समितिको कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
मन्त्रीस्तरीय निर्णयानुसार बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश, २०७७ को दफा ६ को उपदफा (१) बमोजिमको कार्यकारी अधिकृत पदमा सोही गठन आदेशमा उल्लेखित सेवा सुविधा पाउनेगरी ४ वर्षका लागि जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनाइएको छ।
२५ मंसिर, डोटी,
नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट पुर्व स्ववियु सभापति श्याम राज ओझा सिफारिस भएका छन ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति रहदा अत्यन्तै प्रभावशाली र बौद्धिक मानिएका युवा नेता श्याम राज ओझा नेपाली कांग्रेसको तर्फबाट डोटी प्रतिनिधि सभामा उम्मेदवारका लागि सिफारिस भएका हुन ।
विश्वविद्यालयको स्ववियु सभापतिमा Man Of The Election भएर जितेका ओझालाई युवाहरूको ठुलो साथ रहने आकलन गरिएको छ।
सम्भावित उम्मेदवारको रुपमा सिफारिस भएपछि उनीप्रति जिल्लाका युवाहरुबाट ठूलो समर्थन आउने अनुमान गरिएको छ ।
जिल्ला कार्यसमिति सभापति नरेन्द्रबहादुर सिंहले बिहीबार प्रत्यक्षतर्फ १७ जनाको नाम सुदूरपश्चिम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेका हुन् ।
यस्तै समानुपातिकतर्फ सात जनाको नाम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरिएको छ ।
काे काे सिफारिस भए हेर्नुहाेस


मंसिर १८, डोटी । डोटीमा जिप दुर्घटना भएको छ । डोटी प्रहरीका अनुसार सायल गाउँपालिका–४ खालीखोला बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कञ्चनपुरको पुनर्वास–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सु.प.प्र. ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । सायलबाट दिपायलतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा आदर्श-७ की ५४ वर्षिया हरिदेवी कापडी, सायल-२ का ३१ वर्षका दिल्ली राज ओझा, ४० वर्षका भोजराज ओझा, भोजराजका ११ वर्षका छोरा आमत ओझा, सायल-४ का ४३ वर्षका टेकराज ओझा र चालक थापा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको जानकारी प्राप्त भएको छ ।
जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान जारी छ ।





