
१७ गते ,एकेन्द्र चन्द डोटी :
डोटीमा पनि ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको संवर्द्धन भन्ने मुल नाराका साथ जिल्लाको बडीकेदार गाउँपालिका लगायतका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बडीकेदार गाउँपालिकाको सहयोगमा मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजको आयोजनामा पालिकाका ५ वटै वडाका अपाङ्गता भएका ब्यक्तीहरुको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
एकीकृत समाज निर्माणको लागि अपाङ्गता भएका ब्यक्तिहरुले पनि महत्त्वपूर्ण भुमिका खेलेको बताउदै अपंगता भएका ब्यक्तिहरुलाइ पहिले भन्दा अहिले गर्ने ब्यवहार अलि कति भएपनी फरक भएको बडीकेदार गाउँपालिकाका शिक्षा अधिकृत बिबेक देउबाले बताउनु भयो ।
पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुला विभिन्न सहयोग देखि कार्यक्रमहरु गर्दै आएको र स्वयंम ब्यक्तिले पनि अधिकार मात्र नखोजेर कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ पालिकाले स्वास्थ उपचारका, विभिन्न तालिम गरिरहेको र आगामी दिनमा के कस्ता योजनाहरु बनाउदा अपाङ्गता भएका ब्यक्तीहरुलाई बढी फाइदा हुन्छ त्यस्ता किसिमका योजना ल्याउन बडीकेदार गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत शेर बहादुर बुढाले बताउनु भयो ।
अपाङ्गता वा बिशेष क्षमता भएका व्यक्ति भनेर चिनिने मानिसहरुलाई घर,परिवार तथा समुदायबाट सम्मान गर्नु पर्छ । सरकारी तहबाट हुने सार्वजनिक सेवा सेवामैत्री हुनुपर्ने तथा उनिहरुले मनोबल नगुमाइ सशक्त रुपले अगाडि बढनु पर्ने कुरामा कार्यक्रमका सहभागीहरुले बताउनु भएको छ ।
नेपालको संविधानले अपाङ्ग मैत्री सरकारी भवन हुनु पर्ने भनिएकोले त्यही अनुसारका अपाङ्ग मैत्री भवन निर्माण हुनु पर्ने सहभागीहरुको जोड रहेको थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुलाइ विभिन्न सहयोगि सामाग्री प्रदान गर्दै आएको विभिन्न वडामा गठन भएका समितीहरुले पनि आफुलाइ चाहिने किसिमका योहनाहरु ल्याउनु पर्ने र कम्तिमा पालिका सम्म पुगेर आफ्ना योजनाहरु सुनाउनु पर्ने मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजका अध्यक्ष खडक बोहाराले बताउनु भयो ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत करार कर्मचारी असिस्टेन्ट सब इन्जिनियर खेम धानुक, अमर बोगटी र कार्यालय प्रमुख देवी प्रसाद जोशी बिच विवाद भए पछि कार्यपालिकाको निर्णय अनुसार करार सम्झौता रद्द गरिएको कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
गाउँपालिकाको कार्यालयले कार्यपालिकाको निर्णय मिति २०८२।१०।१०गते गलत जनाइ सार्वजनिक सूचना प्रवाह गरी कार्यालयको वातावरणमा असर पुग्ने गरी पदीय मर्यादा जिम्मेवारी भूमिका निर्वाह गर्न नसकेको भन्दै नेपाल कर्मचारी युनियन डोटीले र निजामती कर्मचारी स्थानीय समिति पुर्विचौकीले आपत्ति जनाएको छ ।

कार्यालयको कामकाजको विषयलाई लिएर सामान्य विवाद हुँदा स्पष्टीकरणका कुनै प्रक्रिया नअपनाई कार्यपालिकाको निर्णय मिति समेत गलत उल्लेख गरी के कसरी कुन मनसायले हटाएको हो भन्ने कुरा प्रस्ट नभएका कारण यसरी कर्मचारीको मनोबल घट्ने कार्य गरेकोमा नेपाल कर्मचारी युनियन डोटीले र निजामती कर्मचारी स्थानीय समिति पुर्विचौकीको ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कार्यालयले मिति २०८२ मङ्सिर ११ गते एक सूचना जारी गर्दै भनिएको छ , करार सेवामा कार्यरत असिस्टेन्ट सब इन्जिनियर खेम धानुक र अमर बोगटीले कार्यालयको कार्य वातावरणमा असर पुग्ने गरी र कार्यालय सँग भएको सम्झौता उलङ्घन गरेको पदीय मर्यादा र जिम्मेवारीको भूमिका निर्वाह गर्न नसकेको र कार्यालय भित्र अनुशासन हीन काम गरेको,निजहरूको कार्य सम्पादन सन्तोषजनक नभएकाले निजहरूसँगको करार सम्झौता रद्द गरिएको छ ।
गाउपालिकाले जारि गरिएकाे सुचनामा कार्यपालिकाकाे निर्णयमिती सच्याएर पालिकाेकाे वेब साईडमा अपलाेड गरिएकाे छ । यश विषयमा कार्यालय प्रमुख संग थप बुझ्न खाेज्दा कार्यालय प्रमुख कार्यालय बाहिर रहेकाे र फाेन मार्फत कुनै प्रतिक्रिया दिईएकाे छैन ।

डोटी- डोटीको दक्षिण भेगमा रहेको बडी केदार गाउँपालिका वडा नम्बर – १ बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । बडी केदार गाउँपालिका जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका केही वडाहरूलाई
लक्षित गरेर इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेसँगै इलाका प्रशासन स्वीकृत भएको हो ।
नागरिकता राहदानी ,राष्ट्रिय परिचयपत्र ,मतदातानवलि लगायतका सेवा लिन जिल्ला सदरमुकाम सिलगढी पुग्न यस क्षेत्रका नागरिकलाई कठिनाइ हुने गरेको छ ।
नागरिकको वर्षौँ देखिको माग पूरा भएको छ अब नागरिकता बनाउनकै लागि कम्तीमा दुई तीन दिनको समय र ८र१०हजार रुपियाँ बचत हुने र शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा लगायतका सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको बडी केदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनु भयो ।
सङ्घीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले सामान्य कामका लागि पनि सदरमुकाम धाउनु नपर्ने जोरायल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।
एकेन्द्र चन्द
डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको सातौं स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्छैन माध्यामीक विद्यालय बडीकेदार २ बर्छैनले हात पारेको छ ।
बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन भएको सातौं स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण ६ रजक, २ कास्य सहित बर्छैन माध्यमिक विद्यालय बर्छैन प्रथम भएको हो ।
त्यस्तै ५ स्वर्ण, ८ रजक ९ कास्य सहित शिबजी माध्यामिक बिधालय भुज्याली द्धितिय भएको छ ।
५ स्वर्ण ३ रजक ३ कास्य सहित दुर्गा माध्यामिक विद्यालय
देवली तृतीय भएको छ
त्यसै २ स्वण ६ रजक १ कास्य सहित केदारेश्वर माद्यामिक विद्यालय लाना चौथो भएको छ ।
प्रतियोगितामा सहभागी बिष्णु माध्यामीक बरलगाउँले २ स्वर्ण १ रजक ४ कांस्य प्राप्त गरेको छ । बिरेन्द्र माबी घाङ्गलले १ स्वर्ण १ रजक र ४ कास्य प्राप्त गरेको छ ।

त्यस्तै लक्ष्मी माबी रिसेडीले स्वर्ण ० रजक १ र कांस्य ४ प्राप्त गरेको थियो ।
त्यस्तै विष्णु माध्यामीक विद्यालय मुलेचौरले स्वर्ण ०
रजक ३ कांस्य २ प्राप्त गरेको छ भने जनता माबी सडेखानले ० स्वर्ण १ रजक र १ कांस्य हात पारेको छ ।
विभिन्न ३० विद्यामा सञ्चालन भएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिएको थियो ।
एकेन्द्र चन्द डोटी : बडीकेदार गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार बाट सुरु भएको छ ।
बडिकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो। उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख मियाँले बिकासको कुरामा अमेरिका जतिनै अगाडि बढ्न नसकेको भए पनि नेपालका कुना कब्जामा समेत बिकास निर्माणका कार्य क्रमश अगाडि बढ्दै गएको र बिकास निर्माण सबै मिलेर अगाडि बढ्ने भएकोले सकारात्मक सोचले नै बिकास निर्माण हुने कुरामा जोड दिनु भयो ।
यस ठाउँका पनि कयौं युबाले खेलकुद मार्फत राष्ट्रलाई देश तथा बिदेशमा चिनाउन सफल भएको उहाँले बताउनु बताउनु भयो । आफुहरुले सहज रुपमा स्कुल पढ्न सक्ने बाताबरण नभए पनि अहिलेको अवस्था निकै फरक रहेको र सहज भएको प्रदेश प्रमुख मियाँले बताउनु भयो ।
दृढ़ इच्छा शक्तिका साथ आफुले रुचि राखेको खेलमा निरन्तरता दिन सक्यो भने पालिका हुँदै प्रदेश र राष्ट्रलाई नै चिनाउन सकिने सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद चक्रबहादुर मल्लले बताउनु भयो। उहाँले बडीकेदार गाउँपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धामको विकास गर्न सके यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने पनि बताउनु भयो। त्यस्तै सांसद मल्लले सहजपुर – बिपिनगर बोगटान – दिपाय सडक कालोपत्रको लागि आवस्यक पहल पनि भैरहेको बताउनु भयो ।
मेहनत गर्यो भने एक दिन पक्कै सफल हुने बताउँदै बडिकेदारकै माटोमा हुर्किएका नरेन साउदले र बोगटानमा जन्मिएका लोकेश बमले अहिले खेलकुद क्रीकेटको माध्यम बाट देश बिदेश चिनाउन सफल भएको र सफल हुनको
लागि मेहनत आवश्यक रहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो । उहाँले प्रदेश सरकार बाट बितरित योजनाहरुको काम चैतमा सम्झौता भएर असारमा कामै नगरी भुक्तानि हुने गरेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले हरेक कामको जफाब स्थानिय सरकारले दिनु परेको बताउनु भयो ।
खेलकुदका माध्यम बाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट ( कलेलले ) बताउनु भयो । उहाँले रोडहेडका बिधालय भन्दा पनि समग्र बडीकेदार गाउँपालिकाका बाटाघाट बिधालयहरुको अवस्था हेरेर बजेटको ब्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । सहजपुर बोगटान सडकलाई अझै पनि सौतेनी ब्यवहार गरिरहेकोमा उहाँले असन्तुष्टि राख्नु भएको थियो ।
खेलकुद मानव जीवनको महत्वपूर्ण पाटो भएकाले विद्यार्थीले समेत आफ्नो जीवन बनाउने लक्ष्य पूर्वाधार लगायतका विषयमा अझै लगानी गर्नुपर्ने बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विवेक देउबाले बताउनुभयो।
उद्घाटन कार्यक्रमको सुरुमा ९ वटै बिद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।
१ मंसिर २०८२
बंगलादेशको अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हत्या र दमनको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको हो।
जनआन्दोलनपछि सत्ताच्युत भएकी हसिना विगत १५ महिनादेखि भारतमा शरण लिइरहेकी छिन् र उनको अनुपस्थितिमा नै यो फैसला सुनाइएको हो। फैसला सार्वजनिक भएसँगै बंगलादेशमा हिंसा भड्किएको छ र सरकारले देशभर उच्च सतर्कता अपनाएको छ।
अदालतको निर्णयपछि हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न राजधानी ढाकामा १५,००० सुरक्षाकर्मी परिचालन गरिएको छ। ढाका महानगरीय प्रहरीले हिंसात्मक प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली चलाउन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शनिबार र आइतबार गरी ढाकामा कम्तीमा दुईवटा बसमा आगजनी गरिएको थियो।
न्यायाधिकरणले हसिना र कमाललाई हत्याको आदेश दिएको र त्यसका लागि उक्साएकोमा दोषी ठहर गर्दै बंगलादेशमा रहेको उनीहरूको सम्पूर्ण सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।
•
डोटीको पुर्वीचौकी गाँउपालिका वडा १ तल्लो फुलोटमा मंगलबार झुन्डीयको अवस्थामा फेला परेकी जानकी खड्काको हत्या भएको भन्दै आफन्तले अपराधिलाइ कार्बाहिको माग गरेका छन ।
मृतक जानकी खड्काले सुसाइड नोटमा उल्लेख गरे अनुसार डोटीको शिखर नगर पालिका वडा नं.११ घर भइ जिल्ला शिक्षा समन्वय इकाइ डोटीमा कार्यरत गणेश रावलले फसायको भन्दै दोशिलाइ कानुन अनुसारको कावार्ही हुनु पर्ने मृतकका काका मकर खड्काले बताए ।
उनले भने जानकीले सुसाइड नोटमा लेखेकी छन मलाइ फसाउने गणेश रावलहो त्यसकारण यो सब भएको हो । बेला बेलामा फोनगरेर आफुसंग बिबाह नगरे परिवारका सबैलाइ मार्ने धम्की दिने गरेको र जानकीलाइ मर्न बाध्य बानाउने सोहि ब्यक्ती भएको भन्दै आबश्यक कानुनि कार्वाहि हुनु पर्ने बताए ।
मृतकका आफन्तको जाहेरी आधारमा र सुसाइट नोटका आधारका सोहि ब्यक्तीलाइ नियन्त्रमा लिइ सकेको र आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक रामचन्द्र जोशि बताए ।
मृतक खड्का सोमबार बिहान १० बजे तिर घरमा कसैलाई केही जानकारी नदिई घरबाट हिँडेकी उनी राति अबेर सम्म घर नआए पछि परिवारले खोजी गर्दा मङ्गलवार बिहान घर देखी करिब ७०० मिटर उत्तर तर्फ उतिसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।
मृतक जानकी बाजुराको बुडीगङगा नगरपालिका वडा नं.५ मा रहेको भानोदय नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षिका पनि हुन उनी दसै र तिहार बिदामा घर आएकी थिइन् ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा एक युवति झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
गाउँपालिकाको वडा नं.१ तल्लो फुलोट घर भएकी २७ बर्षिया जानकी खड्का घर नजिकै रुखमा झुन्डिएको अवस्थामा परेकी हुन् ।
मृतक खड्का सोमबार बिहान १० बजे तिर घरमा कसैलाई केही जानकारी नदिई घरबाट हिँडेकी उनी राति अबेर सम्म घर नआए पछि परिवारले खोजी गर्दा मङ्गलवार बिहान घर देखी करिब ७०० मिटर उत्तर तर्फ उतिसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।
शव पोष्टमाटमको लागी जिल्ला अस्पताल डोटीमा लगी सकिएको प्रहरीले जनाएको छ ।
मृतकको मोबाइलको कभरमा सुसाइड नोट पनि भेटिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतक जानकी बाजुराको बुडीगङगा नगरपालिका वडा नं.५ मा रहेको भानोदय नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षिका पनि हुन उनी दसै र तिहार बिदामा घर आएकी थिइन् ।
डोटी – डोटीको बडी केदारमा धाममा तीन दिन धार्मिक मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडी केदार धाममा यहीँ कार्तिक १६,१७ र १८ गते धार्मिक मेला लाग्ने भएको छ।
बडी केदार धामलाई ठुला केदारको नामले पनि चिनिँदै आएको । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडी केदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका बडी केदार धामका मुख्य पुजारी सिद्ध राज बिनाडिले बताउनु भयो ।
बडी केदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको बिपी नगर, खँड्यौली बजार अत्तरकाडा बजार हुँदै पार्किङ सम्म सडक सुविधा रहेको छ। सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडी केदार धाममा पुग्न सकिने बडी केदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका निवर्तमान कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडिले बताउनु भयो ।
धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडी केदार क्षेत्रको विकास र प्रचारप्रसार हुन नसकेको स्थानीयले बताउने गरेका छन् ।
बडी केदार धाममा तीन चार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुण्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।
काठमाडौं। राजनीतिक आडमा मनी लाउन्ड्रिङ र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका अध्यक्ष साहिल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवालविरुद्ध चारवटा सरकारी निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्।
शंकर ग्रुपमा देउवाको लगानी रहेको र उक्त लगानी हिल्टन होटलमा पनि भएको चर्चा पछि हिल्टन होटलमाथि जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो। जेनजी आन्दोलनका अगुवाहरुद्वारा असोज २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा (दर्ता नं C-०१८२०२) सम्पत्ति छानबिनको उजुरी परेपछि अख्तियार संगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुट्टै फाइल खोलेर अनुसन्धान अघि बढाएका हुन्।
उच्च स्रोतका अनुसार, भट्ट र अग्रवालले राजनीतिक पहुँचको दुरुपयोग गर्दै अरबौं रकमको हेरफेर गरेका छन्। उनीहरूले श्रीमती, सासू र अन्य आफन्तका नाममा कम्पनी दर्ता गरी बैंक खाता खोलेर ‘प्लेसमेन्ट र लेयरिङ’ को माध्यमबाट मनी लाउन्ड्रिङको प्रक्रिया सञ्चालन गरेको प्रारम्भिक निष्कर्ष अनुसन्धान निकायले निकालेको छ। नेपाल बीमा प्राधिकरणले यसबारे पहिले नै सूचनाप्राप्त भए पनि अनुसन्धान नगरी फाइल थन्क्याएको बताइन्छ। हाल ती सबै कम्पनी र बैंक खाता पुनःअनुसन्धानको दायरामा आएका छन्।
२०७८ असार १३ देखि १६ गतेबीच नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको जगदम्बा स्टीलको खाताबाट दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ स्थानान्तरण भएको तथ्य फेला परेको छ। यो रकम मनी लाउन्ड्रिङसँग सम्बन्धित शंकास्पद कारोबारको रूपमा फाइलमा परेको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष दबाबमा सम्बन्धित निकायले अनुसन्धान नगरी फाइल उल्टै नेपाल राष्ट्र बैंकमा फिर्ता पठाएको स्रोतले जनाएको छ।
त्यसैगरी, शंकर समूहका अग्रवाल दाजुभाई सँग सम्बन्धित ६ अर्ब ६० करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार पनि पुनःअनुसन्धानको प्रक्रियामा आएको छ। केही वर्षअघि राजस्व अनुसन्धान विभागले यसबारे प्रारम्भिक छानबिन सुरु गरे पनि भट्टको राजनीतिक प्रभावमा फाइल रोकिएको थियो। एक पूर्व अनुसन्धान अधिकृतका अनुसार अग्रवालका कर्मचारीका खातामा समेत करोडौँ रुपैयाँ जम्मा भइरहेका थिए। स्रोतका अनुसार, अनुसन्धान अघि बढ्दै गर्दा भट्टको दबाबपछि सम्बन्धित अधिकृतको सरुवा गरियो र फाइल थन्कियो।
दीपक भट्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ तिनै नेताहरु सँग निकट थिए। राजनीतिक संरक्षणकै कारण उनले हिमालयन रिइन्स्योरेन्सदेखि जीवन, निर्जीवन र लघुबीमा कम्पनीसम्मका लाइसेन्स सहजै पाएका थिए। उनका सम्बन्ध तत्कालीन अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र ऊर्जामन्त्री दीपक खड्कासँग पनि जोडिएका थिए। एक उद्योगीका अनुसार, ओलीको पालामा भट्टले बीमा कम्पनीको लाइसेन्स पाए भने देउवाको पालामा त्यसको विस्तार गरे। ‘दुवै सरकारमा उनी समान रूपमा प्रभावशाली बने,’ एक उद्योगीले भने, ‘उनी राजनीतिक शक्ति र पैसाबीचको कडी बनेका थिए।’
स्रोतका अनुसार, नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भट्ट–अग्रवाल समूहकै सिफारिसमा नियुक्त गरिएको थियो। त्यसपछि आइपीओ स्वीकृतिमा ५ देखि ७ प्रतिशतसम्म कमिसनको चलन बढेको र सिमेन्ट उद्योगमा मूल्य नियन्त्रणको नाममा मनपरी मूल्यवृद्धि, ट्रकलाइन बक्यौता नतिर्ने खेल र उर्जा क्षेत्रका निर्णयमा हस्तक्षेप गर्नेसम्मको पहुँच यस समूहले जमाएको बताइन्छ।
अख्तियार, सीआइबी र राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै कोणबाट अनुसन्धान अघि बढाएका छन्। सीआइबीले बैंकिङ कारोबार र सम्पत्ति स्रोतको खोजी गरिरहेको छ भने सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्ड्रिङ ऐन अन्तर्गत फौजदारी मुद्दा दर्ता गर्ने तयारी थालेको छ। राजस्व अनुसन्धान विभागले कर छली र कम्पनीको हेरफेरसम्बन्धी प्रमाण संकलन गरिरहेको छ।
एक वरिष्ठ अनुसन्धान अधिकृतका अनुसार, भट्ट–अग्रवाल नेटवर्क केवल व्यापारिक सिन्डिकेट होइन, राजनीतिक आडमा चलिरहेको भूमिगत आर्थिक संरचना हो। उनले भने, “यदि यो केस निष्कर्षमा पुग्यो भने, दशकौँदेखि फैलिएको बिचौलिया संस्कृतिको अन्त्य सुरु हुनेछ।”
विश्लेषकहरूका अनुसार यो प्रकरण केवल दुई व्यवसायीमाथिको अनुसन्धान होइन, बरु राजनीतिक आडमा पलाएको आर्थिक एकाधिकार र नियामक कब्जाको प्रणालीको प्रतिबिम्ब हो। दलका शीर्ष नेताहरू, नियामक निकायका प्रमुख र ठूला व्यवसायीबीचको अदृश्य आर्थिक गठबन्धनले राज्यको वित्तीय अख्तियारलाई बन्धक बनाएको उनीहरूको टिप्पणी छ।
अब प्रश्न उठेको छ, कार्की नेतृत्वको सरकारले यस्ता बिचौलिया नेटवर्कविरुद्ध साँच्चिकै कानूनी कदम चाल्छ वा यो पनि अन्य फाइलझैँ राजनीतिक पर्दाभित्र हराउँछ?
यदि यो फाइल अगाडि बढ्यो भने सुशीला कार्की नेतृत्वको सरकारको भ्रष्टाचारविरुद्धको यो सबैभन्दा ठूलो कदम हुनेछ। तर बिगतमा जस्तै कार्की नेतृत्वको सरकार गठनमा समेत चलखेल गर्दै लामो समय देखि सुदन गुरुङ समूहलाई आर्थिक सहायता दिदै आएका दिपक भट्ट समूह माथी अनुसन्धान गरेर कारबाही गर्ने क्षमता राख्छ कि राख्दैन त्यो भने हेर्न बाँकी नै छ।
यदि यो समुहलाई कानुनी दायरामा ल्याउने हो भने ५० प्रतिशत भ्रष्टाचार नियन्त्रणमा कार्की नेतृत्वको सरकारले सफलता हाँसिल गर्ने विष्लेषकहरु बताउँछन्।





