२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं.६ को कार्यालय गाँजरीमा भएको तालाबन्दी छलमा सहमति जुटेपछि खुलेको छ ।
यही कार्तिक एक गतेका दिन वडा युवाहरू र कार्यालय बिच आठ बुँदे सहमति भए पछि ताला खोलिएको वडा अध्यक्ष मोहन थापाले बताए ।
गत असोज उनन्तिस गते त्यहाँका युवाले वडा कार्यालयको कार्य प्रणाली, ,जनसेवा असन्तुष्टि ,वडा प्रशासनमा चरम लापरबाहीले सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभाव भएको भन्दै ताला लगाएका थिए ।
यही असोज एकतिस गते दुवै पक्ष बिच छलफल हुँदा सहमति नभएपछि आज (शनिवार) को छलफलले निष्कर्ष पाएको हो ।

छलफलमा सहमति भएका बुँदाहरू
१.पूर्वी चौकी गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण जनताको पायक पर्ने ठाउँमा खेलमैदानका लागि आवश्यक बजेट विनियोजन गर्ने

२. यस वडाका यस वडाभित्र शिक्षा स्वास्थ्य तथा निकायको जनप्रतिनिधिले नियमित अनुगमन गरी पारदर्शिता र नियमितता अगाडि बढ्ने ।
३. वडाको कर्मचारी बाहिर गएको बेला वडाका केही कर्मचारीले हाजिर गरी तलब खुवाएको विषय भएको कमजोरीको वडा कर्मचारीले माफी मागी अब उपरान्त बिदामा जानुपर्दा बिदा मागी जाने यदि जानकारी बिना बिदामा बसेको पाइएमा वा हाजिर गरेको पाइएमा कानुनी प्रक्रियामा गई पालिकामा पठाइनेछ।
४. आगामी बजेट विनियोजन गर्दा टोल भेला गरी जनताको माग र आवश्यकता अनुसार बजेट विनियोजन गर्ने
५. सान्तोला आधारभूत विद्यालयको भवन मर्मत गर्न यसै आर्थिक वर्षको हिउँदे अधिवेशनबाट बजेट विनियोजन गर्ने ।
६. गन्डीगाड कृषि सडकलाई यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने।
७. सानागाउँ गाँजरी सडक निर्माणलाई गुणस्तरीय बनाउन वडाध्यक्षको नेतृत्वमा आवश्यक खबरदारी गर्ने।
८. खेताली गोगनपानी सडकलाई एक हप्ताभित्र सरसफाइ गर्ने ।

डोटीको पुर्विचाैकि गाउँपालिका वडा नं. छ गाँजरिकाे वडा कार्यालयमा युवाहरुले लगाइएको ताला अझै खुलेको छैन ।

त्यहाँका युवाहरूले यही असोज २९ गते विभिन्न माग राख्दै वडा कार्यालयमा ताला लगाएका थिए ।

आज बसेको दुवै पक्ष बिचको  छलफल निष्कर्ष विहीन भए पछि अनिश्चित कालका लागि तालाबन्दी गरिएको स्थानीय युवा याेगेन्र्द थापाले जानकारी दिए ।

छलफलमा सबै सहमति भै सकेकाे तर वडा कार्यालयका पशु प्राविधिक डम्बर भण्डारीले बिना हाजिर तलब खाएको र उनको हाजिर  आफूले हेर्न पाउनु पर्ने मागमा कुरा नमिले पछि युवाहरू छलफल बाट बाहिरिएका वडा अध्यक्ष मोहन थापाले जानकारी दिए ।

कर्मचारीको हाजिर भन्दा पनि कामको बारेमा चासाे राख्नु पर्ने भन्दै  कुनै पनि कर्मचारीको हाजिर हेर्न सो कार्यालयभन्दा माथिल्लो निकायबाट अनुगमन हुनु पर्ने प्रावधान भएकाले  हाजिर सबैलाई उपलब्ध गराउँदा फोटो खिचेर दुरुपयोग हुन सक्ने भएका कारण उपलब्ध गराउन नसकिएको पुर्विचाैकि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले पालिकाको पारदर्शिता,सुशासन,कार्य चुस्तता सम्बन्धी यही असोज ३० गते नै पुर्विचाैकीका सम्पूर्ण युवाहरू सँग छलफल र सहमति भएर पालिका भित्रका सबै कार्यालयहरु सञ्चालन गर्न सहमति भएको बताए ।

वडा नं. ६का युवाहरूले  वडा कार्यालयको कार्य प्रणाली, ,जनसेवा असन्तुष्टि ,वडा प्रशासनमा चरम लापरबाही सेवा प्रवाहमा ढिलासुस्ती र पारदर्शिताको अभाव भएको भन्दै  पुर्विचाैकि गाउँपालिकाको कार्यालयमा ताला लगाएकै दिन यही वडा कार्यालयमा समेत ताला लगाएका थिए ।

असोज २५, डोटी ।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अठार जना घाइते भएका छन् ।
शनिबार बिहान ५:३५ बजेको समयमा भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका – १ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको इभि हाइस दुर्घटना भएको हो ।

दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने बर्ष २२ कि हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका – १२, बि गाँउ बस्ने गाडी चालक अन्दाजी ३८ वर्षका देब बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका – ९ बस्ने वर्ष १८ को लोकेन्द्र रावल, सोही ठाउँका वर्ष ४२ को मेघ्या ढोली, बर्ष १६ को एकेन्द्र बि.क., अन्दाजी वर्ष ३५ की मोतिकला परियार, बर्ष ११ को बिराज परियार, वर्ष ५३ को भिम ब. ढोली रहेका छन् ।
त्यस्तै सोही ठाउँ बस्ने वर्ष ११ की सृष्टी परियार, वर्ष ५ की आहाना परियार, वर्ष ५ की एलिसा परियार, वर्ष ५० कि पदमा परियार, वर्ष ५ की रिया परियार, वर्ष १९ को बिनोद परियार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेहरूमै अछामको मङ्गलसेन नगरपालिका – २ बस्ने वर्ष २३ को रबि परियार, वर्ष ३७ को नृप ढोली, वर्ष ३८ को देवराज भाट, वर्ष ३० की मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका – १ जयगढ बस्ने बर्ष ५० कि इन्द्रसरा परियार रहेका छन् ।

घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र बि.क., मोतिकला परियार, बिराज परियार, भिम बहादुर ढोली, शृष्टी परियार, बिनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी घाईतेहरुलाई उपचारको लागी पदमा अस्पताल अत्तरिया, कैलाली पठाएको जनाइएको छ ।
गाडी अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ ।

डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताए ।

उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । तीव्र गतिमा रहेको ईभी अनियन्त्रित भएर दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

असोज २४, डोटी : डोटीमा इजाजत (अनुमति) बिना मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार गरेमा कडा कानुनी कारबाही गरिने भएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जिल्लामा मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गर्दै काम गर्ने सहमति पनि जनाएको छ।

प्रजिअ जोशीले भने, “जिल्लामा अनुमति बिना संचालन भएका मदिरा र सुर्तीजन्य व्यवसायलाई कानुन बमोजिम कारबाही गरिनेछ। साथै, दर्ता नभएका व्यवसायहरूलाई दर्ता प्रक्रियामा ल्याउन स्थानीय तहसँग समन्वय गरिने निर्णय गरिएको छ।”

चाडपर्व लक्षित अनुगमन

चाडपर्वमा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी जस्ता समस्या देखिन सक्ने भएकाले मुख्य बजार र स्थानीय बजारहरूको नियमित अनुगमन गरिने भएको छ।

प्रजिअ जोशीले सार्वजनिक स्थलमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन नगर्न आग्रह गर्दै, अनुगमनका क्रममा उल्लंघन देखिएमा कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

सबैको सहयोग आवश्यक

प्रजिअ जोशीका अनुसार, मदिरा तथा सुर्तीजन्य पदार्थ सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको छ। बैठकमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

असोज २२ गते,डोटी : डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

जिल्लाको शिखर नगरपाली –२ मुडेगाउको बोहरा गाउँ घरभएकि २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

असोज ४ गते दिउँसो घाँस काट्ने क्रममा अरिङ्गालले उनको टाउको,हात र घाँटीमा टाेकेर गम्भीर घाइते भएकि श्रोतले बताईएको छ ।

ऊनी सुस्तमनस्थि भएका कारण असोज १८ गते मात्र उनकि आमा मुनुली विकले छोरीलाई अरिङ्गालले टाेकेको खबर पछि उपचारका लागि पहिला राजपुरमा रहेको महाकाली मेडिकलमा लगेकी थिइन् ।

उता रगत अभावको समस्या देखाए पछि उनलाई  असोज १८ गते नै जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको थियो ।

पार्कीको शरीरमा रगतको कमी र मृगौलामा समस्या भएपछि मङ्गलवार ४ बजे तिर धनगढी रेफर गरिएको अस्पतालका प्रमुख मे.सु. डा. सुजित मण्डलले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ४:५० मा पार्किको निधन भएको अस्पतालले जनाएको छ ।

मृतक पार्कीको श्रीमान् र दुई वर्षका एक छोरा रहेका छन् ।

असोज २१ गते ,डोटी : पेट्रोलियम पदार्थ आपूर्ति नगरे पेट्रोल पम्पलाई कानुनी कारबाही गरिने भएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारहरूको बैठकले जिल्लामा रहेका पेट्रोल पम्पहरूले माग अनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगरे कानुनी कारबाही गर्ने निर्णय गरिएको हो ।

जिल्लामा रहेका दुई वटा पम्पहरूले उपभोक्तालाई पर्याप्त पेट्रोल उपलब्ध गराउन नसकेको चौतर्फी गुनासो आए सँगै बसेको बैठकले पम्पमा इन्धन अभाव र बजारमा कालोबजारीमा पेट्रोल बिक्री गरिएको भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

जोशीले भने ,’ जिल्लामा सञ्चालनमा रहेका पेट्रोल पम्प व्यवसायीले आफ्नो पेट्रोल पम्प वाहेका अन्यत्र कहीँ कतैबाट पेट्रोल बिक्री वितरण हुन नदिन ड्रम ,ग्यालनमा पूर्ण रूपमा बन्द गरी यातायातको साधनलाई उपलब्ध गराउने निर्णय गरेको छ ।  आगामी दिनमा ड्रम, जर्किन,ग्यालनमा पेट्रोल उपलब्ध गराई कृति अभाव र कालोबजारी गरे/भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।’

उनले थपे ,’नेपाल आयल निगमले जिल्लाको माग र आपूर्तिलाई ख्याल गरेर इन्धन सहज उपलब्ध गराउनु पर्ने र निगमले आगामी दुवै पम्पको दैनिक बिक्री वितरण गरेको इन्धनको तथ्यांक समेत राख्नु पर्ने निर्णय  समेत गरेका छौँ ।’

अनुगमनका क्रममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारीमा पेट्रोल विक्रीमा संलग्न व्यापारी वा व्यक्ति भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने जोशीले बताए ।

पम्प व्यवसायीले पम्पको क्षमता अनुसार इन्धन राखे जिल्लामा अभाव सृजना नहुने नेपाल आयल निगम शाखा दिपायलका प्रमुख देव बहादुर जोशीले बताए ।

उनले भने,’पम्प व्यवसायीले आगामी दिनमा क्षमता अनुसार इन्धन नराखे विकल्प खोज्नु पर्ने हुनसक्छ । हामीले व्यवसायीलाई आवश्यकता र माग अनुसार अभाव नहुने गरी पम्पमा इन्धन राख्न भनी सकेका छौँ ।’

पछिल्लो समय देखिएको इन्धनको कृत्रिम अभाव र कालोबजारी आम नागरिकमाथिको अन्याय मात्र होइन, कानुनको खुलेआम उल्लङ्घन भएकाले तत्काल अनुगमन गरि कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी रहेको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पम्पमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम बहादुर साउँदले बताए ।

जिल्लामा आगामी दिनमा पेट्रोल अभाव शृजना हुन नदिने जेबि आइल स्टाेरका दिपायलका सञ्चालक प्रकाश कपड्याल र एसजि फ्युल सेन्टरका प्रतिनिधि दिप बहादुर मलासिले बैठकमा प्रतिबद्धता समेत जनाए।

गैह्रकानुनी तरिकाले खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्नेलाई कानुन अनुसार कडा कारबाही गरिने डोटी प्रशासनले जनाएको छ ।

डोटी : डोटीमा मृत अवस्था भेटिएका पुरुषको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावल अनुसार, शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत अवस्था फेला परेको खुलेको हो ।

प्रहरी निरीक्षक रावलका अनुसार शनिबार विहान तीन बजे जिल्लाको शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गको सडकमा घोप्टाे अवस्थामा टाउँको गम्भीर चाेट लागेको अवस्था मृत फेला परेको बताए ।

मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरी निरीक्षक रावलले बताए ।
उनी १८ दिनको दशै बिदामा असोज ७ गते डोटी आएका थिए ।

के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी निरीक्षक रावलको कमान्डमा प्रहरी खटिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

एकेन्द्र चन्द,
डोटी:विजयादशमीको पावन अवसरमा डोटी जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका–१, बिपिनगरमा प्रथम बडिकेदार गोल्ड कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।

एकता युवा क्लब, बिपिनगरको आयोजनामा र बडिकेदार गाउँपालिकाको आर्थिक सहयोगमा केदार सूर्य बहुमुखी क्याम्पसको खेलमैदानमा प्रतियोगिता आरम्भ भएको क्लब अध्यक्ष निर्मल बोहराले जानकारी दिनुभयो।

गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको यस फुटबल प्रतियोगिताले स्थानीय तहमा लुकेर रहेका प्रतिभाशाली खेलाडीलाई उजागर गर्ने मात्र नभई प्रदेश र केन्द्रीय स्तरमा समेत अवसर प्राप्त गर्न सक्ने सम्भावना रहेको बडिकेदार गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख अतिथि डम्बरी बिष्ट (कलेल)ले बताउनुभयो। उहाँले आगामी दिनमा पनि युवा र खेल क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ४० हजार, द्वितीय हुने टोलीलाई नगद रु. २० हजार र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।

गणेश मौनी
असोज ७ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले दसैँ तिहार अगाडी वडा अन्तरगत रहेका सबै सडकहरू सञ्चालन गर्ने जनाएको छ ।

बर्सातको समयमा अवरुद्ध रहेका सबै वडाहरूलाई जोड्ने सडकहरू सञ्चालनमा ल्याउन सडक सफाइ कार्य अगाडी बढाइएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदे बताए ।

उनले चाडबाडको समयमा स्थानीय बासीलाई गाउँघरमा सहज रूपमा आवत जावत गर्न सजहता होस भन्ने हेतुले सडक सफाइको काम अगाडी बढाइएको बताए । उनले भने हाम्रो लक्ष्य भनेको दसैँ अगाडी नै वडाका मुख्य सडक र शाखा सडकहरू सबै सरसफाइ गरिसक्ने थियो तर बर्सातका कारण अलि ढिलो हुन गएकोले दसैँ अगाडी सबै वडा अन्तरगत रहेका प्रमुख मुख्य सडक र दसैँ पछि वडा अन्तरगत रहेका शाखा सडकहरू सफाइ गरी गाडीहरू सञ्चालनमा ल्याइने योजनाका साथ कार्य अगाडी बढाइएको अध्यक्ष साउदले बताए ।


बडीकेदार गाउँपालिकाले विभिन्न गाउँ बस्तीलाई जोड्ने अवरुद्ध सडकहरू सफाइ कार्य अगाडी बढाउँदा स्थानीय बासीले सामाजिक सञ्जाल मार्फत पालिकाको प्रशंसा गरेका छन् ।
पालिकाले सडक सफाइको कार्य गत शनिवार देखि सुरु गरिसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।