
असोज ३ गते डोटी,
नेपालमा प्रत्येक वर्ष असोज ३ गतेका दिन मनाइने ऐतिहासिक संविधान दिवसको अवसरमा इजरायलस्थित नेपाली राजदूत महामहिम धन प्रसाद पण्डितले शुभकामना सन्देश दिनु भएको छ ।
आफ्नो सन्देशमा उहाँले इजरायल र साइप्रसमा कार्यरत नेपाली श्रमिकहरू मात्र नभई सम्पूर्ण विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
संविधान दिवस नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको प्रतीक रहेको उल्लेख गर्दै राजदूत पण्डितले यस दिवसले सबै नेपालीबीच आपसी सहकार्य, सद्भाव र राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले विदेशमा रहेर आ–आफ्नो क्षेत्रमा कर्तव्य निर्वाह गर्दै नेपाल र नेपालीको गौरव बढाइरहेका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ उज्ज्वल भविष्य र सफलताको कामना गर्नुभएको छ।
भदौ ३० गते डोटी : डोटीमा बाल सुधार गृहबाट भागेका ५२ जनामध्ये १७ जना कैदीलाई फर्काइएको छ ।
मङ्गलवार राति भागेका ५२ जनामध्ये १७ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।
उनका अनुसार भागेकामध्ये केही आफैँ,केहीलाई अभिभावकले बुझाएका हुन भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधार गृहको जिम्मा लगाएको थियो ।
विभिन्न मुद्दामा सुधार गृहमा रहेका ३५ जना अझै फरार रहेको लिम्बुले जानकारी दिइन् ।
केही अभिभावकहरूले आफ्ना बालकलाई आफैँ फर्काएर ल्याउने प्रतिबद्धता जनाएको प्रमुख लिम्बुले जानकारी दिइन् ।
सुधार गृहमा ५३ जना बाल बन्दीहरू बस्दै आएका थिए ।
अपराधमा संलग्न भएको आरोपमा कम उमेरका बालकहरूलाई सुधार गृहमा राखिने गरिएको छ । मङ्गलवार १ जना भने सुधार गृहमै बसेका थिए ।
जेन-जी आन्दोलनका क्रममा देशभर कैदी बन्दी भाग्ने घटनाहरू बढेसँगै यहाँका बाल बन्दी पनि मंगलवार भागेका थिए।
फरार रहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनको भगवती आधारभूत विद्यालयमा ६१ओै बाल दिवस सम्पन्न भएको छ।
समान पहुँच विकास केन्द्र (सिड)नेपाल डोटी तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा वक्तृत्वकला र हाजिर जवाफ प्रतियोगिता कार्यक्रम गरेर दिवस सम्पन्न भएको हो ।
बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने विषयमा कक्षा ७ र ८ का विद्यार्थी लाई वक्तृत्वकला र कक्षा ४ र ५ विद्यार्थीलाई हाजिरी जवाफ प्रतियोगिता गरी दिवस मनाइएको प्रधानाध्यापक छत्र खड्काले बताए ।

आज बालबालिका माथि लगानी लगाए मात्र बालबालिकाको भविष्य सुनिश्चित हुने भन्दै आमाबुबाले आफू माथि लगानी लगाउनु पर्ने सहभागीले बताए ।


बाल दिवस बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ । बाल दिवस ले सम्पूर्ण बालबालिकाको हक अधिकारका लागि आवाज उठाउने काम गर्दछ । अन्तर्राष्ट्रिय रूपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकार को व्यवस्था गरिएको छ। छ।
६१ ओैं बाल दिवसको अवसर पारेर सडक नाटक बाट लागूपदार्थ दुर्व्यसन सम्बन्धी सन्देश दिन सडक नाटक प्रदर्शन गरिएको छ ।

डोटीको पुर्विचाैकि गाउँपालिका वडा नं. १ शाजेन्द्रश्वर माध्यमिक विद्यालयका विद्यार्थीले आइतबार विद्यालयमा विद्यार्थीले नाटक प्रदर्शन गरेका हुन ।

समान पहुँच विकास केन्द्र (सिड)नेपाल डोटी तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा विद्यार्थीहरु लागूपदार्थ दुर्व्यसनमा नपरून् भन्ने उद्देश्यले विद्यालयको प्राङ्गणमा सडक नाटक प्रदर्शन भएको हो ।
काठमाडौँ— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’
साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ ।
कुकुर, बिरालो, बाँदर वा अन्य जनावरले टोक्दा वा चाट्दा सारिने रेबिज रोग रोकथाम गर्नका लागी लगाइने भ्याक्सिन ए.आर.भि.भ्याक्सिन जिल्ला अस्पताल डोटीमा अभाव भएको छ ।
जिल्ला अस्पताल बाट निःशुल्क रूपमा वितरण हुँदै आइरहेको भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलाली बाट प्राप्त नभए पछि अभाव भएको अस्पताल प्रशासनले बताएको छ ।
यही भाद्र २२ गते अस्पतालले एक सूचना जारी गर्दै निःशुल्क वितरण गर्दै आएको ए.आर.भि.भ्याक्सिन अभावका कारण निःशुल्क वितरण गर्न नसक्ने भन्दै बिरामीले अन्त्रबाट भ्याक्सिन खरिद गरेर ल्याएमा लगाउने व्यवस्था गरिने बताएको छ ।
काठमाडौँ: बानेश्वरमा भएको जेनजेड पुस्ताको आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बझाङको खप्तडछान्ना गाउँपालिका–७ गाेर्खालीका सुवाश बोहरा रहेका छन्। उपचारको क्रममा उनको मृत्यु भएको हो।
यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।
अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार रानिवनकै सर्पे कामीकि छोरी १५ वर्षीया साउनी बिक र कमल बिककि १२ वर्षीयाछोरी प्रेमकला बिकको शव बिहीबार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।
परिवारका सदस्यहरूले बुधबार रातिदेखि दुवै किशोरी सम्पर्कविहीन भएको जनाउँदै खोजी कार्य सुरु गरेका थिए।
खोजीकै क्रममा बिहीबार बिहान उनीहरूको शव जंगलमा भेटिएको हो।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
दुवै किशोरीले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन। घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्।
डोटी : सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ।
हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए।
बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्। हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ। सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन्। पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन्।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ।
यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार सार्वजनिक बिदा दिइएको छ। सरकारले आइतवार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो।
अछाम ,
अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको
मृत्यु भएको हो ।
अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको हो । सो घटनामा मङ्गलसेन नगरपालिका–६ कि रत्नकला भण्डारी भने घाइते भएकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागे पछि उपचारका लागि नेपालगन्ज लगिएको छ।
बिहिवार राति चुरकुली भन्ने स्थानमा छाउपडी बसेको घरको आँगनमा त्रिपाल राखेर सुतेको अवस्थामा माथीवाट ढुंगा खस्दा यो अप्रिय घटना भएको प्रहरीले जनाएको छ।





