२०८३ जेष्ठ १९ मंगलवार
Social Media Icons
२०८३ जेष्ठ १९ मंगलवार

डडेल्धुरको नवदुर्गा गाउँपालिका-५ चामाचौडमा बिहीबार जिप दुर्घटना हुँदा ४ चनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ बस्ने तारा अवस्थी, कलवाती साउँद, सुरेश साउँदको सनाखत भएको र अर्का एक जनाकाे सनाखत हुन बाकि रहेकाे स्थानीय उद्धारकर्ता ठकी साउँदले बताए ।

उनका अनुसार गम्भीर घाइते हुनेमा जिप चालक राजबहादुर साउँदसहित तीन जना छन् ।

चन्द्र साउँ प्रकाश लुहार, गणेश साउँद र बालक घाइते छन् उनीहरूको उद्धारका लागि डडेलधुरा अस्पताल ल्याइदैछ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुग्दै छ । डडेलधुरा प्रहरीले समेत घटनास्थलमै ४ चनाको मृत्यु भएको पुष्टि गरेको छ । चामाचौडबाट डडेलधुरा सदरमुकाम आइरहेको से.१ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।

अछाम:अछाममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन।शनिबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा करेन्ट लागेको हो।

मध्याह्न साढे १२ बजे जयगढ बजारमा नेपालको झण्डा गाड्ने क्रममा उक्त झण्डाको फलामे पाइप बिजुलीको ३ फेज तारमा छुुँदा मेल्लेख गाउँपालिका ७ नन्देगडा घर भई जयगढमा ब्यावसाय गर्दै आएका गजेन्द्र साँउदका अन्दाजी १६ बर्षिय छोरा रोहित साँउदको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

यस्तै करेन्ट लागेर बान्निगढी जयगढ गाउँपालिका ६ बस्ने उद्वब शाहका छोरा अन्दाजी १८ बर्षका समिर शाह,सोही ठाउँका राम रावतका छोरा अन्दाजी १७ बर्षिय बिनोद रावत,सोहि ठाउँका गणेश शाहका छोरा अन्दाजी २० का बम शाह, साँफेबगर नगरपालिका ४ मुवासैन बस्ने किशोर सुनारका छोरा अन्दाजी १६ वर्षियलवशन सुनार र रामारोशन गाउपालिका ६ भाटाकाटीयाका रतन साँउदका छोरा अन्दाजी १६ वर्षिय शम्सेर साउँदलाई करेन्ट लागेको हो।

घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको उनिहरुको अवस्था मध्यम रहेको अछाम प्रहरीले जनाएको छ।कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी स्वरूप स्थानीय उनिहरु राष्ट्रिय झण्डा लगायतका सजावट गरिरहेका थिए ।

डोटी- एकातिर सलल कर्णाली नदी बगेको छ अर्को तर्फ ठुलिगाड बर्खा याममा कहिले खेत डुबानमा पर्छ कहिले बस्ती जोखिममा तर यस वर्ष ठिक उल्टो भएको छ । पानी नपर्दा जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर -३ घाङल ओखलढुङ्गाका किसान अहिले मारमा परेका छन् ।

रोप्नलाई ठिक्क पारेको धानको बीउ । पानी नपरे पछि स्थानीयले बीउ नै काट्न थालेका छन् । भने बर्षौ देखि सिचाइ कुलोको माग गर्दा समेत प्रदेश सरकारले माग सम्बोधन नगरे पछि प्रदेश सरकार र मुख्यमन्त्री लाई नेपाली काँग्रेसका बडिकेदार गाउँपालिकाका सचिव समेत रहनु भएका स्थानीय सिद्ध राज विष्टले मुख्यमन्त्री लाई खुला पत्र लेखेका छन् साहलाई सामाजिक सञ्जाल (फेसबुक )मार्फत खुला पत्र लेख्दै आफ्नो गुनासो र माग सार्वजनिक गर्नुभएको  छ।

उहाँले तीन पटकसम्म मुख्यमन्त्री भइसकेका साहको कार्यकालमा पनि आफूले वर्षौँदेखि अगाडि सारेको बडिकेदार गाउँपालिका ३ ओखलढुङ्गा  ‘खनिया ताल–देउथान–चाका–गाजरी–बेवरा–ओखलढुङ्गा सिँचाइ योजना’ आजसम्म कार्यान्वयन नहुनुमा गहिरो दुःख व्यक्त गर्नुभएको छ।

पत्रसँगै उहाँले सामाजिक सञ्जालमार्फत एक तस्बिर पनि सार्वजनिकगर्नुभएको छ, जसमा सिँचाइको अभाव र अकासे पानी नपर्दा धान रोप्न नसकी धानको ब्याडमै बीउ काटिरहेको दृश्य देखिएको छ ।

उक्त तस्बिर मार्फत उहाँले किसानहरूको वास्तविक पीडा स्पष्ट रूपमा देखाउन खोज्नु भएको छ ।

विष्टले पत्रमा आफूले कहिल्यै व्यक्तिगत लाभका योजना नमागेको तर किसानका लागि अत्यन्तै महत्त्वपूर्ण सिँचाइ आयोजना बेवास्ता हुनु दुखद भएको उल्लेख गर्नुभएको  छ।

“तपाईँहरूलाई बासमती र मार्सीको चामल पुग्ला तर गाउँका झुपडीमा बस्ने किसान कसरी बाच्ने?” भन्दै उहाँले सुदूरपश्चिममा युवाहरूको विदेश प्रवास रोक्ने र पहाडी बस्ती खाली हुन नदिने राजनीतिक भाषणहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको  छ।

उहाँका अनुसार ठुली गाड नदीबाट सिँचाइको प्रचुर सम्भावना भए पनि यसको उपयोग नहुनु गम्भीर विडम्बना हो। पत्रमा उहाँले मुख्यमन्त्रीको सचिवालयमा वास्तविक जनगुनासो सुन्ने संस्कृतिको कमी रहेको र साना गुटगत स्वार्थमै सीमित हुने प्रवृत्ति हावी रहेको आरोप लगाँउनु भएको छ । अन्त्यमा उहाँले मुख्यमन्त्री साहलाई एक पटक आएर उक्त क्षेत्रको वास्तविक अवस्था बुझ्न र किसानहरूको पीडा प्रत्यक्ष अवलोकन गर्न आग्रह गर्नुभएको  छ।

डोटी : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

यस्तै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ।

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

यसैबीच नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ। 

डोटी: डोटीमा  पौडी खेल्ने क्रममा खोलामा डुवेर  एक बालिकाको मृत्यु भएको छ। 

विहिवार स्थानीय टुँडागाडमा डोट जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर (४)सातफरी निवासी सातफरीस्वास्थ्य चौकीमा कार्यरत हर्क बिष्टकि १२ बर्षीय छोरी रन्जिता  बिष्टको मृत्यु  भएको हो।
मृतक बिष्ट कक्षा ३ मा अध्यनरत थिइन् ।

एकेन्द्र चन्द डोटी ,
डोटीका किसानले किबी खेतीबाट आम्दानीको सपना देखे पनि उत्पादन नहुँदा निराश हुनुपरेको छ। ४ वर्षअघि बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडिले करिब पाँच रोपनी क्षेत्रफलमा किबी खेती सुरु गर्नु भएको  थियो  ।तर, किबीले फल नदिँदा मेहनत र लगानी दुबै गुम्ने अवस्थामा पुगेको उहाँले  गुनासो गर्नु भयो ।

कृषि ज्ञान केन्द्र डोटीको प्राविधिक सहयोगमा उदय सिंह कृषि तथा बहुउद्देश्य फर्म स्थापना गरेर किबी खेती लगायत अन्य तरकारी खेती गरिरहेको धेरै समय भयो । किबिमा तीन चार वर्ष लगातार लगानी गरियो उत्पादन हुने समयमा  समस्या देखिएको उहाँले बताउनु भयो । 

किबि अरु फल भन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकोले कम्तिमा पाँचवटा बोट लगाउँदा एउटा बोट भाले लगाउनु पर्ने हुन्छ। उहाँको बारेमा भालेबोट नभएका कारण यस्तो समस्या देखिएको
र यसलाई टप वर्किङको माध्यमबाट समेत समस्याको समाधान गर्न सकिने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो।

जिल्लामा १ हजार भन्दा बढी किबिका बोट लगाएर खेती गर्नेको संख्या थोरै भए पनि  पछिल्लो समय किबि खेती तर्फ भने आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

एकेन्द्र चन्द,

डोटी — रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभाव जस्ता कारणले पछिल्लो समय पहाडी क्षेत्रको जनसंख्या घट्दै गएको छ । आर्थिक बर्ष २०८१/ ०८२ मा मात्र डोटीको  बडिकेदार गाउँपालिका बाट करिब २ हजार ३ सय ७० जना  स्थानीय बसाइँ सरेका छन्।
गाउँपालिकाले उपलब्ध गराएको   तथ्यांक अनुसार,
पालिकाका ५ वटै वडा बाट उक्त संख्यामा स्थानीय बासिले बसाइँसराइ गरेका छ्न भने । विभिन्न ठाउँ बाट गरि गाउँपालिकामा बसाइँसरि आउनेको संख्या भने  १ सय ७६ मात्र रहेको छ ।

गाउँ सुनसान बन्दै गएको छ। पहिला गाउँमा रमाइलो थियो, अहिले अधिकांश घरहरू बाझिन थालेका छन भने  युवायुवती रोजगारीको शिलशिलामा भारत लगायत अन्य मुलुक जान थाले पछि चाडपर्व आउँदा पनि गाउँ घर शून्य जस्तै हुन थालेको स्थानीय भरत बहादुर चन्दले बताउनु भयो ।

गाउँपालिकाका अनुसार पालिकामा सबै भन्दा बढी वडा नम्बर- ३ घाङल बाट एक बर्षको अबधिमा ६ सय जना स्थानीयले बसाई सरेर गएका छ्न भने बसाइँसराइ गरि आउनेको संख्या २७ जना मात्र रहेको छ । त्यस्तै वडा नम्बर – ४ बाट ५ सय ४८ जनाले बसाइँसराइ गरेका छन भने । बसाइँसराइ गरि आउनेको संख्या मात्र ४८ मात्र रहेको छ।  त्यसै गरि वडा नम्बर -२ बाट एक बर्षको अबधिमा ४ सय ६४ जना बसाइँ सरेर गएका छन । वडामा बसाइँसराइ गरेर आउनेको संख्या ५१ जना रहेको छ । वडा नम्बर -५ बाट पनि बसाइँसराइ गरेर जानेको संख्या ४ सय ५२ रहेको छ । भने बसाइँसराइ गरेर आउनेको संख्या जम्मा १४ जना मात्र रहदा वडा नम्बर -१ रिसेडी बाट ३ सय ६ जनाले बसाइँसराइ गरि अन्यत्र गएका छन भने बसाइँसराइ गरेर वडामा आउनेको संख्या ३६ जना रहेको बडिकेदार गाउँपालिकाका एमआइएस अपरेटर मदन शाहीले बताउनु भयो ।

बडिकेदार गाउँपालिमा  कृषि , पर्यटन बाट रोजगारी अबसर हुदाहुदै पनि गाउँघर बसाइँसराइका कारणले खाली हुँदै गएका छ्न । यो चिन्ताको बिषय रहेको छ । खेत वारि सबै बाझो हुन थालिसक्यो यसले भबिष्यमा निकै जटिल समस्या ल्याउने भएकोले गाउँमै केही गर्ने युबाहरुलाइ पालिकाले सक्दो सहयोग गर्ने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो ।
बसाइँसराइको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा देखिन थालेको छ धेरै जस्तो बिधालयमा बिद्यार्थीको संख्या कम हुँदै गएको र बिधालय नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन थालेको छ । जनसंख्या गाउँमै रोक्नका लागि रोजगारी सिर्जना लगायतका कार्यक्रम अगाडी बढाउनु पर्ने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो ।

जनसंख्या गाउँमै रोक्न रोजगारी सिर्जना र युबालाइ प्रोत्साहन गर्न पालिकाले दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ ।

साउन ८, डोटी ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो ।
उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताईएको छ ।

उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याईंदैछ । परिवारका सदस्यहरु आइरहेको र आएपछि पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।

डोटीको जोरायल गाउँपालिका ४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ ।
उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।

साउन ८, बाजुरा । हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनास्थलमा दुई जनाको मृत्यु भएकोमा थप एक जना घाइतेको उद्धारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेहरुमा हिमाली गाउँपालिका–५ की ६५ वर्षीया बिजौरा रोकाया, ७० वर्षीया बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन् । घाइते भएकी जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

हिमाली गाउँपालिका–५ को क्युडीबाट कुवाडीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा सडकबाट करिब साढे दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार साँघुरो र कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार जिपमा चालकसहित १९ जना सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा जिपका चालक हिमाली–२ का २३ वर्षीय गौरी बुढा, हिमाली–५ का ३५ वर्षीय बाचलाल रोकाया, ३६ वर्षीय धनसिंह रोकाया, ७० वर्षीया भदैरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर बुढा, ७० वर्षीय अम्म रोकाया, ४५ वर्षीय भैजित बुढा, १४ वर्षीय दशरथ बुढा, १२ वर्षीया अप्कली बुढा, ५० वर्षीय रनसुर सुनार, ५० वर्षीय राजबहादुर बुढा थापा र हुम्ला ताजाकोट गाउँपालिका–३ का ३६ वर्षीय सुरेन्द्र शाही रहेका छन् । त्यसैगरी, हिमाली–५ का ५० वर्षीय छते रोकाया, ८ वर्षीय साजन रोकाया र ३५ वर्षीय दलबहादुर चदाराको अवस्था मध्यम रहेको छ । दुर्घटनाका गम्भीर घाइतेहरुको उद्धारका लागि हेलिकप्टर पठाउन गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।

बैतडी – गैर आवसिय नेपाली संघ (एनआरएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनमा बैतडीको सिगास गाउँपालिका स्थायी ठेगाना भइ हाल पोल्याण्डमा रहेका युवा व्यवसायी नरेन्द्र धामीले सदस्य पदमा उम्मेद्धारी घोषणा गरेका छ ।

‎एनआरएनए पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा पोल्याण्डमा बस्ने सम्पुर्ण नेपाली समुदायका विच भावनात्मक एकता, भातृत्व, भाइचाराको सम्बन्ध स्थापित गर्न सन् २०२५ देखि २०२७ कार्यकालको लागि खुला सस्य पदमा उम्मेदवारी दिएको युवा व्यवसायी नरेन्द्र धामीले बताए ।

‎गैर आवसिय नेपाली संघ (एनआएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनको कार्यसमिति चयनको लागि यहि जुलाई २६ तारिखमा निर्वाचन हुँदैछ । नेपालीका लागि नेपाली भन्ने मुल स सन्देशका साथ पोल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आफूलाई विजयी गराउन सहयोग गरिदन पनि उनले अपिल गरेका छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।