
डोटी, फागुन १०,
यसबर्षको १५ औं डोटी जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बडीकेदार १ बिपीनगरमा फागुन १७ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार डोटी जिल्ला खेलकुद समितिको आयोजनामा १५ औं डोटी जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता यहि फागुन १७ गतेदेखि १९ गतेसम्म संचालन हुने भएको डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिएका छन् ।
फागुन ११ गते हुने भनिएको प्रतियोगिता बिविध कारणले केहि ढीला गर्नु परेको अध्यक्ष शाहीले बताए । प्रतियोगितामा आ–आफ्नो टीम सहभागी गराउन जिल्लाका नौ वटै पालिकालाई आग्रह समेत गरिएको छ ।





