
डोटीको पुर्विचौकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशी हाजिर भएका छन् ।

केही दिन देखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको पालिकाको कार्यालय प्रमुखमा अधिकृत जोशी बुधवार दिउँसो हाजिर भएका हुन् ।
पालिका अध्यक्ष रामप्रसाद उपाध्याय तथा उपाध्यक्ष पशुपति खड्कासहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूले प्रशासकीय प्रमुख जोशीलाई कार्यालयमा स्वगत समेत गरेका छन् ।

कार्यालयमा स्वागत गर्दै पालिका अध्यक्ष उपाध्यायले प्रमुख प्रशासकीय अधिकृत ज्युको आफ्नो कार्यदक्षता, र क्षमताको आधारमा पालिकाको समग्र विकासमा अहम् भूमिका रहनेमा विश्वस्त रहेको बताएका छन् ।
पालिकामा नीतिगत तवरबाट हुने काममा थिचोमिचो कुनै पनि जन प्रतिनिधि बाट नहुने भन्दै स्वतःस्फूर्त तवरबाट कार्य गर्ने वातावरण आफ्नो कार्यकालमा हुने कुरामा विश्वस्त हुन समेत आग्रह गरे ।
कार्यालयमा हाजिर भएपछि प्रशासकीय अधिकृत जोशीले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् ।
नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन आफू तत्पर रहेको कार्यालय प्रमुख जोशीले बताएका छन् ।
(डोटी),१० बैशाख – डोटीमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज विहान भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय डोटीले जनाएको छ।
जिल्लको जोरायल गाउँपालिका वडा नम्बर –१ गोल्डेनमा धनगढीबाट बझाङ तर्फ जादै गरेको अन्दाजि ३२÷३३ बर्षको अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालक अर्जुन धामीसहित तिन जानाको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।
अन्य दुुईजनाको नामथर र वतन खुुल्न बाकीरहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





