२०८३ जेष्ठ ३१ आईतवार
Social Media Icons
२०८३ जेष्ठ ३१ आईतवार

कीर्तिपुरबाट हराए अछामका रेबन्त बिष्ट, खोजीमा सहयोग गर्न परिवारको अपिल

तिर्थ नेपाली
असार ३०
काठमाडौं, — अछाम जिल्लाको मंगलसेन नगरपालिका–५, भाटाबाडा घर भई हाल अध्ययन तथा लोकसेवा आयोगको तयारीका सिलसिलामा काठमाडौंको कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका ३० वर्षीय रेबन्त बिष्ट जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका छन्।

उनका भाई छत्र विष्टका अनुसार रेबन्त केही समययता मानसिक तनावमा रहेको संकेत देखिन थालेको थियो। विशेषगरी लोकसेवा आयोगको परीक्षा उमेर हद ३२ वर्षसम्म मात्रै दिन पाइने जानकारी पाएपछि उनी थप चिन्तित बन्न पुगेका थिए। पछिल्लो समय उनी एक्लै कोठामा बस्ने, कम बोल्ने तथा सामाजिक गतिविधिबाट टाढा रहने गरेको उनका भाइले बताएका छन्।

गत भदौ २३ गते भएको जेनजी आज्नदोलनका घाईते तथा सामाजिक न्यामा अग्रसर कैलालीका युवराज उपाध्यायका अनुसार बिष्ट जेठ २६ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। उनको मोबाइल फोनसमेत बन्द रहेको बताइएको छ।

प्राप्त विवरणअनुसार उनको अन्तिम लोकेसन सितापाइला जंगल (स्वयम्भू क्षेत्र नजिक) आसपास देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले रेबन्त बिष्टलाई कतै देख्नुभएको वा उनी सम्बन्धी कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८६९८०१९१४ र ९८६४१००६६९ मा तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।