डाेटी –फागुन– १९
नेकपा एमाले पुर्वीचाैकी गाउँपालिका कमिटीको अध्यक्षमा गोरख बोगटी निर्वाचित भएका छन् ।
कमिटीको दोस्रो अधिवेशन बाट अध्यक्ष गोरख बोगटी,उपाध्यक्ष प्रेम बि.क,सचिव भरत बि.क., उपसचिव केशव धामी र उपसचिव दुरा साउद सहित ४३ सदस्यीय कमिटी चयन भएको हो ।

आइतबार देखि सुरु भएकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सङ्गठनलाई अझ बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
पार्टीका नेताहरूले नव निर्वाचित टोलीलाई बधाई दिँदै सङ्गठन विस्तार, नीति कार्यान्वयन, र जनताको सेवा प्रवर्द्धन गर्न अपेक्षा व्यक्त गरेका छन्।

अधिवेशनले पार्टीलाई स्थानीय तहमा अझ सक्रिय बनाउँदै समाज रूपान्तरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।















