डाेटी बैशाख,, १३,,,
डोटीको बाेगटान फुडसिल गाँउपालिकाकाे वडाहरूमा वडास्तरिय मेलमिलाप सम्बन्धी कानुनी जनचेतना मुलुक कार्यक्रम तथा प्रचारप्रसार र वडाहरूमा हाेडिङ बोर्ड वितरण कार्यक्रम सञ्चालन भएको छ ।

बाेगटान फुडसिल गाउँपालिका न्यायिक समितिको आयोजनामा गत विहिवार (२०८वैशाख ११ गते)देखि पालिकाका सात वटै वडामा कार्यक्रम सञ्चालन गरी आइतबार (२०८२वैशाख १४गते)सम्पन्न भएको हो ।
न्यायिक समितिको अवधारणा,न्यायिक समितिले दिने सेवा,मेलमिलाप केन्द्र हरुकाे जानकारी , नागरिकको अधिकारको बारे नागरिक हरु जानकार हाेउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बाेगटान फुडसिल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिष्ना देवी बमले बताउनु भयो ।

न्यायिक समिति संयोजक बमले संविधानले दिएको अधिकार र कर्तव्यको जानकारी नभएका ग्रामीण बस्तीका नागरिकलाई सुसूचित गर्नु आफ्नो कर्तव्य भएको भन्दै एउटै गाउटाेल ,समाजमा बस्ने नागरिकहरूको सद्भाव आत्मियता,नभड्किने गरी न्यायिक समितिले निर्णय गर्ने अधिकार भएको हुनाले दुवै पक्षको जित जित हुनेरि निर्णय हुने थलोको जानकारी सबैलाई हुन जरुरी रहेको उल्लेख गर्नु भयो ।
यस कार्यक्रमले समाजमा पिडित महसुस गरिरहेका नागरिकले सेवा पाउने अपेक्षा समेत गरिएको छ ।















