
पुरुषोत्तम अवस्थी डोटीः
बैतडीको सिगास गाउँपालिका वडा नं.२ गाँजरी बजारमा सरसफाइ गरिएकाे छ ।
सिगास युवा क्लब बैतडी द्वारा बजार सरसफाइ गरिएकाे हाे ।
सिगास गाउँपालिका अन्तर्गत समाजिक वातावरण शैक्षिक सांस्कृतिक तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले गठन गरिएको सिगास युवा क्लवू द्वारा आईतबारका दिन क्लब र गाँजरी बजार व्यवस्थापन समुह मिलेर बजार वरिपरिको रहेको वातावरणलाई सफा गरेको सिगास युवा क्लबका अध्यक्ष हेमन्ती धामीले जानकारी दिए ।
सफा राखौँ , स्वास्थ बनौ भन्ने मुल नाराका साथ यो अभियान सञ्चालन गरेको समितिका उपाध्यक्ष भुपेन्द्र सिह साउँद ले बताए। बजार वरिपरि रहेका सिसाका बोतल ,प्लास्टिक ,कुहिने र नकुहिने फोहोरलाई छुट्याएर सफा गरिएकाे हाे ।
युवा हरूले अब आफ्नो गाउँ ठाउमा आफैले नगरे कस्ले गर्छ भनेर वातावरण सरसफाइ अभियान सञ्चालन गरेका हुन । कुनै पनि काम गर्न अरूलाई भन्नु भन्दा आफैबाट सुरूवात गर्नुपर्छ भनेर युवा क्लबका सदस्य दिनेश धामीले बताए।
वातावरण सरसफाई अभियान सिगास युवा क्लवको नेतृत्वमा शिगास शिक्षा क्याम्पस र अर्जुन माध्यामिक विद्यालयका विद्यार्थी स्थानीय व्यापारी सुरक्षाकर्मी मिलेर बजार सरसफाई गरेका हुन ।





