
माघ ८, डोटी । बडीकेदार गाउँपालिका-२ पातलपुरानमा एक घरमा आगलागी भएको छ । मङ्गलवार साँझ करिब साढे ५ बजेको समयमा स्थानीय सरिता घर्तिमगरको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बच्चाले आगो ताप्ने क्रममा आगो खेल्दा घरमा आगलागी हुँदा ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घर जलेको हो । घर भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ता कपडा, फर्निचर लगायत घर सामान पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।
डोटी ८ माघ/डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट तल खसेको थियो ।
दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ ।





