
धनगढीः बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीया छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो।
जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश .०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए।
बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो। बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डोटी: डोटीको बडिकेदार गाउँपालिका -३ वस्सेनीमा भएको आगलागी पीडित परिवारलाई बडिकेदार गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।
पालिकाले मंगलवार साझ आगो ताप्ने क्रममा घरमा आगलागी भएको सरिता घर्तीमगरको परिवारलाई राहत प्रदान गरेको हो ।
पालिकाले तत्काल खाद्यान्न, बलान्केट, त्रिपाल आवस्यक कपडा , भाडाब्रतन लगायत करिब २८ हजार बराबरको राहत सामग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो ।
तत्काल थोरै भए पनि सहयोग पुगोस् भनेर राहत प्रदान गरेका छौ आगामी दिनमा पालिकाले थप सहयोग गर्ने बडिकेदार गाउँपालिका विपत् व्यवस्थापन फोकल प्रसन चक्र कलेलले बताउनु भयो । प्रहरी मुचुल्का अनुसार आगलागीबाट २ लाख बराबरको क्षति भएको थियो ।
घरमा भएको सबै सामान जलेर नष्ट भयो अब के खाने कसरी परिवार पाल्ने भन्ने निक्कै चिन्ता लागेको छ पिडितले बताएकी छन् । पालिकाले तत्काल राहत उपलब्ध गराएको र यसले केही राहात भए पनि आउदा दिनमा समस्या हुने हुँदा सहयोग गरिदिन पीडित महिला सरिता घर्तीमगरले आग्रह गर्नुभएको छ ।
दिपायल । डोटीमा सर्बार्धिक धनरासीको भलिबल प्रतियोगिता सुरु भएको छ ।
डोटीको दिपायलमा रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा दिल्पेश्वर भलिबल लिग (डिभिल २ ) तथा साँस्कृतिक मेला आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा लालीगुराँस यूवा क्लब कलेना, नवदुर्गा गाउँपालिका डडेल्धुरा, ओआईसि कस्ट्रक्सन डोटी, आयोजक ए र बि, के आईसिंह ५,प्रहरी तालिम केन्द्र दिपायल,रोयल राजपुर,सहनसिल समैजी यूवा क्लब डडेल्धुरा,दिपायल सिलगढी नगरपालिका डोटी,गडपानी रोयल राजपुर र पुर्वीचौकि गाउँपालिका डोटी गरी १२ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
काठमाडौं: भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् ।
दैनिक भास्करको रिपोर्टअनुसार ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । अरू मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको समाचारमा उल्लेख छ । गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए ।
त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
माघ ९ गते ,डोटी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटर डोटीले आयोजना गरेको २४ औँ सशस्त्र प्रहरी दिवस सम्पन्न भएको छ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी सशस्त्र प्रहरी बलको परिसर दिपायलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
दिवसको अवसरमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिवसको सम्पूर्ण शुभकामना व्यक्त गरे।
नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न, द्वन्द्व नियन्त्रण, बिपद र सीमा अपराध नियन्त्रणमा सशस्त्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै दिवसका अवसरमा बोल्दै सुदूर पश्चिम प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्लिमगरले दिवसको शुभकामना दिँदै सशस्त्र प्रहरी, नेपाल प्रहरीको साझा उद्देश्य एउटै भएको बताए ।
राज्यले दिएको अधिकारको उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध रहेको समेत उनले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण योगदान दिएको बताए ।
राज्यले दिएको अधिकारको प्रयोग गर्दै जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरी निरन्तर अगाडी बढिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुधीर सुवेदी बताए ।
हेड क्वाटरले गर्ने कार्य तथा दिवसलाई सफल बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद व्यक्त गरे।
स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न प्रतियोगितामा स्थान हाँसिल गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने, प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
टेवल टेनिस तर्फ सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर कार्कीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
त्यस्तै ब्याडमिन्टन तर्फ सशस्त्र प्रहरी निरीक्षक जनक पौडेल र सशस्त्र प्रहरी वरिष्ठ हवल्दार केशवराज जोशी सम्मान तथा नगद पुरस्कार वितरण गरिएको छ ।
त्यस्तै उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कार अन्तर्गत सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर कार्की ,सशस्त्र प्रहरी वरिष्ठ हवल्दार विनोद कुमार मगर,सशस्त्र प्रहरी हवल्दार दल बहादुर बोहरा, सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश कुमार विष्ट ,सशस्त्र प्रहरी सहायक हवल्दार विनोद कुमार कडायत ,सशस्त्र प्रहरी जवान गंगा दत्त जोशी र सशस्त्र प्रहरी परिचर किरण बि.क. प्रदान गरिएको छ।
वीरगति प्राप्त तथा भु.पु. पुरस्कार प्रशंसा पत्र स्व.सप्रसह शालिभान ठकुल्लाका श्रीमती जेडी देवी ठकुल्लालाई प्रदान गरिएको छ ।
गणको आन्तरिक तथा बाह्य काम कारवाहीमा अतुलनिय सहयोग गरेको भन्दै जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीका प्रमुख ई. सुविक श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी वरिष्ठ
उपरीक्षक पल्लिमगर, प्रहरी उपरीक्षक शर्मा,भैरव प्रसाद गणका गणपति परीक्षित देउजा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ हेड क्वाटरका प्रहरी उपरीक्षक सुवेदी , राष्ट्रिय अनुसन्धान कार्यालय प्रहरी नायब उपरीक्षक महेश अवस्थी,जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम, दिसिनपा -४ वडा अध्यक्ष अशोक सोप, गणमा कार्यरत सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
गणले दिवसका अवसरमा सप्ताह व्यापी विभिन्न कार्यक्रम गरेको गणपति सुबेदीले बताए ।





