२०८३ बैशाख ८ मंगलवार
Social Media Icons
२०८३ बैशाख ८ मंगलवार

माघ २२ डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा कृषकहरूलाई फलफूल बिरुवा प्रसारण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका कृषि शाखाले आयोजना गरेको तालिमको मङ्गलवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष गड्सिलाले तालिममा फलफूल बगैँचा निमार्ण, काट छाड, कृषि उत्पादनमा वृद्धि, नयाँ नयाँ फलफूलको बारेमा जानकारी गराउनुका साथै नयाँ प्रविधिको बारेमा जानकारी गराइने भएकोले तालिमको अति महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष गड्सिलाले भने कृषि उपज उत्पादन गर्ने किसान सबै भन्दा ठुलो भएकोले कृषकहरूलाई सदैव सम्मान गर्न आवश्यक रहेको समेत बताए ।

किसानहरूका लागि पालिकाले आफै विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य विभिन्न सङ्घ संस्था, ज्ञान केन्द्र प्रदेश सरकारको सहकार्यमा किसानहरूलाई सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताए । तालिमले बोगटान फुड्सिल गाउँपालिकाकाको कृषिमा टेवा पुर्‍याउन मदत गर्नुका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भएकोले तालिमबाट सिकेका कुराहरूलाई कृषकहरूले आफै व्यवहारमा उर्तानका साथै अरूलाई सिकाउन आवश्यक रहेको समेत बताए ।

कृषकहरूलाई फलफूल सम्बन्धी विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरेको बोगटान फुड्सिल गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र विक्रम बोगटीले बताए । तालिममा गाउँपालिका अन्तरगत सबै वडाबाट २१ जना किसानहरूको सहभागिता रहेको समेत बताइएको छ । तालिम गाउँपालिका सभा हलमा सञ्चालन भएको छ ।

काठमाडौं । आज विश्व क्यान्सर दिवस । दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ अभियान सुरु गर्दैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गते आज देखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुनेछ । 

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ ।

यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको बताए । ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ ।

अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन्’, उनले भने, ‘दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने उद्देश्य छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।