२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

अछाम । अछामको मेल्लेख गाउँपालिका–५, कौलेनामा ढुङ्गा निकाल्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब २ बजेको समयमा ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो खस्दा ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै ज्यान गएको छ भने उनका भतिजा ४८ वर्षीय भीम बहादुर खड्का गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

डोटी , डोटीमा एक घरमा आगलागी भएको छ। जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ का बाजी भुलको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आईतबार बिहान करीब ९: ३० बजेको समयमा खाना पकाउने क्रममा आगलागी हुदाँ आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी २ लाख ५ ०हजार बरारको क्षति भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयले प्रयास गरिहरेका छन।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।