२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

अछाम । अछाममा अटो रिक्साले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

साँफेबगर नगरपालिका ७ रिडिकोटमा सडक पार गर्ने क्रममा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएकी साेही ठाउँमा बस्ने ५५ वर्षीया जनक शाहको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार दिउँसो साँफे-मंगलसैन सडक खण्डअन्तर्गत सु.प.प्र. ०१-००१ ४६२३ नम्बरको अटोले शाहलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी शाहलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले  जानकारी दिए ।

घटनापछि अटो चालक जयगढ गाउँपालिका -४ का विशाल बोहरा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।