
डोटी:डोटीको पूर्वीचौकी गाउँपालिकामा बालपोषणको प्रभावकारी उपभोगका सम्बन्धमा आमा तथा शिशु स्याहार कर्तालाई पालिका स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जसमा गाउँपालिका भित्रका सात वटै वडाका आमा तथा शिशु स्याहार कर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको पोषण अवस्था सुधार गर्न अनुदानको सही उपयोग कसरी गर्ने भन्ने विषयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउदले बताए ।
सन्तुलित आहार, स्तनपान को महत्त्व, सरसफाइ तथा कुपोषण न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिएका थिए। साथै बाल पोषण अनुदानलाई आवश्यक खाद्य सामग्री तथा बालबालिकाको स्वास्थ्यमा खर्च गर्नुपर्नेमा प्रशिक्षक राजु खड्काले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशीले बालबालिकाको उज्ज्वल भविष्यका लागि पोषणमा लगानी अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उनले अनुदानको सही सदुपयोगमार्फत कुपोषण न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम आमा तथा शिशु स्याहार कर्ताहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा पोषण सम्बन्धी जनचेतना फैलाउने लक्ष्य राखेको पोषण सहजकर्ता मेनका कुमारी खड्का कुवरले बताइन ।
डोटी:धनगढीबाट अछाम आउँदै गरेको ई भी डोटीमा दुर्घटना भएको छ। शनिवार बिहान जिल्लाको दिपायल सिलगढी नगरपालिका ५ चिसापानी करिब साढे ४ बजेतिर सु।प।प्र। ०२ ००१ ज ०२३९ न को भी दुर्घटना भएको हो। ईभीमा सवार १५ जनामध्ये ४ जना घाइते भएका छन्। घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्ला, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीय अमृता साउँद ९छातीमा चोट, अवस्था मध्यम०, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद ९घुँडामा चोट, अवस्था सामान्य०, अछाम चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीय कला साउँद ९हात र ढाडमा चोट, अवस्था मध्यम० र चौरपाटी–१ बयालीकी १९ वर्षीय कमला थापा ९टाउकोमा चोट, अवस्था सामान्य० रहेका छन्।
हाइस चालक अछामको चौरपाटी गाउँपालिका–१ सिउँडी निवासी अन्दाजी ४५ वर्षीय शंकर शाह रहेका छन्।





