२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा बजार अनुगमन गरिएको हो । खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय डोटीले बजार क्षेत्रहरूमा खाद्य वस्तुको गुणस्तर तथा मापदण्डको अवस्थाबारे गाउँपालिका भित्र रहेका साजघाट ,सानागाउँ र चौखुट्टे बजार क्षेत्रमा बिहीबार अनुगमन गरिएको हो । ‎

‎कार्यालयका अनुसार उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले गरिएको अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायमा बिक्री भइरहेको खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। ‎ ‎अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीत रहेका सोह्र हजार बराबरको केही खाद्य वस्तुहरू फेला परेका थिए। ती सामग्रीहरू तत्काल नियन्त्रणमा लिइ जलाएर नष्ट गरिएको र सम्बन्धित व्यवसायीलाई आवश्यक सचेतना तथा निर्देशन दिइएको कार्यालय प्रमुख ललित कठायतले बताए । ‎

‎खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई सरसफाइ, भण्डारण विधि तथा लेबलिङ्ग सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिए । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जिल्ला प्रशासन प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।

‎कार्यालयले आगामी दिनहरूमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिँदै मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने जनाएको छ। ‎ ‎

अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि ,घरेलु तथा साना उद्योगका प्रतिनिधि ,गाउँपालिकाका प्रतिनिधि , पत्रकार र सानागाउँ प्रहरीका सुरक्षाकर्मी समेत अनुगमनमा उपस्थिति रहेको थियो । ‎

डोटी :  “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने सन्देशसहित सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‎

 ‎पूर्वीचौकी गाउँपालिकाको आयोजनामा सानागाउँ स्थित गाउँपालिकाको  सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै  रोजगार संयोजक हरिभक्त साउँदले  वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना, सीप र कानुनी प्रक्रियाबारे जानकार हुनुपर्ने  बताए । 
उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता रहेको समेत उल्लेख गरे । ‎ 

‎कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताइन ।  साथै, सहभागीहरूलाई वैदेशिक रोजगारसम्बन्धी जोखिम न्यूनीकरणका उपाय र सचेतनाबारे जानकारी दिए  । ‎

 ‎कार्यक्रममा स्थानीय जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवाला,पत्रकार र सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो। ‎

 ‎कार्यक्रम स्वीस सरकार विकास एसडीसी (SDC)को सहयोगमा सञ्चालन गरिएको हो  ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।