
स्वास्थ्य कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ पालिकामध्ये सबैभन्दा बढी घरमै सुत्केरी हुने समस्या पूर्वीचौकी गाउँपालिकामा रहेको छ ।
चालु आर्थिक वर्ष (२०८२÷०८३)को श्रावणदेखि जेठ महिनासम्म पालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या नौ जना रहेको बताइको छ ।
कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीलेका अनुसार ‘यस पालिकाको वडा नं.७ पोखरीमा आठ जना र वडा नं. २ बगलेक एक जनाले घरमै बच्चा जन्माएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
यस्तै, आदर्श गाउँपालिकामा आठ, बडीकेदार गाउँपालिकामा आठ, सायल गाउँपालिकामा ६, दिपायल सिलगढी नगरपालिकामा चार, बोगटान फुड्सिल गाउँपालिकामा तीन, जोरायल र के आई सिंह गाउँपालिकामा दुई÷दुई र शिखर नगरपालिकामा एक जनाले घरमै बच्चा जन्माएको कार्यालयको तथ्याङ्कमा छ ।
जिल्ला भरी चालु आर्थिक वर्षको ११ महिनामा ४३ जना महिलाले घरमै बच्चा जन्माएकी छन् ।
सरकारले पूर्ण संस्थागत सुत्केरी (स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउने) का लागि विभिन्न प्रयासहरू गरेको भए पनि डोटी जिल्लामा घरमै सुत्केरी हुने चलन भने रोकिएको छैन ।





