
डोटीकाे पूर्वीचौकी गाउपालिकाका वडाहरु करार कर्मचारीको भरमा सञ्चालन हुँदै आइरहेका छन् ।
कार्यालयमा स्थायी वडा सचिवको अभाव भएपछि वडा कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ ।
दरबन्दी अनुसारका कर्मचारी उपलब्ध नभएपछि अधिकांश वडामा करार तथा अन्य कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई सेवा सञ्चालन गर्नुपरेको गाउपालिकाले जनाएको छ ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीका अनुसार पालिकाको वडा नं.५ काडामाण्डौ बाहेक सबै वडाहरु करार कर्मचारीको भरमा प्रशासनिक काम सञ्चालन भइरहेको जनाएको छ ।
स्थायी सचिवको अभावका कारण नागरिकता, सिफारिस, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) लगायतका अत्यावश्यक सेवा प्रभावित भएको स्थानीयले गुनासो गरेका छन ।
प्रमुख प्रशासकीय अधिकृत जोशीका अनुसार रिक्त दरबन्दी पूर्तिका लागि प्रदेश लोक सेवा आयोगमा माग पठाइए पनि हालसम्म पदपूर्ति हुन नसकेकाले चुनौती थपिएको उनले बताए ।





